default_image

4 years ago

February 5, 2020

पिएसजी १५ अंकले अगाडि

45 views

0 Bookmark

एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) ले यो सिजन पनि उपाधि यात्रालाई मजबुत बनाउन नान्टेसमाथि जित हात पारेको छ । पीएसजीले घरेलु टोली नान्टेसलाई २–१ ले पराजित गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको हो ।

जितसँगै पिएसजीले फ्रेन्च लिग वानको शीर्षस्थानमा १५ अंकको अग्रता बनाएको छ । पिएसजीको २३ खेलबाट ५८ अंक पुगेको छ । एक खेल कम खेलेको दोस्रो स्थानको मार्सेलीको ४३ अंक छ । नान्टेस ३२ अंक जोडेर १०औं स्थानमा छ ।

पिएसजीको यो लगातार सातौ जित हो । लिगमा भने पिएसजीको यो लगातार पाँचौ जित हो । मोनाकोसँग ३–३ गोलको बराबरीमा रोकिएयता, पिएसजी विजयी हुँदै आएको छ ।  लिगमा अब १५ खेल खेल्न बाँकी छ ।

पिएसजीको जितमा मोउरो इकार्डी र थिलो केररले गोल गरे । घरेलु टोलीका मोसेस सिमोनले सान्त्वना गोल फर्काए ।  २९औं मिनेटमा इकार्डीको गोलबाट पिएसजीले खेलमा अग्रता बनाएको थियो । इकार्डीले एन्जल डि मारियाको पासमा गोल गर्न सफल भयो । ५७औं मिनेटमा एन्जल डि मारियाकै पासमा थिलो केररले गोल गर्दै पीएसजीको अग्रता दोब्बर पारे ।

६८औं मिनेटमा मोसेस सिमोनले गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्काउने संकेत दिएका थिए । तर, त्यसपछि थप गोल निस्कन नसक्दा पिएसजी २–१ ले विजयी हुन सफल भयो ।

May 10, 2024

अल नासरको जित

एजेन्सी – साउदी प्रो लिग अन्तर्गत गएराती सम्पन्न खेलमा अल नासर विजयी भएको छ । अल नासरले अल अखदुद विरुद्ध ३-२ को जित दर्ता गरेको हो । खेलको सातौं मिनेटमा अली अल हसनको पासमा गोल गर्दै मार्सलो ब्रोजोभिचले अल नासरलाई अग्रता दिलाएका थिए । सो अग्रता १५औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले अल हसनकै पासमा दोब्बर बनाए […]

May 9, 2024

समाज कल्याणद्वारा गोलबजार पराजित

काठमाडौं (हाम्रो खेलकुद) – एन्फा कम्प्लेक्स, सातदोबाटोमा जारी सहिद स्मारक सो डिभिजन लिगमा बिहीबार सम्पन्न खेलमा समाज कल्याण खेलकुद सेन्टर विजयी भएको छ । समाज कल्याणले गोलबजार स्पोर्ट्स क्लब माथि २-१ को जित दर्ता गरेको हो । समाज कल्याणको जितमा रोशन छेत्रीले दुई गोल गरे । गोलबजारका लागि ओम प्रकाश सिंहले एक गोल गरेका थिए […]

May 9, 2024

उत्कृष्ट पुनरामगन गर्दै रियल च्याम्पियन्स लिगको फाइनलमा

एजेन्सी – खेलको अन्तिम समयमा उत्कृष्ट पुनरागमन गर्दै रियल म्याड्रिड युरोपेली च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । बायर्न म्युनिखविरुद्ध घरेलु मैदानमा भएको सेमिफाइनलको दोस्रो लेगमा बुधबार २-१ र समग्रमा ४-३ को जित निकाल्दै रियल फाइनलमा पुगेको हो । एक गोलले पछि परेको अवस्थामा ८१औं मिनेटमा मैदान प्रवेश गरेका जोसेलुले केही मिनेटको अन्तरालमा २ गोल […]

Success

Thank you for your time.