default_image

6 years ago

February 3, 2020

बिबिसीमाथि जावलाखेलको जित

145 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – कतार एअरवेज सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत सोमबारको पहिलो खेलमा जावलाखेल युवा क्लबले ब्रिगेड ब्वाइज क्लबलाई १-० ले पराजित गरेको छ ।

जावलाखेलको जितमा सुजित बुढाथोकीले ३२ औं मिनेटमा गरेको गोल नै निर्णायक सावित भयो । बिबिसीका गोलरक्षक विशाल सुनार पोजिसनमा नरहेको अवस्थामा सुजितले गरेको प्रहार गोलमा परिणत भएको थियो । त्यसअघि विशालले नै जावलाखेललाई अग्रता लिनबाट बन्चित गरेका थिए । उनले १७ औं मिनेटमा फोडे फोफाना र त्यसको तीन मिनेटपछि ड्याडी वाम्बा जुनियरको प्रहारलाई विफल पारेका थिए ।

पहिलो हाफमा केहि आक्रमण बुनेको बिबिसीले दोस्रो हाफमा पनि केहि अवसर पाएको थियो । अनिल गुरुङको क्रसमा सुलभ मास्केको हाफ भली प्रहारलाई गोलरक्षक अरुण ब्लोनले उत्कृष्ट बचाउ गरे । खेलको अन्त्यतिर रोशन रानाको प्रहारलाई अरुणले बचाएपछि जावलाखेल जितउन्मुख देखिएको थियो ।

यस जितसँगै जावलाखेल १० खेलमा ४ जित, ३ बराबरी र ३ हारसहित १५ अंक जोड्दै सातौं स्थानमा उक्लिएको छ । यता बिबिसी भने १० खेलमा ८ अंक जोड्दै ११ औं स्थानमा छ ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.