default_image

4 years ago

February 10, 2020

सहज जितसँगै पीएसजीको १२ अंकको अग्रता

23 views

0 Bookmark

एजेन्सी – पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा सहज जित निकाल्दै शीर्षस्थानमा १२ अंकको स्पष्ट अग्रता लिन सफल भएको छ । पीएसजीले लियोनमाथि ४–२ को सहज जित निकालेको हो ।

जितसँगै पीएसजीले शीर्षस्थानमा १२ अंकको स्पष्ट अग्रता बनाएको छ । पीएसजीको २४ खेलबाट ६१ अंक छ । उति नै खेलबाट दोस्रो स्थानको मार्सेलीको ४९ अंक छ । पराजित लियोन ३३ अंक जोडेर नवौं स्थानमा छ ।

घरेलु मैदानमा आइतबार राति भएको खेलमा पीएसजीको सहज जितमा  एन्जल डि मारिया, केलियन एमबाप्पे र एडिन्सन काभानीले गोल गरे । एक गोल उपहार पाएको थियो । लियोनका मार्टिन टेरियर र मौउसा डेम्बेलेले गोल गरे ।

पीएसजीले खेलको २२औं मिनेटमा डि मारियाको गोलबाट सुरुवाती अग्रता बनाएको थियो । ३८औं मिनेटमा एमबाप्पेले गोल गरेपछि पीएसजीले पहिलो हाफमा २– ० को अग्रता लिन सफल भएको थियो ।

दोस्रो हाफको शुरुमै फर्नान्डो मार्कलले आत्मघाती गोल गरेपछि पीएसजीले खेलमा ३–० को आरामदायी अग्रता बनायो । त्यसपछि लियोनले लगातार दुई गोल गर्दै खेललाई ३–२ को अवस्थामा ल्याए । ५२औं मिनेटमा मार्टिन टेरियरले तथा ५९औं मिनेटमा मौउसा डेम्बेलेले गोल गरेका थिए । ७९औं मिनेटमा डि मारियाको पासमा एडिन्सन काभानीले गोल गर्दै पीएसजीलाई ४–२ को सहज जित दिलाए ।

May 12, 2024

आर्सनल पुनः प्रिमियर लिगको शीर्षस्थानमा

एजेन्सी – म्यानचेस्टर युनाइटेडलाई हराउँदै आर्सनल इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा पुनः उक्लिएको छ । युनाइटेडको घरेलु मैदानमा आइतबार भएको खेलमा आर्सनलले १-० को जित दर्ता गर्दै तालिकाको शीर्षस्थानमा उक्लिन सफल भएको हो । आर्सनलको जितमा लियान्द्रो ट्रोसार्डले २०औं मिनेटमा खेलको एकमात्र गोल गरे । काई हाभेर्ट्जको पासमा ट्रोसार्डले बक्स भित्रबाट गोल गरेका थिए । सोही […]

May 12, 2024

सानेपाको खालीबारीविरुद्ध जित

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सो डिभिजन लिग अन्तर्गत सातौं चरणको अन्तिम खेलमा सानेपा क्लबले खालीबारी युथ एफसी विरुद्ध जित दर्ता गरेको छ । सानेपाले खालीबारी विरुद्ध १-० को जित दर्ता गरेको हो । सानेपाको जितमा पेम्बा दोर्जे लामाले १३औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । सि डिभिजनमा मंगलबार देखि आठौ चरणका खेलहरू […]

May 12, 2024

अल हिलाललाई साउदी लिग उपाधि

एजेन्सी – अल हिलालले साउदी प्रो लिग सिजन २०२३/२४ को उपाधि जित्ने पक्का भएको छ । अल हाजेम विरुद्ध शनिबार भएको खेलमा ४-१ को जित संगै अल हिलालको लिग उपाधि पक्का भएको हो । अल हिलालको जितमा अलेकसान्दर मिट्रोभिचले दुई गोल गरे । यस्तै सर्गेज मिलिन्कोभिच-स्याभिचले एक गोल गरे भने एक गोल अहमद अल जुवाइदको […]

Success

Thank you for your time.