6 years ago
February 3, 2020
काठमाडौं (हाम्रो खेलकुद) – कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत सोमबार दोस्रो खेलमा साविक विजेता मनाङ मर्स्याङ्दी क्लबले सिजनको पहिलो हार बेहोरेको छ ।

एन्फा कम्प्लेक्समा भएको खेलमा च्यासल युवा क्लबले मनाङलाई २-० ले पराजित गरेको हो । च्यासलको जितमा टाइगा नाकामुराले पहिलो हाफमा गरेको फ्रिकिक गोल र सन्तोष साहुखलको गोल समावेश थियो । सिजनको पहिलो हारसँगै मनाङले शीर्षस्थानमा रहेको आर्मीसँग अग्रता कम गर्ने अवसर गुमाएको छ ।
तेस्रो स्थानमा सिमित रहेको मनाङले लिगका १० खेलमा ५ जित, ४ बराबर र १ हारसहित १९ अंक जोडेको छ । यता च्यासल भने १० खेलमा १२ अंक जोड्दै नवौे स्थानमा उक्लिएको छ । यस जितले च्यासल रेलिगेसनबाट मुक्त भएको छ ।
च्यासलका लागि खेलको तेस्रो मिनेटमा बिक्रम लिम्बुको फ्रिकिकमा अमिर श्रेष्ठको प्रहार पाेस्टबाट थोरै आकासियाे । १३अौं मिनेटमा कमल श्रेष्ठको प्रहार पाेस्टबाट थोरैले बाहिरियो । २५अौं मिनेटमा टाइगा नाकनमुराले गोल गर्दै च्यासललाई अग्रता दिलाए । दयानन्द सिंहले लडाएको फलमा टाईगाले २५ यार्ड टाढाबाट फ्रिकिकमा सुन्दर गोल गर्न सफल भएका थिए ।

३६अौं मिनेटमा अन्जन बिष्टको प्रहार आकासियो । पहिलो हाफको अन्त्यतिर जोसुवा फेमीेले पेनाल्टी क्षेत्र बाहिरबाट सट प्रहार गर्न ढिलो गर्दा मनाङ खेलमा फर्कन सकेन ।
६५अौं मिनेटमा फेमीकै पेनाल्टी क्षेत्र बाहिरको प्रहार आकासियो । ६६अौं मिनेटमा बिमल रानाको क्लाेज रेन्जबाट गरेको प्रहारलाई छिरिङ गुरुङले ब्लक गरिदिए । ८१अौं मिनेटमा अन्जन बिष्टले गरेको प्रहार पाेलमा लाग्दै फर्कियो । त्यसै रिबाउन्डमा उनले फउल गर्न पुगेका थिए ।
८९अौं मिनेटमा च्यासलका प्रशिक्षक बाल गोपाल साहुखल रातो कार्ड खादै टच लाईनबाट बाहिरिन पुगे । इन्ज्युरी समयमा सन्तोष साहुखलले नाकामुराको पासमा गोल गर्दै च्यासलको जित पक्का गरे । च्यासलले जित दर्ता गर्दै लिगको उपाधि भिडन्तमा रोमाञ्च थपेको छ ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]