default_image

4 years ago

February 9, 2020

डर्टमन्ड लेभरकुसेनसँग स्तब्ध

28 views

0 Bookmark

एजेन्सी – बोरुसिया डर्टमन्ड जर्मन बुन्डेस लिगामा बायर लिभरकुसेनसँग स्तब्ध बनेको छ । डर्टमन्ड घरेलु टोलीसँग ४–३ ले स्तब्ध बनेको हो ।

घरेलु टोलीको जितमा केभिन भोलान्डाले दुई तथा लियोन बेइली र लार्स बेन्डरले गोल गरे । डर्टमन्डका म्याट हमेल्स, इम्री क्यान र राफयल गुरेरोले गोल गरे । डर्टमन्ड सुरुवातमा पछि परेपनि अग्रता लिएर पनि जोगाउन नसक्दा स्तब्ध बन्न पुग्यो ।

शनिबार राति भएको खेलको २०औं मिनेटमा नादिम एमिरीको पासमा केभिन भोलान्डले गोल गर्दै घरेलु टोलीलाई शुरुवाती अग्रता दिलाएका थिए । चर, लिभरकुसेनको त्यो अग्रता लामो समय टिकेन । २२औं मिनेटमा जाडोन सान्चोको पासमा म्याट हमेल्सले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

३३औं मिनेटमा इम्री क्यानले दर्शनीय गोल गरेपछि डर्टमन्डले २–१ को अग्रता लिन सफल भएको थियो । यसै विन्टरमा डर्टमन्ड पुगेका क्यानले पेनाल्टी बक्सबाहिरबाट गरेको सशक्त प्रहार टप राइट कर्नरमा गोलमा परिणत हुदा लिभरकुसेनका गोलरक्षक लुकासले रोक्ने कुनै मौका नै पाएन । ४३औं मिनेटमा केभिन भोलान्डले जोनाथनको पासमा व्यक्तिगत दोस्रो गोल गरेपछि पहिलो हाफ २–२ गोलको बराबरीमा टुंगिएको थियो ।

५२औं मिनेटमा डर्टमन्डका जाडोन सान्चोले गोल गरेपनि भिएआरको मान्यता पाएन । ६५आं मिनेटमा राफेल गुरेरोले गोल गरेपछि डर्टमन्डले खेलमा ३–२ को अग्रता बनायो ।

त्यसपछि दुई मिनेटको अन्तरमा घरेलु टोलीले २ गोल गर्दै खेलमा ४–३ को अग्रता लिन सफल भयो । ८१औं मिनेटमा लियोन बेइलीले बराबरी गोल फर्काए । लगत्तै लार्स बेन्डरले गोल गर्दै लिभरकुसेनले खेलमा अग्रता लिन सफल भयो । त्यसपछि थप गोल निस्कन नसक्दा ४–३ ले स्तब्ध बन्न पुग्यो ।

हारपछि डर्टमन्डले दोस्रो स्थानमा उक्लने मौका गुमायो । डर्टमन्डको २१ खेलबाट ३९ अंक छ । दोस्रो स्थानको आरवी लेइपजिगको ४१ अंक छ । शीर्षस्थानको बायर्न म्युनिखको ४२ अंक छ । लिभरकुसेन ३७ अंक जोडेर पाँचौ स्थानमा उक्लिएको छ ।

अन्य नतिजा

फ्रन्कफर्टविरुद्ध अग्सवर्ग (–०)

फेइवर्गविरुद्ध होफेनआइन (–०)

हर्था बर्लिनविरुद्ध मेइन्ज (१–)

साल्केविरुद्ध पाडेरवर्न (१–१)

वेर्डर ब्रेमेनविरुद्ध युनियन बर्लिन (०–)

वल्फवर्गविरु४ डुसेलडर्फ (१–१)

May 6, 2024

फुटबलर सविता पुरस्कृत

काठमाडौं (हाम्रो खेलकुद)– एभरग्रिन कन्स्ट्रकसन एन्ड कन्स्लटेन्सी प्रालिले राष्ट्रिय फुटबल टोली तथा एपिएफकी फरवार्ड सविता रानामगरलाई नगदले पुरस्कृत गरेको छ । प्रालिका अध्यक्ष अभिषेक कोइराला र मेनेनजर स्रदिप प्रधानले सोमबार सवितालाई चेक हस्तान्तरण गरेका थिए । साउदी अरबमा फागुनमा भएको वाफ च्याम्पियनसिपमा उच्च प्रदर्शन गरेकामा भन्दै प्रालिले उनलाई नगदले पुरस्कृत गरेको हो । जोर्डनसँगको फाइनलमा […]

May 6, 2024

नेपाल र इङ्ल्यान्ड ‘सि’ आज खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले आज इङ्ल्यान्ड ‘सि’ को सामना गर्दैछ । खेल नेपाली समय अनुसार बेलुका ८:४५ बजे एल्डरशट स्थित नेशनल लिग टोली एल्डरशट टाउनको घरेलु मैदान इबिबि स्टेडियममा सुरु हुनेछ । इङ्ल्यान्डमा रहेका नेपाली समुदायमा फुटबलको प्रोफाइल उकास्न र दक्षिण एसियाली समुदायको सहभागिता बढाउन सहयोग पुर्याउने […]

May 6, 2024

सहाराले उत्कृष्ट क्लबको अवार्ड पाउने

पोखरा (हाम्रो खेलकुद) – सहारा क्लब पोखराले उत्कृष्ट खेलकुद संघ संस्था वा क्लबतर्फको अवार्ड पाउने भएको छ । नेपाल खेलकुद पत्रकार मन्च गण्डकीले आठौं पोखरा स्पोर्टस अवार्ड २०८० मा सहारालाई अवार्ड दिने निर्णय गरेको बताइएको छ । अवार्ड शुक्रबार हुँदैछ । अवार्डको छैटौं सस्करणसम्म यो विधामा खेल संघलाई मात्र प्रदान गरिदै आएकोमा सातौँ संस्करणबाट खेल […]

Success

Thank you for your time.