default_image

6 years ago

February 2, 2020

शेर्पामाथि संकटाको जित

128 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नाइजेरियन फरवार्ड अजायी मार्टिन्स कायोडेको गोलमा संकटा क्लबले कतार एअरवेज सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आइतबार हिमालयन शेर्पा क्लबलाई १-० ले पराजित गरेको छ ।

खेलको २१ औं मिनेटमा मार्टिन्सले गरेको गोल नै खेलमा निर्णायक सावित भयो । उनले क्षितिज राज जिटीको क्रसमा पेनाल्टी क्षेत्र भित्रबाट हेडरमार्फत गोल गरेका थिए । ३६ औं मिनेटमा विजय श्रेष्ठको प्रहारले पोस्टको दिशा लिन नसक्दा शेर्पाले बराबरी गर्ने अवसर गुमायो ।

दोस्रो हाफको ५२ औं मिनेटमा शेर्पाका कप्तान मानबहादुर तामाङको प्रहारले पोस्टको दिशा लिन सकेन । संकटाले ५५ औं मिनेटमा अग्रता दोब्बर पार्ने अवसर गुमायो । अजायीको प्रहार पोस्टभन्दा थोरैले बाहिरियो । त्यसको केहीबेरमा नै लक्ष्मण रुचालको प्रहारलाई शेर्पाको गोलरक्षक किशोरले सहजै बचाए ।

यस जितसँगै संकटा अंक तालिकाको छैटौं स्थानमा उक्लेको छ । संकटाको १० खेलमा ४ जित, ३ बराबरी र ३ हारसँगै १५ अंक भएको छ । यता शेर्पा भने १० खेलमा ७ अंकसहित पुछारबाट तेस्रो स्थानमा छ ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.