default_image

4 years ago

February 25, 2020

‘सहारालाई वार्षिक ५ लाख रुपैयाँको लागि पहल गर्नेछु’

पोखरा (हाम्रो खेलकुद)– युवा तथा खेलकुद मन्त्री जगत वहादुर विश्वकर्मा (सुनार) ले पोखराको सहारा क्लबले सञ्चालन गरिरहेको एकेडेमीको लागि वार्षिक रुपमा ५ लाख रुपैयाँ उपलब्ध गराउन रातो किताबमै पार्ने बताएका छन् । पोखराको दोब्बिलामा रहेको एकेडेमीको मंगलबार अवलोकन गर्दै मन्त्री सुनारले राज्यले गर्ने काममा निजी क्षेत्रबाट भएकोमा क्लबको प्रशंसा गर्दै आउदो बर्ष देखि बार्षिक ५ […]

28 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद)– युवा तथा खेलकुद मन्त्री जगत वहादुर विश्वकर्मा (सुनार) ले पोखराको सहारा क्लबले सञ्चालन गरिरहेको एकेडेमीको लागि वार्षिक रुपमा ५ लाख रुपैयाँ उपलब्ध गराउन रातो किताबमै पार्ने बताएका छन् ।

पोखराको दोब्बिलामा रहेको एकेडेमीको मंगलबार अवलोकन गर्दै मन्त्री सुनारले राज्यले गर्ने काममा निजी क्षेत्रबाट भएकोमा क्लबको प्रशंसा गर्दै आउदो बर्ष देखि बार्षिक ५ लाख दिने गरी पहल गर्ने वचन दिए । सहारा क्लबले स्वदेश तथा विदेशी दाताको सहयोगले फुटबल एकेडेमी सहित बार्षिक रुपमा आहा रारा गोल्ड कप गर्दै आएकोमा पोखरेली हुनुको नाताले सबैलाई गर्वनुभुती भएको मन्त्री सुनारले बताए ।

अर्को प्रशंगमा खेलकुदले फड्को मारेको बताउँदै मन्त्री सुनारले अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वर्ण पदक विजेता खेलाडीलाई मासिक ५ हजार र ओलम्पिकमा सहाभागिलाई मासिक ४ हजार रुपैयाँ आजीवन भत्ता दिने गरि गरि सरकारले निती बनाएको बताए । राज्यले र समाजले खेल क्षेत्रलाई प्राथमिकतामा राखेर अगाडि बढेको बताउँदै उनले १३ औं दक्षिण एसियाली खेलकुद (साग) का विजेता खेलाडीलाई दिइने पुरस्कार वापतको रकम क्याविनेटले पास गरिसकेको जनाए । उनले भने ‘अब खेलेर बाँच्ने आधार राज्यले खडा गरिसकेको छ, अब कुनै द्विविधा छैन, खेलसंगै शिक्षा पनि आवश्यक छ ।’

मन्त्री सुनारलार्ई सहारा क्लबका अध्यक्ष केशव बहादुर थापा, संस्थापक अध्यक्ष वसन्त थकाली, पूर्वअध्यक्षद्वय विरभद्र आचार्य र विक्रम थकाली तथा उपाध्यक्ष विश्वराज बरालले स्वागत गरेका थिए । सो अवसरमा एकेडेमीमा सहारा युकेका सल्लाहाकार महेश गुरुङ, सहरा युकेका महासचिब धनु थकाली, कार्य समिती सदस्य योगेश गुरुङ, सदस्य नरजङ्ग गुरुङ लगाएतले मन्त्री विश्वकर्मालाई सहारा युकेको तर्फ बाट स्वागत गरेका थिए ।

यसैबिच, मन्त्री सुनारले पोखरा रंगशालाको समेत अवलोकन गरेको राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश कुमार गुरुङले बताए । नवौं राष्ट्रिय खेलकुदको लागि पोखरा रंगशालमा हुने विभिन्न खेल मैदानको तयारीको बारेमा सदस्य गुरुङले मन्त्री सुनारलाई जानकारी गराएका थिए ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.