5 years ago
February 7, 2020
काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय टोली एवंम् एपिएफका सावित्रा भण्डारी सम्बा र अनिता बस्नेतले भारतिय (आई) लिगमा एक अर्काको सामना गर्ने भएका छन् ।
विदेश ११ एएफसीलाई सावित्रा सम्मिलित गोकुलम केरला एफसी समूह बीको विजेता बनेपछि अनिता सम्मिलित सेथु एफसीसँग सेमिफाइनल तय भएको हो । समूह एबाट उपविजेताका रुपमा सेथु यसअघि नै सेमिफाइनल पुगिसेको छ । अब गोकुलम र सेथुबीच सोमबार प्रतिस्पर्धा हुनेछ ।
सावित्रा सबै खेलमा पहिलो रोजाईमा पर्दै आइरहेकी छिन् भने अनिताले सबैमा पहिलो रोजाईमा मौका पाएकी छैनन् । सावित्रा र अनिता दुवैले गत सिजन भने सेथुबाट खेलेका थिए । त्यति बेला सेथुले लिग जितेको थियो । यसपटक अनिता सुथुमै रहँदा सावित्राले गोलकुलम रोजिन् ।
यो सिजन सावित्राले समूह चरणका सबै खेलमा गोल गरेकी छन् । २ खेलमा समान ५ गोल गरेकी उनले ३ खेलमा समान १ गोल गरेकी छन् । प्ले अफमा ३ गोल गरेकी सावित्रा १६ गोल सहित उच्च गोलकर्ताको शीर्ष स्थानमा छिन् । गत वर्ष सेथु एफसीलाई च्याम्पियन बनाउने क्रममा सावित्राले १५ गोल गरेकी थिइन् ।
December 12, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करण यसै वर्षको अन्त्यमा आयोजना हुनेभएको छ। नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्राइभेट लिमिटेडले आयोजना एनएसएल चैत १६ गते सुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जानकारी दिएको छ। आज एन्फा कम्प्लेक्स सातदोबाटोमा एन्फा महासचिव किरण राईले एनएसएलका प्रबन्ध निर्देशक श्रेयांस कार्कीलाई एनएसएल आयोजनाको अनुमतिपत्र […]
December 12, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल फुटबल खेलाडी संघको संयोजकमा नेपाली राष्ट्रिय महिला टोलीका स्ट्राइकर अमिशा कार्की र डिफेन्डर गीता राणालाई नगद सहित सम्मानित भएका छन्। सेजल आईटी क्यालिफोर्निया युएसएले अमिशा र गीतालाई समान ७५ हजार रुपैयाँ प्रदान गरि सम्मान गरेको हो। सेजल आइटी क्यालिफोर्निया युएसएका अध्यक्ष शंकर केसीले नगद सहित सम्मान गरे। सो अवसरमा प्रशिक्षकद्वय किशोर […]
December 12, 2024
एजेन्सी – बार्सिलोना च्याम्पियन्स लिग अंक तालिकाको दोस्रो स्थानमा उक्लेको छ। बार्सिलोनाले बुधवार बोरुसिया डर्टमन्डलाई ३-२ ले पराजित गर्दै दोस्रो स्थानमा स्थानमा उक्लेको हो। दोस्रो हाफमा मैदानमा प्रवेश गरेका फेरान टोरेसको निर्णायकसहित २ गोल गरेपछि बार्सिलोना विजयी भएको हो। पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो। ५२औं मिनेटमा बार्सिलोनाले कप्तान राफिन्हाको गोलमा अग्रता लियो । डर्टमन्ड […]