default_image

5 years ago

February 10, 2020

सावित्रा र अनिता पहिलो पटक एकअर्काविरुद्ध भिड्दै

79 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– झन्डै छ वर्ष लामो खेल जीवनमा राष्ट्रिय टोली एवंम एपिएफका दुई स्टार एकअर्का विरुद्ध खेल्ने तयारीमा छन् । फरवार्ड सावित्रा भण्डारी सम्बा र मिडफिल्डर अनिता बस्नेत भारतीय महिला लिग (आईडब्लुएल)को सेमिफाइनलमा सोमबार एकअर्काविरुद्ध भिड्दैछन् । सावित्रा र अनिता पहिलो पटक अलग टोलीबाट यो सिजन खेलिरहेका छन् ।

‘पहिलो पटक एकअर्काविरुद्ध खेल्न लाग्दा अलिक कस्तो त लाग्ने रहेछ,’ सावित्राले भनिन्, ‘तर व्यवासायिक जीवनमा यो स्वभाविक हो । दुवै टोली राम्रो खेलिरहेका छन्, त्यसैले सहज हुने छैन ।’ अनिता सम्मलित सावित्र विजेता सेथु एफसी र सावित्रा रहेको गोकुलम केरला एफसीबीच आई लिगको सेमिफाइनल हुँदैछ ।

सेथु समूह ‘ए’को उपविजेता र गोकुलम समूह ‘बी’को विजेताका रुपमा अन्तिम दुईमा पुगेका हुन् । समूहको राउन्ड रोविनमा सावित्राको टोली अपराजित छ भने अनिताको टोलीले एक खेलमा हार बेहोरेको थियो ।

सावित्राले खेलेका सबै ५ खेलमा १३ गोल गरेकी छिन् । दुई खेलमा समान ५ गोल गरेकी सावित्राले ३ खेलमा समान १ गोल गरेकी थिइन् । सबै खेलको पहिलो रोजाईमा नपरेकी अनिताले भने गोलको खाता खोल्न बाँकी छ ।

सावित्राविरुद्ध खेल्नु परेकोले अलिक फरक अनुभव भने भइरहेको अनिताले सुनाइन् । ‘पहिलो पटक एकअर्काविरुद्ध खेल्दैछौं । त्यसैले अलिक कस्तो कस्तो लागेको छ,’ उनले भनिन्, ‘तर जुन क्लबबाट खलिन्छ त्यसलाई जिताउन हर सम्भव प्रयास गर्नेछु ।’

जारी लिगमा उच्च प्रदर्शन गरिरहेका सावित्रा खेल्ने पक्का छ । अनिताले समूह चरणमा एउटा बाहेक सबै खेलमा पहिलो रोजाईमा सुरुवात गरेकी थिइन् । सोमबार पनि उनी पहिलो रोजाईबाट खेल्ने लगभग पक्का छ ।

सन् २०१४ देखि राष्ट्रिय टोलीमा सँगै खेलिरहेका सावित्रा र अनिता एपिएफमा भने केहि सयमको फरकमा आबद्ध भएका थिए । सावित्रा २०७१ र अनिता त्यो भन्दा केहि महिना अघि एपिएफमा आबद्ध भएकी थिइन् । पाकिस्तानमा भएको साफ च्याम्पियनसिपमा यी दुई जना पहिलो पटक राष्ट्रिय टोलीमा परेका थिए । त्यसयता दुवै राष्ट्रिय टोलीका नियमित सदस्य रहँदै आएका छन् ।

गत वर्ष सेथुमा सँगै आइलिग खेलेका सावित्रा र अनिताले त्यसअघि दुई सिजन माल्दिभ्समा एउटै क्लबबाट फुटसल खेलेका थिए । घरेलु मैदानमा एपिएफ र राष्ट्रिय टोलीबाट अधिकांश खेलमा नियमित खेल्दै आएका छन् । सावित्राले भने फरक क्लबबाट खेल्दा पनि अनितालाई मिस हुने बताइन् ।

‘राष्ट्रिय टोली र एपिएफबाट हामी खेल्दा अनिता दिदीको पासमा मैले धेरै गोल गरेको छु । हामी एक अर्काले बल प्राप्त गर्दा कहाँ निस्कने भन्ने बुझिहाल्छौं,’ सावित्राले भनिन्, ‘त्यसैले अर्को क्लबबाट खेल्दा पनि दिदीलाई मिस गर्छु । तर अब सधै आफुले चाहे जस्तो हुन्न । हामी दुवै आ आफ्नो टोलीलाई जिताउन लाग्नेछौं । दुवै टोली बलियो नै छ । ‘

December 14, 2024

झापा कपको उद्घाटन खेल-आर्मी र एलएक्स सिटी खेल्ने

हिमाल खरेल,बिर्तामोड झापा कपको उद्घाटन खेल आज त्रिभुवन आर्मी फुटबल क्लब र मोरङको एलएक्स सिटी फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । झापा ११ फुटबल क्लबको आयोजनामा हुन लागेको प्रतियोगितामा सिराहाको सलहेस युवा क्लब, एनआरटी फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड, इटहरीको राष्ट्रिय जागृति क्लब सहभागी छनम । त्यस्तै, दार्जिलिङको जिटिए, काठमाडौं जिल्ला लिग च्याम्पियन चित्लाङ फुटबल क्लब, […]

December 12, 2024

एनएसएलको तेस्रो संस्करण चैतमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करण यसै वर्षको‌ अन्त्यमा आयोजना हुनेभएको छ। नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्राइभेट लिमिटेडले आयोजना एनएसएल चैत १६ गते सुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जानकारी दिएको छ। आज एन्फा कम्प्लेक्स सातदोबाटोमा एन्फा महासचिव किरण राईले एनएसएलका प्रबन्ध निर्देशक श्रेयांस कार्कीलाई एनएसएल‌ आयोजनाको अनुमतिपत्र […]

December 12, 2024

फुटबलर अमिशा र गीता नगदसहित सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल फुटबल खेलाडी संघको संयोजकमा नेपाली राष्ट्रिय महिला टोलीका स्ट्राइकर अमिशा कार्की र डिफेन्डर गीता राणालाई नगद सहित सम्मानित भएका छन्। सेजल आईटी क्यालिफोर्निया युएसएले अमिशा र गीतालाई समान ७५ हजार रुपैयाँ प्रदान गरि सम्मान गरेको हो। सेजल आइटी क्यालिफोर्निया युएसएका अध्यक्ष शंकर केसीले नगद सहित सम्मान गरे। सो अवसरमा प्रशिक्षकद्वय किशोर […]

Success

Thank you for your time.