default_image

4 years ago

February 26, 2020

राइनो कपमा आर्मीका सुमन सर्वोत्कृष्ट

परासी (हाम्रो खेलकुद)– त्रिभुवन आर्मी क्लबका रक्षक सुमन अर्याल राइनो कप फुटबल प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । नेपाल पुलिस क्लबलाई १–० ले हराउँदै बुधबार आर्मी क्लब च्याम्पियन बन्दा सुमन सर्वोत्कृष्ट खेलाडी चुनिएका हुन् । उनले ट्रफीसहित २० हजार रुपैयाँ प्राप्त गरे । पुलिसका बुद्धबल तामाङ उच्च गोलकर्ता बनेको राइनो कपमा यति हिमालयन शेर्पा […]

47 views

0 Bookmark

परासी (हाम्रो खेलकुद)– त्रिभुवन आर्मी क्लबका रक्षक सुमन अर्याल राइनो कप फुटबल प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । नेपाल पुलिस क्लबलाई १–० ले हराउँदै बुधबार आर्मी क्लब च्याम्पियन बन्दा सुमन सर्वोत्कृष्ट खेलाडी चुनिएका हुन् । उनले ट्रफीसहित २० हजार रुपैयाँ प्राप्त गरे ।

पुलिसका बुद्धबल तामाङ उच्च गोलकर्ता बनेको राइनो कपमा यति हिमालयन शेर्पा क्लब फेयर प्ले टोली घोषित भएको छ । नवलपुरको मध्यविन्दु रंगशालामा सुदिल राईले सातौं मिनेटमा गरेको गोलनै खेलको निर्णायक बनेको थियो ।

यता फाइनल खेल्दै गरेको पुलिसको अर्को टोली धरानमा जारी बुढासुब्बा गोल्डकपमा पनि सेमिफाइनल पुगेको छ । बुढासुब्बामा पुलिसले बिहीबार फाइनल प्रवेशका लागि लिग च्याम्पियन सानमिगल मछिन्द्र क्लबको सामना गर्नेछ ।

आर्मी भने झापाको झिलझिलेमा आइतबार सम्पन्न सताक्षी गोल्डकपको सेमिफाइनलमा मछिन्द्रसँग नै पराजित भएको थियो । फाइनलनमा रुस्लान थ्री स्टार क्लबलाई हराउँदै मछिन्द्रले सताक्षी गोल्डकप जितेको थियो । राइनो कपको विजेता आर्मीले १० लाख र दोस्रो पुलिसले ५ लाख रुपैयाँ प्राप्त गरेको छ ।

April 28, 2024

म्यानचेस्टर सिटी विजयी

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लगातार चौथो पटक उपाधि जित्ने लक्ष्यमा रहेको म्यानचेस्टर सिटीले आइतबार जित दर्ता गरेको छ । सिटी ग्राउण्डमा भएको खेलमा म्यानचेस्टर सिटीले नटिङ्घम फरेस्टलाई २–० ले पराजित गर्दै उपाधिको आशा कायमै राखेको हो । सिटीको जितमा डिफेन्डर जोस्को ग्भार्डियोल र दोस्रो हाफमा मैदान प्रवेश गरेका स्ट्राइकर एर्लिङ हालान्डले एक-एक गोल गरे […]

April 28, 2024

आशिषको ह्याट्रिकमा बिर्तामोड सेमिफाइनलमा

हिमाल खरेल, मेचीनगर झापाको बुद्धशान्तिमा जारी तेस्रो आदर्श च्यालेन्ज कपमा पाहुना टोली नर्थ बंगाल एफसी भारतलाई ३–१ ले हराउँदै बिर्तामोड युनाइटेड एफसी सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको जितमा आशिष चापागाईंले ह्याट्रिक पूरा गरे । पहिलो हाफको इन्ज्युरी समयमा गोल गर्दै बिर्तामोडले अग्रता लिएको थियो । मध्यभागबाट बिर्तामोडका डिफेन्डर देवेन्द्र तामाङले गरेको फ्रिकिकलाई हेडमार्फत अभिषेक […]

April 28, 2024

महावीर क्लब विजयी

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिगमा आईतवार महावीर क्लब विजयी भएको छ । सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको दिनको पहिलो खेलमा महावीर क्लबले स्पोर्ट्स एकेडेमी साँगा माथि १-० को जित दर्ता गरेको हो । महावीरका लागि सन्दिप श्रेष्ठले ६७औं मिनेटमा पेनाल्टी मार्फत गरेको गोल नै निर्णायक बन्यो । जित सँगै महावीर क्लब […]

Success

Thank you for your time.