default_image

4 years ago

February 24, 2020

दुई दशकपछि महात्मा बुद्ध गोल्डकप आयोजना हुँदै

मनोरञ्जन शर्मा, रुपन्देही दुई दशकदेखि रोकिएको महात्मा बुद्ध गोल्डकप फुटबल प्रतियोगिता अर्को महिना भैरहवामा आयोजना हुने भएको छ । सुरुको वर्षमा अञ्चलपुर क्लबबाट स्थानिय रुपमा हुँदै आएको प्रतियोगितालाई तत्कालिन सिद्धार्थनगर नगर पञ्चायतको पहलमा वि.स. २०४२ सालमा अपनत्व लिई राष्ट्रिय स्तरको प्रतियोगिता बनाइएको थियो । त्यसपछि केहि वर्ष प्रतियोगिताले निरन्तरता पायो । २०५५ साल बाट भने […]

26 views

0 Bookmark

मनोरञ्जन शर्मा, रुपन्देही

दुई दशकदेखि रोकिएको महात्मा बुद्ध गोल्डकप फुटबल प्रतियोगिता अर्को महिना भैरहवामा आयोजना हुने भएको छ । सुरुको वर्षमा अञ्चलपुर क्लबबाट स्थानिय रुपमा हुँदै आएको प्रतियोगितालाई तत्कालिन सिद्धार्थनगर नगर पञ्चायतको पहलमा वि.स. २०४२ सालमा अपनत्व लिई राष्ट्रिय स्तरको प्रतियोगिता बनाइएको थियो ।

त्यसपछि केहि वर्ष प्रतियोगिताले निरन्तरता पायो । २०५५ साल बाट भने आर्थिक कारणले प्रतियोगिता हुने सकेन । सिद्धार्थनगर नगरपालिका र पर्फेक्ट इभेन्ट स्कवायर प्रालि सिनपा २ को संयुक्त आयोजनामा यसपट प्रतियोगिता आयोजना हुन लागेको हो सिद्धार्थनगर नगरपालिकाका मेयर हरिप्रसाद अधिकारीले सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

मेयर अधिकारीले आउने दिनमा प्रतियोगिताले निरन्तरता पाउने र त्यसका लागि नगरपालिकाले अक्षय कोष खडा गरेको जानकारी दिए । चैत २ गतेबाट भैरहवा स्थित संघिय प्रहरी इकाई कार्यालयको खेल मैदानमा सुरु हुने प्रतियोगितामा नेपाल र भारतका केहि टोलीको सहभागितामा सञ्चालन हुने बताइएको छ ।

प्रतियोगिताको विजेताले उपाधिसहित ५ लाख र दोस्रो हुने टोलीले ३ लाख रुपैयाँ प्राप्त गर्नेछ। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १५ हजार प्राप्त गर्नेछन् । उत्कृष्ट गोलरक्षक, रक्षक, मिडफिल्डर, र सर्वाधिक गोलकर्ताले समान १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । हरेक खेलको म्यान अफ द म्याचले ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

झन्डै ६५ लाख रुपैयाँ खर्च हुने प्रतियोगिताका लागि सिद्धार्थनगर नगरपालिकाले २० लाख रुपैयाँ उपलब्ध गराउने र बाँकी रकम जुटाउने पर्फेक्ट इभेन्टका सचिव रोशन सिंह खडकाले बताए । बुद्ध जन्मस्थल लुम्बिनीको प्रवेशद्धारका रुपमा रहेको यस सिद्धार्थनगर नगरपालिकामा २० बर्ष पछि हुन लागेको यो फुटबलको नामनै शान्तिका प्रतिक भगवान बुद्धसँग जोडिएकोले प्रतियोगिताको आफनै महत्व रहेको नगरपालिकाले जनाएको छ ।

प्रदेश सरकार ५ को जारी लुम्बिनी भ्रमण बर्ष २०७६ कार्यक्रम र नेपाल सरकारको नेपाल भ्रमण बर्ष २०२० पनि सुरु भैसकेको अबस्थामा प्रतियोगिताले यस नगरलाई थप चर्चामा ल्याउनेछ विश्वास गरिएको छ ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.