default_image

4 years ago

February 13, 2020

दोस्रो ‘एल क्लासिको’ मार्चमा

57 views

0 Bookmark

एजेन्सी – क्याटलान क्लब बार्सिलोना र स्पेनिस महारथी रियाल म्याड्रिडबीचको स्पेनिस ला लिगाको दोस्रो ‘एल क्लासिको’ मार्चमा हुने भएको छ । स्पेनिस ला लिगाले बार्सिलोना र रियालबीचको दोस्रो ‘एल क्लासिको’ १ मार्चमा हुने मिति तय गरेको हो ।

यससँगै लिगको २६औं सातामा ‘एल क्लासिको’ हुने तय भएको हो । दोस्रो ‘एल क्लासिको’ रियाल म्याड्रिडको घरेल मैदान सान्टियागो बर्नाबेउमा हुनेछ । बार्सिलोनाको मैदानमा भएको पहिलो ‘एल क्लासिको’ गोलरहित बराबरीमा टुंगिएको थियो ।

क्याटलान क्षेत्रमा द्वन्द्वको कारण पहिलो ‘एल क्लासिको’ झन्डै दुई साता स्थगित भएपछि बार्सिलोनाकै मैदानमा भएको थियो ।

स्पेनिस ला ला लिगाको २३औं चरणको खेल सकिदा रियाल ५२ अंक जोडेर शीर्षस्थानमा रहेको छ । समान खेलबाटै बार्सिलोना ४९ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । सम्भवतः यही खेलको नतिजाले नै ला लिगाको उपाधि छिनोफानोमा निर्णायक भूमिका निर्वाह गर्न सक्नेछ ।

May 12, 2024

आर्सनल पुनः प्रिमियर लिगको शीर्षस्थानमा

एजेन्सी – म्यानचेस्टर युनाइटेडलाई हराउँदै आर्सनल इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा पुनः उक्लिएको छ । युनाइटेडको घरेलु मैदानमा आइतबार भएको खेलमा आर्सनलले १-० को जित दर्ता गर्दै तालिकाको शीर्षस्थानमा उक्लिन सफल भएको हो । आर्सनलको जितमा लियान्द्रो ट्रोसार्डले २०औं मिनेटमा खेलको एकमात्र गोल गरे । काई हाभेर्ट्जको पासमा ट्रोसार्डले बक्स भित्रबाट गोल गरेका थिए । सोही […]

May 12, 2024

सानेपाको खालीबारीविरुद्ध जित

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सो डिभिजन लिग अन्तर्गत सातौं चरणको अन्तिम खेलमा सानेपा क्लबले खालीबारी युथ एफसी विरुद्ध जित दर्ता गरेको छ । सानेपाले खालीबारी विरुद्ध १-० को जित दर्ता गरेको हो । सानेपाको जितमा पेम्बा दोर्जे लामाले १३औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । सि डिभिजनमा मंगलबार देखि आठौ चरणका खेलहरू […]

May 12, 2024

अल हिलाललाई साउदी लिग उपाधि

एजेन्सी – अल हिलालले साउदी प्रो लिग सिजन २०२३/२४ को उपाधि जित्ने पक्का भएको छ । अल हाजेम विरुद्ध शनिबार भएको खेलमा ४-१ को जित संगै अल हिलालको लिग उपाधि पक्का भएको हो । अल हिलालको जितमा अलेकसान्दर मिट्रोभिचले दुई गोल गरे । यस्तै सर्गेज मिलिन्कोभिच-स्याभिचले एक गोल गरे भने एक गोल अहमद अल जुवाइदको […]

Success

Thank you for your time.