default_image

4 years ago

February 26, 2020

बाँसबारीको पूनरागमन जित

काठमाडौं – हिमालयन बाँसबरी क्लबले राजधानीमा जारी सहिद स्मारक ‘बी’ डिभिजन लिगमा लगातार दोस्रो जित निकालेको छ । बाँसबारले ब्वाइज युनियन क्लबलाई ३–२ ले पराजित गर्दै लिगमा लगातार दोस्रो जित निकालेको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा बुधबार भएको खेलमा बाँसबारीले दुई गोलले पछि परेको स्थिति उल्ट्याएर जित हात पारेको हो । बाँसबारीको जितमा […]

20 views

0 Bookmark

काठमाडौं – हिमालयन बाँसबरी क्लबले राजधानीमा जारी सहिद स्मारक ‘बी’ डिभिजन लिगमा लगातार दोस्रो जित निकालेको छ । बाँसबारले ब्वाइज युनियन क्लबलाई ३–२ ले पराजित गर्दै लिगमा लगातार दोस्रो जित निकालेको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा बुधबार भएको खेलमा बाँसबारीले दुई गोलले पछि परेको स्थिति उल्ट्याएर जित हात पारेको हो ।

बाँसबारीको जितमा सुलेमान थापा, सुरेश कुमाल र सजिन थापामगरले गोल गरे । ब्वाइज युनियनका कप्तान टंक बहादुर स्याङ्तान र अरुण लिम्बुले गोल गरे । खेलको २३औं मिनेटमा टंकको गोलबाट ब्वाइज युनियले खेलमा अग्रता बनाएको थियो । ६०औं मिनेटमा अणको गोलबाट ब्वाइज युनियनले खेलमा २–० को अग्रता लिन सफल भयो ।

२–० ले पछि परेपछि आक्रमक खेल पस्केको बाँसबारीका सुलेमनको ७९औं मिनेटमा गोल गर्दै खेलमा फर्काउने संकेत दिए । इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा सुरेशले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए । इन्ज्युरी समयको थप गरिएको पाँचौ मिनेटमा सजिन थापामगरले गोल गर्दै बाँसबारीलाई ३–२ को रोमाञ्चक जित दिलाए ।

बुधबारकै अर्काे खेलमा श्री कुमारी क्लबले पुल्चोक स्पोर्ट्स क्लबमाथि ३–२ को जित निकालेको छ । श्री कुमारीको जितमा कप्तान रुकेश श्रेष्ठ र मिसन लामाले गोल गरे । एक गोल उपहार पाएको थियो । पुल्चोकको दुवै गोल सेरव तामाङले गरे । प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।

४७औं मिनेटमा पुल्चोकका याम बहादुर श्रेष्ठको आत्मघाती गोलबाट श्री कुमारीले ेलमा अग्रता बनाएको थियो । ६५औं मिनेटमा सेरवले बराबरी गोल फर्काए । ७९औं मिनेटमा रुकेशले गोल गर्दै श्री कुमारीलाई पुनः २–१ को अग्रता दिलाए । ८३औं मिनेटमा मसन लामाले गोल गर्दै श्री कुमारीलाई खेलमा ३–१ ले अघि बढाए ।

इन्ज्युरी समयको थप गरिएको चौथो मिनेटमा सेरवले व्यक्तिगत दोस्रो गोल गरेपनि हार टार्न नसक्दा पुल्चोक ३–२ ले पराजित हुन पुग्यो । लिगमा बिहीबार दुई खेल हुनेछ । पहिलो खेलमा श्री भगवती र मध्यपुर तथा दोस्रो खेलमा टुसाल र सातदोबाटोबीच प्रतिस्पर्धा हुनेछ ।

April 28, 2024

म्यानचेस्टर सिटी विजयी

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लगातार चौथो पटक उपाधि जित्ने लक्ष्यमा रहेको म्यानचेस्टर सिटीले आइतबार जित दर्ता गरेको छ । सिटी ग्राउण्डमा भएको खेलमा म्यानचेस्टर सिटीले नटिङ्घम फरेस्टलाई २–० ले पराजित गर्दै उपाधिको आशा कायमै राखेको हो । सिटीको जितमा डिफेन्डर जोस्को ग्भार्डियोल र दोस्रो हाफमा मैदान प्रवेश गरेका स्ट्राइकर एर्लिङ हालान्डले एक-एक गोल गरे […]

April 28, 2024

आशिषको ह्याट्रिकमा बिर्तामोड सेमिफाइनलमा

हिमाल खरेल, मेचीनगर झापाको बुद्धशान्तिमा जारी तेस्रो आदर्श च्यालेन्ज कपमा पाहुना टोली नर्थ बंगाल एफसी भारतलाई ३–१ ले हराउँदै बिर्तामोड युनाइटेड एफसी सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको जितमा आशिष चापागाईंले ह्याट्रिक पूरा गरे । पहिलो हाफको इन्ज्युरी समयमा गोल गर्दै बिर्तामोडले अग्रता लिएको थियो । मध्यभागबाट बिर्तामोडका डिफेन्डर देवेन्द्र तामाङले गरेको फ्रिकिकलाई हेडमार्फत अभिषेक […]

April 28, 2024

महावीर क्लब विजयी

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिगमा आईतवार महावीर क्लब विजयी भएको छ । सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको दिनको पहिलो खेलमा महावीर क्लबले स्पोर्ट्स एकेडेमी साँगा माथि १-० को जित दर्ता गरेको हो । महावीरका लागि सन्दिप श्रेष्ठले ६७औं मिनेटमा पेनाल्टी मार्फत गरेको गोल नै निर्णायक बन्यो । जित सँगै महावीर क्लब […]

Success

Thank you for your time.