default_image

4 years ago

February 1, 2020

चन्द्रपुरलाई महिला फुटबल उपाधि

26 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – घरेलु टोली चन्द्रपुर नगरपालिकाले चन्द्रपुर उप–मेयर कप राष्ट्रिय महिला लिग फुटबल प्रतियोगिताको उपाधि जितेको छ । रौतहटको चन्द्रनिगाहपुरमा शनिबार भएको फाइनलमा वालिङ नगरपालिका स्याङ्जालाई पेनाल्टी सुटआउटमा ४–३ ले पराजित गर्दै उपाधि हात पारेको हो ।

निर्धारित समयको खेल गोलरहित बराबरीमा टुंगिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको थियो । उपाधिसँगै चन्द्रपुर नगरपालिकाले ३ लाख रुपैया हात पारेको छ । दोस्रो भएको वालिङले १ लाख ५० हजार रुपैयामा चित्त बुझायो । सेमिफाइनल पुग्ने उदयपुरको चौदण्डीगडी नगरपालिका र मोरङको विराटनगर महानगरपालिकाले जनही ५०–५० हजार रुपैयाँ प्राप्त गरे ।

चन्द्रपुरकी रजनी थोकर प्रतियोगिताको सर्वोत्कृष्ट  खेलाडी घोषित भइन् । उनले एक थान यामाहा स्कुटर हात पारिन् । विजेता टिम तथा खेलाडीलाई चन्द्रपुर नगरपालिकाकी उपमेयर रामरती चौधरीले पुरस्कृत गरिन् ।

रौतहट जिल्ला फुटबल संघको आयोजना, चन्द्रपुर नगरपालिका रौतहटको संरक्षण तथा सहयोग एबम अखिल नेपाल फुटबल संघ ( एन्फा) को समन्वय तथा व्यवस्थापनमा १० माघदेखि भएको प्रतियोगितामा देशभरका उत्कृष्ट ८ नगरपालिकाले सहभागिता जनाएका थिए ।

May 17, 2024

रोनाल्डो बने सर्वाधिक कमाउने खेलाडी

एजेन्सी – पोर्चुगिज भेट्रान फुटबल स्टार क्रिस्टियानो रोनाल्डो बेलायती म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा रहेका छन् । उनी आफ्नो करिअरमा चौथोपटक म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा पुगेका हुन् ।गत वर्ष साउदी अरेबियाको अल नासर गएपछि रोनाल्डो यो सुचीको शीर्षस्थानमा थिए । यसवर्ष पनि उनी शीर्षस्थानमा रहेका हुन् […]

May 17, 2024

बार्सिलोनाको सहज जित

एजेन्सी – स्पेनिस युवा विंगर फर्मिन लोपेजको दुई गोल मद्दतमा बार्सिलोनाले स्पेनिस ला लिगामा सहज जित दर्ता गरेको छ । बार्सिलोनाले रेलिगेसनमा परिसकेको घरेलु टोली अल्मेरियामाथि २–० को सहज जित दर्ता गरेको हो । फर्मिनले दुवै हाफमा गोल गर्दै बार्सिलोनालाई जित दिलाए । अल्मेरियामा बिहीबार राति भएको खेलको १४औं मिनेटमा पहिलो गोल गरेका लोपेजले ६७औं […]

May 16, 2024

चन्द्रागिरी र काठमाडौं गोदावरी मेयर कपको फाइनलमा

ललितपुर (हाम्रो खेलकुद) – चन्द्रागिरी नगरपालिका र काठमाडौं महानगरपालिका प्रथम गोदावरी उपत्यका ब्यापी अन्तर पालिका मेयर कप फुटबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन् । च्यासल मैदानमा बिहीबार चन्द्रागिरीले महालक्ष्मी नगरपालिकालाई तथा काठमाडौंले मध्यपुर थिमि नगरपालिकालाई हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन् । पहिलो सेमिफाइनलमा चन्द्रागिरीले महालक्ष्मीलाई १–० ले हराएको हो । ५५ औं मिनेटमा […]

Success

Thank you for your time.