default_image

4 years ago

February 6, 2020

एन्फाका नाममा सर्वोच्चको अन्तरिम आदेश !

काठमाडौं (हाम्रो खेलकुद)– सर्वोच्च अदालतले रौतहटमा निर्माणाधिन एकेडेमी यथास्थितिमा राख्नु भन्दै अखिल नेपाल फुटबल संघ (एन्फा) का नाममा अन्तरिम आदेश जारी गरेको छ ।   अधिवक्ता सुजित केसीले दायर गरेको रिटमा सर्वोच्चका न्यायाशिक परुषोत्तम भण्डारीको एकल इजलासले बुधबार छलफलको दिन सम्मका लागि निर्णयहरु कार्यान्वयन नगर्नु र यथास्थितिमा राख्नु भन्दै अन्तरिमक आदेश जारी गरेको हो । […]

32 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– सर्वोच्च अदालतले रौतहटमा निर्माणाधिन एकेडेमी यथास्थितिमा राख्नु भन्दै अखिल नेपाल फुटबल संघ (एन्फा) का नाममा अन्तरिम आदेश जारी गरेको छ ।

 

अधिवक्ता सुजित केसीले दायर गरेको रिटमा सर्वोच्चका न्यायाशिक परुषोत्तम भण्डारीको एकल इजलासले बुधबार छलफलको दिन सम्मका लागि निर्णयहरु कार्यान्वयन नगर्नु र यथास्थितिमा राख्नु भन्दै अन्तरिमक आदेश जारी गरेको हो ।

रौतहटमा गैरकानुनी रुपमा एन्फा एकेडेमी निर्माण भइरहेको भन्दै केसीले एन्फासहित विभिन्न सरकारी निकायलाई विपक्षी बनाएर रिट दायर गरेका थिए । सर्वोच्चले दुवै पक्षलाई छलफल गराई निष्कर्षमा पुग्ने भन्दै माघ २९ गतेका लागि छलफलका लागि डाकेको छ ।

एन्फाले रौतहट जिल्लास्थित चन्द्रपुर नगरपालिका ६ मा सरकारी जग्गामा गैरकानुनी रुपमा कब्जा गरि महिला फुटबल एकेडेमी निर्माण गरेको भन्दै केसीले सर्वोच्च अदालतमा मंगलबार रिट दायर गरेका थिए ।

हातेमालो सामुदायिक वन उपभोक्ता समितिको क्षेत्राधिकार भित्र रहेको ३.५ हेक्टर जग्गामा कृक्रिम मिनी पिच निर्माण गर्न उपभोक्ता समितिसँग सम्झौत गरेपनि एन्फाले महिला एकेडेमीका लागि दुई तले भवन निर्माण गरिसकेको छ ।

सरकारी स्वामित्वको जग्गा अनधिकृत रुपमा कब्जा गरी निर्माण कार्य गरेको भन्दै अधिवक्ता केसीले एन्फा, वन तथा वातावरण मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद्, जिल्ला बन कार्यलय रौतहट, रौतहट जिल्ला फुटबल संघ, हातेमालो सामुदायिक वन उपभोक्ता समितिलगायतलाई विपक्षी बनाई रिट दायर गरेका थिए ।

May 2, 2024

पिएसजी विरुद्ध डर्टमुण्डको अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता लिएको छ । घरेलु मैदानमा बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० हराएको छ । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरे । डिफेन्स लाइनबाट निको श्लोटरबेकले दिएको उत्कृष्ट पासमा अफसाइड ट्र्याप […]

May 1, 2024

च्याम्पियन्स लिग सेमिफाइनलमा डर्टमुण्ड र पिएसजी भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राती बोरुसिया डर्टमुण्ड र पेरिस सेन्ट जर्मान (पिएसजी) भिड्दै छन् । राती १२:४५ बजे सुरु हुने खेल डर्टमुण्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा सुरु हुनेछ । यी दुवै टोली यसै सिजन च्याम्पियन्स लिगको एकै समूहमा रहेका थिए । समूह चरणको दुई खेल मध्य एक […]

May 1, 2024

आयोजक र काठमाडौं गोदावरी मेयर कपको क्वार्टरफाइनलमा

ललितपुर (हाम्रो खेलकुद) – आयोजक गोदावरी नगरपालिका र काठमाडौं महानगरपालिका गोदावरीमा अन्तर पालिका खुल्ला मेयर कप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । गोदावरी १० टाहाखेल–झ्यालुन्टारस्थित प्रस्तावित गोदावरी बहुउद्देश्यीय रंगशालामा बुधबार ललितपुर महानगरपालिकालाई पेनाल्टी सुट आउटमा ५–३ ले हराउँदै गोदावरी बि अन्तिम आठमा पुगेको हो । अर्को खलमा काठमाडौं महानगरपालिकाले बुढानिलकण्ठ नगरपालिकालाई पेनाल्टी सुटआउटमा ४–२ […]

Success

Thank you for your time.