default_image

4 years ago

February 17, 2020

आर्सनलको सानदार जित, टोटेनहमको संघर्ष

46 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लन्डन क्लब आर्सनलले सानदार जित निकाल्दा टोटेनहम हस्टपरले रोमाञ्चक जित दर्ता गरेको छ । आर्सनलले न्यु क्यासललाई ४–० ले पराजित गर्दा टोटेनहमले एस्टन भिल्लामाथि ३–२ को रोमाञ्चक जित निकालेको हो । 

घरेलु मैदानमा आर्सनलको फराकिलो जितमा पिएरे इम्रिक औवामेयाङ, निकोलस पेपे, मेसुट ओजिल र एलेक्सान्द्रे लाकाजेटले गोल गरे । घरेलु मैदानमा आर्सनलले न्यु क्यासललाई दवावमा राखेपनि गोलको लागि दोस्रो हाफ नै कुर्नु परेको थियो ।

५४औं मिनेटमा औवामेयाङले गोलको खाता खोलेका थिए । ५७औं मिनेटमा पेपेले गोल गर्दै आर्सनलको अग्रता दोब्बर बनायो । ९०औं मिनेटमा मेसुट ओजिलले गोल गर्दै आर्सनलाई खेलमा ३–१ को अग्रता दिलाए । इन्ज्युरी समयको थप गरिएको पाँचौ मिनेटमा लाकाजेटले गोल गर्दै आर्सनललाई ४–० को सानदार जित दिलाए । जितसँग आर्सनल २६ खेलबाट ३४ अंक जोडेर १०औं स्थानमा रहेको छ । न्यु क्यासल ३१ अंक जोडेर १३औं स्थानमा छ ।

अर्काे खेलमा ह्युङ मिन सनले इन्ज्यरी समयमा गोल गर्दै टोटेनहमलाई ३–२ को रोमाञ्चक जित दिलाए । भिल्लामा नवौं मिनेटमा टोवी एल्डरवेरेल्डको आत्मघाती गोलबाट घरेलु टोली खेलमा अघि बढेको थियो । टोवीले २७औं मिनेटमा बराबरी गोल फर्काए । इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा ह्युङ मिन सन पेनाल्टीमा चुकेपनि रिवाउन्डमा गोल गर्न सफल हुदा टोटेनहमले पहिलो हाफमा २–१ को अग्रता लिन सफल भयो ।

५३औं मिनेटमा बिजर्न इंगेल्सले बराबरी गोल फर्काए । बराबरीतर्फ धकेलिएको खेलको इन्ज्युरी समयको थप गरिएको चौथो मिनेटमा सनले व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गर्दै टोटेनहमलाई ३–२ को रोमाञ्चक जित दिलाए ।

जितसँगै टोटेनहम २४ खेलबाट ४० अंक जोडेर पाँचौ स्थानमा उक्लिएको छ । एस्टन भिल्ला २५ अंक जोडेर १७औं स्थानमा छ ।

May 18, 2024

काठमाडौंलाई गोदावरी मेयर कप फुटबल उपाधि

ललितपुर (हाम्रो खेलकुद) – काठमाडौं महानगरपालिकाले गोदावरी प्रथम उपत्यकाब्यापी अन्तर पालिका मेयर कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । प्रस्तावित गोदावरी बहुउदेश्यीय रंगशालाको झ्यालुन्टार मैदानमा शनिबार भएको फाइनलमा चन्द्रागिरी नगरपालिकालाई २–१ गोल अन्तरले हराउँदै काठमाडौं च्याम्पियन बनेको हो । काठमाडौंका लागि अखिलेष कार्की र दीपेश श्रेष्ठले गोल गरे । उपाधिका साथ काठमाडौंले ५ लाख रुपैयाँ […]

May 18, 2024

पूर्वेली रातो दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्सको फाइनलमा

हिमाल खरेल, बिर्तामोडआयोजक पूर्वेली युवा क्लब रातो बिर्तामोडमा जारी स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा आज भएको अन्तिम सेमिफाइनल खेलमा मोरङको विराट मेगा भेट्रान्स एफसीलाई ५–० ले पराजित गर्दै आयोजक रातो उपाधिनजिक पुगेको हो । जितसँगै आयोजक पूर्वेलीका दुवै टिम फाइनलमा पुगेका छन् । दुवै […]

May 18, 2024

बायर लेभरकुसेन लिग सिजनभर अपराजित

एजेन्सी – बायर लेभरकुसेनले जर्मन शीर्ष डिभिजन बुन्डेसलिगाको २०२३-२४ सिजन भर अपराजित रहँदै लिग उपाधि जितेको छ । लेभरकुसेनले ३४ खेलको लिग सिजन भर कुनै पनि खेलमा हार नबेहोरी लिग सिजन समाप्त गरेको हो । शनिवार भएको लिगको अन्तिम खेलमा लेभरकुसेनले आउसवर्ग माथि २-१ को जित निकाल्दै अपराजित रहेको हो । लेभरकुसेनले ३४ खेलमा २८ […]

Success

Thank you for your time.