6 years ago
February 2, 2020
काठमाडौं (हाम्रो खेलकुद) – कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आइतबार विभागीय डर्बीमा त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब भिड्दैछन् ।

पहिलो हाफको खेल १-१ को बराबरीमा सकिएको छ । खेलमा पुलिसले सुरुवाती अग्रता लिएको थियो । १९अौं मिनेटमा बुद्व बल तामाङले गोल गर्दै पुलिसलाई अग्रता दिलाए । कप्तान नीर कुमार राईको फ्रिकिकमा बुद्व बल तामाङले गरेको हेडर टप कर्नरमा गोल हुँदा गोलरक्षक बिकेश कुथुको बचाउने प्रयास सफल हुन सकेन ।
२४अौं मिनेटमा कप्तान भरत खवासकाे प्रहारलाई पुलिसका गोलरक्षक रोशन खड्काले सहजै बचाए । २७अौं मिनेटमा जर्जप्रिन्स कार्कीको कर्नरमा विकास तामाङको हेडर पोस्टबाट थोरै बाहिरयो ।
३५अौं मिनेटमा सुमन अर्यालले गोल गर्दै खेललाई १-१ गोलको बराबरीमा ल्याए । सन्ताेष तामाङको फ्रिकिकमा आएको बललाई सुमनले हेडमार्फत गोल गर्न सफल भएका थिए । ४४ अौं मिनेटमा भरत खवासको प्रहार पोस्टभन्दा थोरै माथिबाट बाहिरियो ।
यस खेलमा जित दर्ता गरे आर्मी अंक तालिकाको शीर्ष स्थानमा उक्लिनेछ । पुलिस पनि जितसँगै शीर्ष हाफमा फर्कन चाहन्छ ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]