default_image

4 years ago

February 2, 2020

अनिता सम्मिलित सेथुको जित

काठमाडौं (हाम्रो खेलकुद) – भारतीय (आई) महिला लिगमा राष्ट्रिय टोलीकी मिडफिल्डर अनिता बस्नेत सम्मिलित सेथु एफसीले तेस्रो जित निकालेको छ। जितसँगै सेथु समूह ‘ए’ को शीर्ष स्थानमा उक्लिएको छ। आइतबार भएको खेलमा सेथुले किक स्टारलाई ३–० ले हरायो । पहिलो हाफमा २–० ले अग्रता बनाएको सेथुले दोस्रो हाफमा १ गोल थपेको थियो। खेलको १२औं मिनेटमा […]

33 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – भारतीय (आई) महिला लिगमा राष्ट्रिय टोलीकी मिडफिल्डर अनिता बस्नेत सम्मिलित सेथु एफसीले तेस्रो जित निकालेको छ। जितसँगै सेथु समूह ‘ए’ को शीर्ष स्थानमा उक्लिएको छ।

आइतबार भएको खेलमा सेथुले किक स्टारलाई ३–० ले हरायो । पहिलो हाफमा २–० ले अग्रता बनाएको सेथुले दोस्रो हाफमा १ गोल थपेको थियो।

खेलको १२औं मिनेटमा सन्ध्याले गोल गर्दै सेथुलाई अग्रता दिलाएकी थिइन्। ३९औं मिनेट सुमित्राले गोल गर्दै अग्रता दोब्बर पारिन्। खेलको ९० मिनेटमा सेथुकी सुमित्राले ले १ गोल थपेसँगै ३–० को विजय पाएको थियो।

लिगका ३ खेलमा जित र १ मा हार भोगेको सेथु ९ अंकका साथ शीर्षमा उक्लेको हो। एक खेल कम खेलेको कृप्सा एफसी समान ९ अंकमा दोस्रो स्थानमा छ। २ मा जित र २ मा हार भोगेको किकस्टार ६ अंकमा तेस्रो स्थानमा छ।

समूह ‘बी’ मा रहेको राष्ट्रिय टोलीकी फरवार्ड सावित्रा भण्डारी सम्मिलित गोकुलम केरला एफसी ९ अंकमा शीर्ष स्थानमा छ।  सावित्राको टोली अपराजित रहेको छ। केन्क्रे एफसी ६ अंकमा दोस्रो र श्रीभुमी ४ अंकमा तेस्रो स्थानमा छ।

May 2, 2024

पाँचथर गोल्ड कपको हिसाब सार्वजनिक

दिपक बोहरा, पाँचथर दुई महिना अघि फिदिममा भएको चौथो पाँचथर गोल्ड कप प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । फिदिममा फागुन १२ गतेबाट १९ गते सम्म चलेको प्रतियोगितामा‌ ४६ लाख ६४ हजार ६ सय ६० रुपैयाँ आम्दानी भएको‌ थियो। त्यसमा ७ लाख […]

May 2, 2024

पिएसजी विरुद्ध डर्टमुण्डको अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता लिएको छ । घरेलु मैदानमा बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० हराएको छ । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरे । डिफेन्स लाइनबाट निको श्लोटरबेकले दिएको उत्कृष्ट पासमा अफसाइड ट्र्याप […]

May 1, 2024

च्याम्पियन्स लिग सेमिफाइनलमा डर्टमुण्ड र पिएसजी भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राती बोरुसिया डर्टमुण्ड र पेरिस सेन्ट जर्मान (पिएसजी) भिड्दै छन् । राती १२:४५ बजे सुरु हुने खेल डर्टमुण्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा सुरु हुनेछ । यी दुवै टोली यसै सिजन च्याम्पियन्स लिगको एकै समूहमा रहेका थिए । समूह चरणको दुई खेल मध्य एक […]

Success

Thank you for your time.