default_image

4 years ago

February 14, 2020

सावित्रा सम्मिलित गोकुलम उपाधिका लागि भिड्दै

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय महिला टोली एवंम एपिएफकी की फरवार्ड सावित्रा भण्डारी सम्मिलित गोकुलम केराला फुटबल क्लबले भारतीय महिला लिग (आईडब्लूएल) को उपाधिका लागि आज क्रिप्साको सामना गर्दैछ । बैंगलोर रंगशालामा फाइनल नेपाली समय अनुसार २ः१५ बजे सुरु हुनेछ । प्ले अफ चरण पार्दै अघि बढेको गोकुलम अपराजित रहँदै फाइनल पुग्दा सावित्राले उच्च प्रदर्शन गरेकी […]

28 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय महिला टोली एवंम एपिएफकी की फरवार्ड सावित्रा भण्डारी सम्मिलित गोकुलम केराला फुटबल क्लबले भारतीय महिला लिग (आईडब्लूएल) को उपाधिका लागि आज क्रिप्साको सामना गर्दैछ ।

बैंगलोर रंगशालामा फाइनल नेपाली समय अनुसार २ः१५ बजे सुरु हुनेछ । प्ले अफ चरण पार्दै अघि बढेको गोकुलम अपराजित रहँदै फाइनल पुग्दा सावित्राले उच्च प्रदर्शन गरेकी थिइन् । सावित्राले लिगका यसअघिका सबै ६ खेलमा गोल गरेकी थिइन् । उच्च गोलकर्ताको शीर्षस्थानमा रहेकी सावित्राले १५ गोल गरिसकेकी छिन् । प्ले अफमा पनि उनले ३ गोल गरेकी थिइन् ।

सावित्राको टोलीले उनको राष्ट्रिय टोली तथा एपिएफकै सहकर्मी अनिता बस्नेत सम्मिलित सेथु एफसीलाई ३–० ले पराजित गरेको थियो । सावित्राले पनि अनितासँगै गत सिजन सेथुबाट खेलेकी थिइन् । त्यति बेला टोलीलाई च्याम्पियन बनाउने क्रममा सावित्राले १५ गोल गरेकी थिइन् । सावित्राले सोमबार भएको सेमिफाइनलमा दुवै हाफमा १(१ गोल गरेकी थिइन् ।

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

April 25, 2024

एभर्टनसँग लिभरपुल स्तब्ध

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि दौडमा रहेको लिभरपुल बुधबारको खेलमा स्तब्ध भएको छ।एभर्टनले लिभरपुललाई २- ० ले हराएको छ । जितपछि एभर्टनको रेलिगेसनबाट जोगिने सम्भावना बलियो भएको छ । टोली ३३ अंकसहित १६औं स्थानमा छ। लिग जित्ने लिभरपुलको सम्भावना कमजोर बनेको छ । एभर्टनले आफ्नो घरेलु मैदानमा लिभरपुललाई सन् २०१० को अक्टोबरपछि पहिलो पटक […]

Success

Thank you for your time.