6 years ago
February 1, 2020
काठमाडौं (हाम्रो खेलकुद) – पुछारबाट दोस्रो स्थानमा रहेको नेपाल एपिएफ क्लबलाई पराजित गर्दै मछिन्द्र क्लब कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ ।

पहिलो हाफमा १-० ले पछाडि परेको स्थितिबाट पुनरागमन गर्दै मछिन्द्रले २-१ को जित दर्ता गरेको हो । २१अौं मिनेटमा आशिष लामाको पासमा प्रदिप लामाको प्रहारलाई मछिन्द्रका गोलरक्षक बिशाल श्रेष्ठ पञ्च गर्दै बचाए । लगत्तै नवीन लामाको कर्नरमा रमेश दंगालको हेडरलाई बिशालले पञ्च गर्दै बचाए ।
४३अौं मिनेटमा रमेश दंगालले हेडमार्फत गोल गर्दै एपिएफलाई अग्रता दिलाए । राजिव लाेप्चनलाई पिटर सेगुनले फउल गरेपछि नवीन लामाले प्रहार गरेकाे फ्रिकिकलाई रमेश दंगालले हेडमार्फत गोल गर्दै अग्रता दिलाए ।

दोस्रो हाफको सुरुवातमै मछिन्द्रले खेल बराबरीमा ल्यायो । रञ्जित धिमालको कर्नरमा विशाल राई बीले ६ यार्ड बक्स भित्रबाट हेडरमा गोल गरे । लगत्तै रञ्जितले पेनाल्टी क्षेत्रको ठिक बाहिरबाट प्रहार गरेको फ्रिकिक थोरैले बाहिरियो । ५५ अौं मिनेटमा बुद्ध चेम्जोङको हेडर एपिएफका गोलरक्षक राजु नगरकोटीले विफल पारे ।
६८ अौं मिनेटमा मछिन्द्रको लगातार तीन प्रहारले पोस्टको दिशा लिन सकेन । रञ्जितको प्रहार एपिएफका डिफेन्सले छेकेपछि विशाल राई एले गरेको रिबाउन्ड प्रहार गोलरक्षक राजुले छेके । त्यसकै रिबाउन्डमा विशाल राई बीले गरेको प्रहारलाई राजुले मुस्किलले समाएका थिए ।

खेलको ८० अौं मिनेटमा मछिन्द्रले खेलमा अग्रता लियो । रञ्जित धिमालको पेनाल्टी प्रहारलाई गोलरक्षक राजुले बचाएपनि रिबाउन्डमा रञ्जित गोल गर्न सफल रहे । त्यसअघि कर्नरमा हेड गर्ने क्रममा तोपबहादुर विष्टले पिटर सेगुनलाई लडाएपछि रेफ्री प्रज्वल क्षेत्रीले पेनाल्टी दिएका थिए ।
यस जितसँगै मछिन्द्रले १० खेलमा २२ अंक जोडेको छ । दोस्रो स्थानमा रहेको आर्मीको २० अंक छ र एक खेल कम खेलेको छ । एपिएफ १० खेलमा ५ अंकसहित पुछारबाट दोस्रो स्थानमा छ ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]