9 years ago
July 10, 2016
पेरिस(एजेन्सी)- आज हुने युरो कप २०१६को फाईनलमा आयोजक राष्ट्र फ्रान्स र पोर्चुगल भिड्दै छन । दुबै चोटी घरमा युरो जितेको फ्रान्सलाई घरेलु मैदानमा ह्याट्रीक गर्ने मौका पनि छ भने पोर्चुगललाई पहिलो चोटी कुनै ठुलो उपाधी जित्ने मौका रहेको छ ।
पोर्चुगलले पछील्लो ४० बर्षमा फ्रान्ससँग भएको दस वटा खेलमा जित हात पार्न सकेको छैन भने, पोर्चुगल यस प्रतियोगिताको एक मात्र अपराजित टोली हो । आज हुने खेलमा पोर्चुगलका अनुभवी डिफेडर पेपेले पुनरागमन गर्ने छन उनले वेल्स बिरुद्को खेल चोटका कारण गुमाएका थिए भने प्रतिबन्धका कारण सेमी फाइनल गुमाएका कार्भल्हो पनि आज खेल्न सक्ने छन । आयोजक टोली फ्रान्सले भने प्रतियोगिता भर कुनै पनि चोट र प्रतिबन्ध खेप्न परेको छैन ।
प्रि म्याच कन्फ्रेन्समा के भने प्रशिक्षकले ?
फर्नान्डो सान्तोस (पोर्चुगल): मैले पहिले पनि भनेको थिए हाम्रो लक्ष्य फाईनल खेलेर जित्ने हो, हामी पोर्चुगिच जनतालाई खुशी देख्न चाहान्छौ । मलाई फ्रान्सको बारेमा बोल्नु छैन, मैले प्रतियोगिताको सुरुबाट बोल्दै आईरहेको छु फ्रान्स, जर्मनी र स्पेन प्रमुख दबेदार हुन भनेर । म आजको खेलमा मेरो खेलाडिहरुबाट पूर्ण अपेक्ष्या राख्दछु ।
डिडिएर डेसच्याम्पस् (फ्रान्स): पोर्चुगोलको टिम निकै राम्रो छ, दुइ-तीनजना खेलाडी आफैमा खेल जिताउन सक्षम छन । पोर्चुगल र फ्रान्स दुबैको पहिलो राउन्ड्को खेलमा आलोचना भएको थियो तर आज हामी दुबै फाइनल मा छौ । दुबै टोली राम्रो भएकोले खेल प्रतिस्पर्धात्मक हुने छ । मैले खेलाडिको रुपमा जिती सकेकोले पनि म आज आफ्नो आनुभव प्रयोग गर्ने छु ।
December 6, 2025
एजेन्सी – फिफा विश्वकप २०२६ को समूह चरणको ड्र वासिङ्टन डिसीमा सार्वजनिक गरियो। पहिलो पटक ४८ राष्ट्रको सहभागितामा हुने विश्व कपमा १२ समूह रहेका छन् । ड्र अनुसार ब्राजिल र मोरक्को, नेदरल्याण्ड्स र जापान तथा फ्रान्स सेनेगल जस्ता आकर्षक खेल हुनेछन्। पहिलोपटक खेल्ने काबो भेर्देले स्पेन, कुरासाओले जर्मनी, जोर्डनले अर्जेन्टिना र उज्वेकिस्तान पोर्चुगलको सामना गर्नेछन। […]
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]