6 years ago
February 4, 2020
काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय टोलीकी सावित्रा भण्डारी साम्बाले भारतीय (आई) महिला लिग फुटबलमा गोल गर्ने क्रममलाई चौथो खेलमा पनि जारी राखेकी छिन् । उनी सम्मिलित गोकुलम केरला एफसीले मंगलबार चौथो सिजत निकाल्दा सावित्राले गोल गरेकी थिइन् ।

बैंगलोर रंगशालामा भएको खेलमा गोकुलमलले बैंगलोर युनाइटेड फुटबल क्लबलाई ५–१ ले पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको छ । सो खेलमा सावित्राले एक गोल भने कमलाले ह्याट्रिक पुरा गरेकी थिइन् । तेस्रो मिनेटमा बैंगलोरकी कोमल कुमारीको आत्मघाती गोलमा गोकुलमले अग्रता लिएको थियो ।
तर, त्यसको दुई मिनेट नबित्दै बैंगलोरका लागि सत्यवती काडियाले बराबरी गोल गर्दै टोलीलाई खेलमा फर्काइन् । ४६ औं मिनेटमा सावित्राको गोलबाट गोकुलमले अग्रता लिएको थियो । कमलाले ५१ औं ,५९ औं र इन्ज्युरी समयको तेस्रो मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरिन् ।

सावित्राले लिगका ४ खेलमा १२ गोल पु¥याएकी छिन् । पहिलो खेलमा १ गोल गरेकी उनले दोस्रो र तेस्रो खेलमा समान ५ गोल गरेकी थिइन् । लिग अघिको छनोटमा पनि उनले ३ गोल गरेकी थिइन् । समूह ‘बी’को अंक तालिको शीर्ष स्थानमा रहेको गोकुलमले ४ खेलमा १२ अंक जोडेको छ ।
समूह चरणको अन्तिम खेल अघि नै गोलकुल सेमिफाइनलमा पुग्न सफल भएको हो । दुई समूहमा समान ६ टोली छन् । राउन्ड रोविन लिगपछि समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]