default_image

4 years ago

February 6, 2020

लेवान्डोस्कीको दुई गोलसँगै बायर्न क्वाटरफाइनलमा

एजेन्सी – पोल्यान्डका कप्तान तथा फरवार्ड रोवर्ट लेवान्डोस्कीको दुई गोल सहयोगमा बायर्न म्युनिख डिएफवी पोकल (जर्मन कप) को क्वाटरफाइनलमा पुग्न सफल भएको छ । घरेलु मैदानमा बायर्नले होफेनहाइनलाई ३–२ ले पराजित गर्दै अन्तिम आठमा पुग्न सफल भएको हो । बायर्नको जितमा लेवान्डोस्कीले दुई तथा थोमस मुलरले गोल गर्दा एक गोल उपहार पाएको थियो । होफेनहाइनका […]

15 views

0 Bookmark

एजेन्सी – पोल्यान्डका कप्तान तथा फरवार्ड रोवर्ट लेवान्डोस्कीको दुई गोल सहयोगमा बायर्न म्युनिख डिएफवी पोकल (जर्मन कप) को क्वाटरफाइनलमा पुग्न सफल भएको छ । घरेलु मैदानमा बायर्नले होफेनहाइनलाई ३–२ ले पराजित गर्दै अन्तिम आठमा पुग्न सफल भएको हो ।

बायर्नको जितमा लेवान्डोस्कीले दुई तथा थोमस मुलरले गोल गर्दा एक गोल उपहार पाएको थियो । होफेनहाइनका मुनास डाबुरले दुई गोल गर्दा एक गोल उपहार पाएको थियो । एलिएन्ज एरिनामा बुधबार राति भएको खेलमा आठौं मिनेटमा जेरोमी बोएटिङको आत्मघाती गोलबाट घरेलु टोली खेलमा पछि परेको थियो । १३औं मिनेटमा बेन्जामिन हुब्नरले आत्मघाती गोल गरेपछि खेल १–१ गोलको बराबरीमा पुगेको थियो ।

२०औं मिनेटमा थोमस मुलरले गोल गर्दै बायर्नलाई २–१ को अग्रता दिलाए । ३६औं मिनेटमा रोवर्ट लेवान्डोस्कीले गोल गरेपछि बायर्नले पहिला हाफमा ३–१ को अग्रता बनायो । ८०औं मिनेटमा जोसवा किम्मिचको पासमा लेवान्डोस्कीले व्यक्तिगत दोस्रो तथा टिमका लागि चौथो गोल गरेपछि बायर्नले खेलमा ४–१ को अग्रता बनायो । त्यसपछि होफेनहाइनले लगातार दुई गोल गरेपनि हार टार्न सकेन ।

८२औं मिनेटमा मुनास डाबुरले गोल गर्दै खेललाई ४–२ को अवस्थामा ल्याए । इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा मुनास डाबुरले व्यक्तिगत दोस्रो गोल गर्दै खेललाई ४–३ को अवस्थामा ल्याए । त्यसपछि थप गाल निस्कन नसक्दा बायर्न ४–३ ले विजयी हुदै क्वाटरफाइन्लमा पुग्न सफल भयो ।

May 5, 2024

लिभरपुलद्वारा टोटेनहम पराजित 

एजेन्सी – इंग्लिश प्रिमियर लिग अन्तर्गत आइतवार साँझ भएको खेलमा लिभरपुल विजयी भएको छ । लिभरपुलले टोटेनहम हटस्परलाई ४-२ ले पराजित गरेको हो ।   खेलको १६ औं मिनेटमा मोहम्मद सालाहले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । कोडी गाक्पोको क्रसमा सालाहले हेडर मार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । ४५ औं मिनेटमा लिभरपुलका लागि […]

May 5, 2024

आयोजक रातो र इटहरी भेन्ट्रान्सबीच पहिलो खेल हुने

हिमाल खरेल, बिर्तामोड झापाको बिर्तामोडमा हुन लागेको स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । आयोजक पूर्वेली युवा परिवार बिर्तामोडले आज खेलमैदान डोमालाल राजवंशी रंगशालामा पत्रकार सम्मेलन गरेर प्रतियोगिताको तयारीबारे जानकारी दिएको हो । बिर्तामोडका अगुवा युवाहरुको साझा संस्था पूर्वेली युवा क्लबको आयोजनामा वैशाख ३१ देखि जेठ ७ गते सम्म […]

May 5, 2024

चेल्सीको सानदार जित

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आइतबार साँझ चेल्सीले सानदार जित दर्ता गरेको छ । घरेलु मैदान स्ट्यामफर्ड ब्रिजमा भएको खेलमा चेल्सीले वेस्ट ह्याम माथि ५-० को फराकिलो जित निकालेको हो । उत्कृष्ट लयमा रहेका कोल पालमरले १५औं मिनेटमा चेल्सीलाई अग्रता दिलाएका थिए । दायाँ फ्लान्कबाट खेलिएको क्रस बक्सको मध्यभागमा पालमरका सामू आएपछि उनले बललाई गोलतर्फ […]

Success

Thank you for your time.