default_image

4 years ago

February 27, 2020

बायर्नका लेवान्डोस्कीले ६ खेल गुमाउने

एजेन्सी – जर्मन क्लब बायर्न म्युनिख तथा पोल्यान्डका कप्तान स्टार फरवार्ड रोवर्ट लेवान्डोस्की चार सात मैदान बाहिर रहने भएको छ । युइएफए च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलको पहिलो लेगमा इंग्लिस क्लब चेल्सीविरुद्ध ३–० को जित निकालेको खेलमा लेवान्डोस्कीले चोट बोकेका थिए । उनले चेल्सीविरुद्ध पुरा समय खेल्दै १ गोल र दुई असिस्ट दिएका थिए । खेलपछिको मेडिकल […]

38 views

0 Bookmark

एजेन्सी – जर्मन क्लब बायर्न म्युनिख तथा पोल्यान्डका कप्तान स्टार फरवार्ड रोवर्ट लेवान्डोस्की चार सात मैदान बाहिर रहने भएको छ ।

युइएफए च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलको पहिलो लेगमा इंग्लिस क्लब चेल्सीविरुद्ध ३–० को जित निकालेको खेलमा लेवान्डोस्कीले चोट बोकेका थिए ।

उनले चेल्सीविरुद्ध पुरा समय खेल्दै १ गोल र दुई असिस्ट दिएका थिए । खेलपछिको मेडिकल रिपोर्टमा उनले बाया खुट्टाको घुडाको परिक्षण गर्दा उनले कम्तीमा पनि चार साता आराम गर्नुपर्ने क्लबका डक्टरले उल्लेख गरेका छन् ।

यससँगै लेवान्डोस्कीले च्याम्पियन्स लिगको चेल्सीविरुद्धको दोस्रो लेगसँगै ६ खेल गुमाउने छन् । दोस्रो लेग घरेलु मैदानमा १८ मार्चमा हुदैछ । ३१ वर्षीय लेवान्डोस्कीले बुन्डेस लिगामा होफेनआइन, अग्सवर्ग, युनियन बर्लिन र डिएफबी पोकलको क्वाटरफाइनलमा साल्केसँगको खेल गुमाउनेछन् ।

लेवान्डोस्कीको चोटसँगै बायर्नको अग्रपङ्तिमा समस्या हुन सक्नेछ । यो सिजन उच्च प्रदर्शन गरिरहेका लेवान्डोस्कीले ३३ खेलमा ३९ गोल गरिसकेका छन् ।

 

April 28, 2024

म्यानचेस्टर सिटी विजयी

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लगातार चौथो पटक उपाधि जित्ने लक्ष्यमा रहेको म्यानचेस्टर सिटीले आइतबार जित दर्ता गरेको छ । सिटी ग्राउण्डमा भएको खेलमा म्यानचेस्टर सिटीले नटिङ्घम फरेस्टलाई २–० ले पराजित गर्दै उपाधिको आशा कायमै राखेको हो । सिटीको जितमा डिफेन्डर जोस्को ग्भार्डियोल र दोस्रो हाफमा मैदान प्रवेश गरेका स्ट्राइकर एर्लिङ हालान्डले एक-एक गोल गरे […]

April 28, 2024

आशिषको ह्याट्रिकमा बिर्तामोड सेमिफाइनलमा

हिमाल खरेल, मेचीनगर झापाको बुद्धशान्तिमा जारी तेस्रो आदर्श च्यालेन्ज कपमा पाहुना टोली नर्थ बंगाल एफसी भारतलाई ३–१ ले हराउँदै बिर्तामोड युनाइटेड एफसी सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको जितमा आशिष चापागाईंले ह्याट्रिक पूरा गरे । पहिलो हाफको इन्ज्युरी समयमा गोल गर्दै बिर्तामोडले अग्रता लिएको थियो । मध्यभागबाट बिर्तामोडका डिफेन्डर देवेन्द्र तामाङले गरेको फ्रिकिकलाई हेडमार्फत अभिषेक […]

April 28, 2024

महावीर क्लब विजयी

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिगमा आईतवार महावीर क्लब विजयी भएको छ । सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको दिनको पहिलो खेलमा महावीर क्लबले स्पोर्ट्स एकेडेमी साँगा माथि १-० को जित दर्ता गरेको हो । महावीरका लागि सन्दिप श्रेष्ठले ६७औं मिनेटमा पेनाल्टी मार्फत गरेको गोल नै निर्णायक बन्यो । जित सँगै महावीर क्लब […]

Success

Thank you for your time.