6 years ago
February 4, 2020
काठमाडौं (हाम्रो खेलकुद)– शीर्ष दुईमा रहेका त्रिभुवन आर्मी क्लब र सानमिगेल मछिन्द्र क्लबबीच कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगको अन्तिम खेल हुने तय भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले अन्तिम ३ चरणको खेलका लागि मंगलबार खेल तालिका सार्वजनिक गर्दा आर्मी र मछिन्द्रबीचको खेल फागुन ३ गते शनिबारका लागि तय गरिएको हो ।

१० चरणको खेलको समाप्तीमा आर्मी २३ अंकसहित शीर्षस्थानमा छ भने मछिन्द्र २२ अंकसहित दोस्रो स्थानमा छन् । लिगको दसौं चरणको खेल माघ २३ बाट सुरु हुनेछ । मछिन्द्रको सामना गर्नुअघि आर्मीले माघ २३ गते नेपाल एपिएफ क्लब माघ २७ गते ब्रिगेड ब्वाइज क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।
त्यस्तै मछिन्द्रले आर्मीसँग भिड्नुअघि माघ २३ गते सरस्वती युवा क्लब र माघ २७ गते संकटा क्लबको सामना गर्नेछ । आर्मी र मछिन्द्रको खेल फागुन ३ गते त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।
त्यसबाहेकका २० खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदान र हलचोकस्थित एपिएफको मैदानमा हुनेछ । एन्फाको खेल तालिका अनुसार १४ खेल एन्फा र ६ खेल हलचोकमा हुनेछन् । लिगको रोमाञ्चकतालाई अन्तिम सम्म कायम राख्नका लागि एन्फाले मछिन्द्र र आर्मीको खेल अन्तिममा पारेको हो ।

‘लिग अहिले रोचक मोडमा पुगेको छ । यसको रोमाञ्चकता अन्तिम सम्म पनि रहोस् भन्नका लागि हामीले यसअघि तय भएको १२ औं र १३ औं चरणको खेल हल्का फेरबदल गरेका छौं, लिगका निर्देशक सञ्जिव मिश्रले भने,‘ १२ औं चरणको खेललाई १३ औं र १३ औं कोलाई १२ चरणमा आयोजना गर्ने गरि तय गर्यौं । आशा छ यसले लिग अन्तिम खेल सम्म पनि रोचक हुन सक्छ ।’
नेपाल आयल निगम मनाङ मस्र्याङ्दी क्लब १९ अंकसहित तेस्रो स्थानमा, १७ अंकसहित रुस्लान थ्री स्टार क्लब चौथो स्थानमा रहेको छ । ४ अंक जोडेको सरस्वती अंक तालिकाको पुछारमा रहेको छ । पुछारमा रहने टोली रेलिगेसनमा पर्नेछ ।
लिगको अन्तिम ३ चरणको खेल तालिका

December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]