default_image

4 years ago

February 8, 2020

माल्दिभ्समा अभिषेकको एकै खेलमा चार गोल !

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड अभिषेक रिजालले माल्दिभ्सको दोस्रो डिभिजन टोली जेजे स्पोर्ट्सका लागि एकै खेलमा ४ गोल प्रहार गरेका छन् । अभिषेकले माहिबाधु स्पोर्ट्स क्लब विरुद्ध ४ गोल गरेपछि उनको टोली ७-३ ले विजयी भयो । जेजे का लागि अहमद ऐहाम, नाफिउ र मोहमद साहेदले १-१ गोल गरेका थिए । […]

42 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड अभिषेक रिजालले माल्दिभ्सको दोस्रो डिभिजन टोली जेजे स्पोर्ट्सका लागि एकै खेलमा ४ गोल प्रहार गरेका छन् ।

अभिषेकले माहिबाधु स्पोर्ट्स क्लब विरुद्ध ४ गोल गरेपछि उनको टोली ७-३ ले विजयी भयो । जेजे का लागि अहमद ऐहाम, नाफिउ र मोहमद साहेदले १-१ गोल गरेका थिए । नेपाली यू-२३ राष्ट्रिय टोलीका गोलरक्षक एवं यू-१९ टोलीका पूर्वकप्तान अर्पण कार्की पनि यसै टोलीबाट खेल्दै आएका छन् ।

यस जितसँगै जेजे स्पोर्ट्स दोस्रो श्रेणी लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । पछिल्लो सिजन शीर्ष श्रेणीमा उक्लनबाट चुकेको जेजेले सिजनको बिचमा अभिषेकलाई अनुबन्धन गरेको थियो । अर्पणले भने लगातार दोस्रो सिजन जेजेको जर्सी पहिरिएका हुन् । टोलीले यसपटक शीर्ष श्रेणीमा उक्लने लक्ष्य राखेको छ ।

अभिषेकले नेपालमा रहेर ए डिभिजन लिगको सुरुवात केहि खेल मछिन्द्रका लागि खेलेका थिए । अर्पणले भने पछिल्लो वर्ष पुलिसका लागि खेलेपनि यसपटक भने सिधै माल्दिभ्सको लिग खेलेका हुन् । उनले त्यसअघि भुटानको पारो फुटबल क्लबका लागि समेत खेलेका थिए ।

खेलका तस्बिरहरु :

May 5, 2024

लिभरपुलद्वारा टोटेनहम पराजित 

एजेन्सी – इंग्लिश प्रिमियर लिग अन्तर्गत आइतवार साँझ भएको खेलमा लिभरपुल विजयी भएको छ । लिभरपुलले टोटेनहम हटस्परलाई ४-२ ले पराजित गरेको हो ।   खेलको १६ औं मिनेटमा मोहम्मद सालाहले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । कोडी गाक्पोको क्रसमा सालाहले हेडर मार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । ४५ औं मिनेटमा लिभरपुलका लागि […]

May 5, 2024

आयोजक रातो र इटहरी भेन्ट्रान्सबीच पहिलो खेल हुने

हिमाल खरेल, बिर्तामोड झापाको बिर्तामोडमा हुन लागेको स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । आयोजक पूर्वेली युवा परिवार बिर्तामोडले आज खेलमैदान डोमालाल राजवंशी रंगशालामा पत्रकार सम्मेलन गरेर प्रतियोगिताको तयारीबारे जानकारी दिएको हो । बिर्तामोडका अगुवा युवाहरुको साझा संस्था पूर्वेली युवा क्लबको आयोजनामा वैशाख ३१ देखि जेठ ७ गते सम्म […]

May 5, 2024

चेल्सीको सानदार जित

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आइतबार साँझ चेल्सीले सानदार जित दर्ता गरेको छ । घरेलु मैदान स्ट्यामफर्ड ब्रिजमा भएको खेलमा चेल्सीले वेस्ट ह्याम माथि ५-० को फराकिलो जित निकालेको हो । उत्कृष्ट लयमा रहेका कोल पालमरले १५औं मिनेटमा चेल्सीलाई अग्रता दिलाएका थिए । दायाँ फ्लान्कबाट खेलिएको क्रस बक्सको मध्यभागमा पालमरका सामू आएपछि उनले बललाई गोलतर्फ […]

Success

Thank you for your time.