default_image

4 years ago

February 1, 2020

बागलुङ र भिमाद मेयर कपको सेमिफाइनलमा

44 views

0 Bookmark

अर्जुन कार्की, बागलुङ

आयोजक बागलुङ नगरपालिका र तनहुँको भिमाद नगरपालिका दोस्रो मेयर कप राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन् । दाङको तुलसीपुर नगरपालिकाबाट वाकओभर पाउँदै भिमाद अन्तिम चारमा पुगेको हो ।

बागलुङले आफ्नै जिल्लाको गल्कोट गरपालिकालाई ७–० ले हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको हो विजयी टोलीका लागि ध्रुब घिमिरले ४, आशिष केसी, गोविन थापा र आशिष केसीले गोल गरे । खेलको ३१ औं मिनेटमा कप्तान प्रमेश थापालाई परिवर्तन गर्दै मैदान प्रवेश गरेका आशिषले ३९ औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।

गोविनले ४२ औं मिनेटमा गोल गर्दा बागलुङले पहिलो हाफमा २–० को अग्रता बनाएको थियो । ध्रुबले खेलको ५७ औं, ६२ औं र ६८ औं मिनेटमा पेनाल्टीबाट गोल गर्दै ह्याट्रिक पुरा गरे । उनले ७२ औं मिनेटमा अर्को गोल थपे । इन्ज्युरी समयमा आशिषले गोल थपे । ध्रुब खेलेको म्यान अफ दी म्याच बनेर उनले २ हजार रुपैयाँ प्राप्त गरे ।

पहिलो हाफमा बागलुङका खेलाडीले पेनाल्टी बक्समा फाउल गेपछि गल्कोटले पेनाल्टी पाएको थियो । तर, कप्तान जीवन बुढाथोकीको प्रहार बागलुङका गोलरक्षक सौगात खड्काले रोके । प्रतियोगितामा आइतबार पहिलो खेल बेनी नगरपालिका म्याग्दी विरुद्ध पोखरा उपमहानगरपालिका तथा दोस्रो खेल चान्द्राडी नगरपालिका उदयपुर विरुद्ध जैमिनी नगरपालिका बागलुङबीच प्रतिस्पर्धा हुनेछ ।

बागलुङ नगरपालिकाको आयोजना र जिल्ला फुटबल संघ बागलुङको समन्वयमा संचालित प्रतियोगिताको विजेताले उपाधिसहित ३ लाख, दोस्रोले २ लाख र सेमिफाइनल पुग्ने टोलीले समान ६० हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले दश हजार तथा उत्कृष्ट फरवार्ड, मिडफिल्डर, डिफेन्डर, गोलकिपर र उच्च गोलकर्ताले समान ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको फाइनल खेल २१ गते हुनेछ ।

May 17, 2024

रोनाल्डो बने सर्वाधिक कमाउने खेलाडी

एजेन्सी – पोर्चुगिज भेट्रान फुटबल स्टार क्रिस्टियानो रोनाल्डो बेलायती म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा रहेका छन् । उनी आफ्नो करिअरमा चौथोपटक म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा पुगेका हुन् ।गत वर्ष साउदी अरेबियाको अल नासर गएपछि रोनाल्डो यो सुचीको शीर्षस्थानमा थिए । यसवर्ष पनि उनी शीर्षस्थानमा रहेका हुन् […]

May 17, 2024

बार्सिलोनाको सहज जित

एजेन्सी – स्पेनिस युवा विंगर फर्मिन लोपेजको दुई गोल मद्दतमा बार्सिलोनाले स्पेनिस ला लिगामा सहज जित दर्ता गरेको छ । बार्सिलोनाले रेलिगेसनमा परिसकेको घरेलु टोली अल्मेरियामाथि २–० को सहज जित दर्ता गरेको हो । फर्मिनले दुवै हाफमा गोल गर्दै बार्सिलोनालाई जित दिलाए । अल्मेरियामा बिहीबार राति भएको खेलको १४औं मिनेटमा पहिलो गोल गरेका लोपेजले ६७औं […]

May 16, 2024

चन्द्रागिरी र काठमाडौं गोदावरी मेयर कपको फाइनलमा

ललितपुर (हाम्रो खेलकुद) – चन्द्रागिरी नगरपालिका र काठमाडौं महानगरपालिका प्रथम गोदावरी उपत्यका ब्यापी अन्तर पालिका मेयर कप फुटबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन् । च्यासल मैदानमा बिहीबार चन्द्रागिरीले महालक्ष्मी नगरपालिकालाई तथा काठमाडौंले मध्यपुर थिमि नगरपालिकालाई हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन् । पहिलो सेमिफाइनलमा चन्द्रागिरीले महालक्ष्मीलाई १–० ले हराएको हो । ५५ औं मिनेटमा […]

Success

Thank you for your time.