default_image

4 years ago

February 2, 2020

म्याग्दी र चौदण्डीगढी नगर कपको सेमिफाइनलमा

अर्जुन कार्की, बागलुङ बागलुङ बजारमा जारी दोस्रो मेयर कप राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समिकरण पुरा भएको छ । आइतबार बेनी नगरपालिका म्याग्दी र चौदण्डीगढी नगरपालिका उदयपुरले जित हात पार्दै सेमिफाइनलमा प्रवेश गरेका छन् । बेनी नगरपालिकाले पोखरा महानगरपालिकालाई टाइब्रेकरमा ६–५ गोलअन्तर र चौदण्डीगढी नगरपालिकाले बागलुङको जैमिनी नगरपालिकालाई २–१ गोलअन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेका हुन् । […]

38 views

0 Bookmark

अर्जुन कार्की, बागलुङ

बागलुङ बजारमा जारी दोस्रो मेयर कप राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समिकरण पुरा भएको छ ।
आइतबार बेनी नगरपालिका म्याग्दी र चौदण्डीगढी नगरपालिका उदयपुरले जित हात पार्दै सेमिफाइनलमा प्रवेश गरेका छन् ।

बेनी नगरपालिकाले पोखरा महानगरपालिकालाई टाइब्रेकरमा ६–५ गोलअन्तर र चौदण्डीगढी नगरपालिकाले बागलुङको जैमिनी नगरपालिकालाई २–१ गोलअन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेका हुन् ।

पहिलो खेलमा बेनी नगरपालिकाले सुरुवाती अग्रता लिएपनि जोगाउन नसक्दा जितको लागि टाइब्रेकरसम्म कुर्नुपरेको थियो । बेनीले खेलको २४ औं मिनेटमा निसान गुरुङको गोलबाट अग्रता लिएको थियो ।

पोखराका खेलाडीले खेलको ४६ औं मिनेटमा डिबक्स भित्र ह्यान्ड गरेपछि पाएको पेनाल्टीमा गोल गर्दै बेनीका सन्तोष पुनले गोलगर्दै २–० को अग्रता बनाएका थिए ।

२ गोल पछि परेको पोखराले निरन्तर आक्रमक खेल खेल्दै खेल्दा बेनीका ढानेन्द्र क्षेत्रीले ५० औं मिनेटमा आत्मघाती गोल गर्न पुगेका थिए । पोखराको लागि खेलको ६७ औं मिनेटमा गंगा गुरुङले गोल गर्दै खेललाई २–२ को बराबरीमा ल्याएका थिए ।

पेनाल्टीमा म्याग्दीका विश्वास थापा, सन्तोष पुन मगर, निशान गुरुङ, अजय रामजाली र ढानेन्द्र क्षेत्रीले गोल गरेका थिए । यस्तै सडनडेथमा रिमान मगरले गोल गरेका थिए ।
पोखराको लागि पेनाल्टीमा अञ्जन देवकोटा, बेलप्रसाद गुरुङ, अर्जुन राना मगर, हिरा गुरुङ र संगम डार्गिले गोल गरेका थिएभने सडन डेथमा रमेश थापा मगरको प्रहार म्याग्दीका गोलरक्षक निशान किसानले विफल पारिदिएका थिए ।

यस्तै आजै भएको अन्तिम क्वाटरफाइनल खेलमा सरद राईको २ गोलको मद्धतमा चौदण्डीगढी नगरपालिका उदयपुर सेमिफाइनलमा प्रवेश गरेको छ ।

समय अभावका कारण ६० मिनेटको खेलाइएको खेलको पहिलो हाफमा १ गोलले पछि परेको चौदण्डीगढी नगरपालिकाले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै जित हात पारेको हो ।

जैमिनीका लागि खेलको १९ औं मिनेटमा महेश लामाले गोलगर्दै टिमलाई अग्रता दिलाएका थिए । चौदण्डीगढीका खेलाडीहरुले अफसाइडको माग गरिरहेको अवस्थामा उनले वान भर्सेज वानको अवस्थामा गोल गरेका हुन् ।

चौदण्डीगढी नगरपालिकाको लागि सरदले खेलको ३६ औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । यस्तै ५१ औैं मिनेटमा जैमिनीका संजिव अर्यालले गोललाईनमा बललाई हातले बाहिर थकेलेपछि रेडकार्ड खाँदै बाहिरिएपछि पाएको पेनाल्टीमा सरदले नै गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याए ।

खेलमा दुवै टिममा अन्य समयमा गोल नभएपछि चौदण्डीगढी सेमिफाइनलमा प्रवेश ग¥यो । खेलको ५६ औं मिनेटमा जैमिनीका मनोज राईले दोहोरो पहेलो कार्ड सहित रेडकार्ड खाँदै बाहिरिए ।

प्रतियोगितामा सोमबार सेमिफाइनलका खेलहरु हुनेछन् । पहिलो सेमिफाइनल बागलुङ नगरपालिका विरुद्ध भीमाद नगरपालिका तनहुँ र दोस्रो सेमिफाइनल बेनी नगरपालिका म्याग्दी विरुद्ध चौदण्डीगढी नगरपालिका उदयपुर विच हुनेछ ।
बागलुङ नगरपालिकाको आयोजना र जिल्ला फुटबल संघ बागलुङको समन्वयमा संचालित प्रतियोगिताको विजेताले उपाधिसहित ३ लाख, दोस्रोले २ लाख र सेमिफाइनल पुग्ने समान ६० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले दश हजार तथा उत्कृष्ट फरवार्ड, मिडफिल्डर, डिफेन्डर, गोलकिपर र उच्च गोलकर्ताले समान ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
प्रतियोगिताको फाइनल खेल २१ गते हुनेछ ।

May 2, 2024

पाँचथर गोल्ड कपको हिसाब सार्वजनिक

दिपक बोहरा, पाँचथर दुई महिना अघि फिदिममा भएको चौथो पाँचथर गोल्ड कप प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । फिदिममा फागुन १२ गतेबाट १९ गते सम्म चलेको प्रतियोगितामा‌ ४६ लाख ६४ हजार ६ सय ६० रुपैयाँ आम्दानी भएको‌ थियो। त्यसमा ७ लाख […]

May 2, 2024

पिएसजी विरुद्ध डर्टमुण्डको अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता लिएको छ । घरेलु मैदानमा बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० हराएको छ । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरे । डिफेन्स लाइनबाट निको श्लोटरबेकले दिएको उत्कृष्ट पासमा अफसाइड ट्र्याप […]

May 1, 2024

च्याम्पियन्स लिग सेमिफाइनलमा डर्टमुण्ड र पिएसजी भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राती बोरुसिया डर्टमुण्ड र पेरिस सेन्ट जर्मान (पिएसजी) भिड्दै छन् । राती १२:४५ बजे सुरु हुने खेल डर्टमुण्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा सुरु हुनेछ । यी दुवै टोली यसै सिजन च्याम्पियन्स लिगको एकै समूहमा रहेका थिए । समूह चरणको दुई खेल मध्य एक […]

Success

Thank you for your time.