6 years ago
February 20, 2020
परासी (हाम्रो खेलकुद) – युवा फरवार्ड बुद्ध बल तामाङको दुई गोल सहयोगमा विभागीय नेपाल पुलिस क्लब नवलपरासीमा जारी राइनो कप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

बिहीबार भएको खेलमा पुलिसले भरतपुर फुटबल क्लबलाई ३–१ ले पराजित गर्दै अन्तिम आठमा पुग्न सफल भएको हो ।
पुलिसको अकाृे गोल सौजन याख्खा राईल गरे । भरतपुरका रुमेश बर्ताेलाले एक गोल फर्काए ।
खेलको २८औं मिनेटमा बुद्धको गोलबाट पुलिसले १–० को अग्रता बनाएको थियो । ३७औं मिनेटमा रुमेश बर्ताेलाले बराबरी गोल फर्काएपछि पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएको थियो । दोस्रो हाफको शुरुमै पुलिले सौजनको गोलबाट खेलमा पुनः २–१ को अग्रता बनायो ।
८३औं मिनेटमा बुद्ध बलले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै पुलिसलाई ३–१ को जित दिलाए ।
नवलपरासी मध्यविन्दु ४ को राइनो क्लबको आयोजनामा जारी प्रतियोगिताको विजेताले १० लाख र दोस्रो हुनेले ५ लाख रुपैया हात पार्नेछन् ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]