default_image

4 years ago

February 28, 2020

आर्सनल नकआउट, साख्तर अघिल्लो चरणमा

एजेन्सी – अवे गोलमा पछि परेपछि इंग्लिस क्लब आर्सनल युइएफए युरोपा लिगको राउन्ड अफ ३२ बाटै बाहिरिएको छ । बिहीबार राति घरेलु मैदानमा ग्रीसको ओलम्पियाकोससँग २–१ ले पराजित भएसँगै आर्सनल राउन्ड अफ ३२ बाटै नकआउट हुन पुगेको हो ।  समग्रमा २–२ गोलको बराबरी भएपनि ओलम्पियाकोस अवे गोलको सहयोगमा अन्तिम १६ मा पुग्न सफल भएको हो […]

27 views

0 Bookmark

एजेन्सी – अवे गोलमा पछि परेपछि इंग्लिस क्लब आर्सनल युइएफए युरोपा लिगको राउन्ड अफ ३२ बाटै बाहिरिएको छ । बिहीबार राति घरेलु मैदानमा ग्रीसको ओलम्पियाकोससँग २–१ ले पराजित भएसँगै आर्सनल राउन्ड अफ ३२ बाटै नकआउट हुन पुगेको हो । 

समग्रमा २–२ गोलको बराबरी भएपनि ओलम्पियाकोस अवे गोलको सहयोगमा अन्तिम १६ मा पुग्न सफल भएको हो । पहिलो लेगमा आर्सनलले १–० को अवे जित निकालेको थियो । दोस्रो लेगमा ओलम्पियाकोसले २–१ को जित निकाल्दा महत्वपुर्ण दुई खवे गोल गर्न सफल भएको थियो ।

इमिरेट्स स्टेडियममा बिहीबार राति प्रतिस्पर्धात्मक बनेको पहिलो हापमा गोलरहित बराबरीमा टुगिंएको थियो । ५३औं मिनेटमा पपु एबोउ सिसेले गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाए ।

त्यसपछि दुवै टोलीले अवे गोल गरेका कारण खेल १–१ गोलको बराबरी हुदा अतिरिक्त समयमा धकेलिएको थियो । ११३औं मिनेटमा कप्तान पिएरे इम्रिक आवामियाङले गोल गर्दै आर्सनललाई २–१ को अवस्थमा ल्याएका थिए । इन्ज्युरी समयमा सम्हालिन नसक्दा आर्सनलले १२०औं मिनेटमा गोल खाएपछि आसर्ननलको राउन्ड अफ ३२ बाटै नकआउट हुन पुग्यो । ओलम्पियाकोसका युसेफ अल अरवीले महत्वपुर्ण अवे गोल गर्दै २–१ को जितसहित प्रि–क्वाटरफाइनलको यात्रामा उभ्याए ।

यस्तै युक्रेनी क्लब साख्तर डोनेस्कले पोर्चुगिज क्लब बेन्फिकालाई समग्रमा ५–४ ले पराजित गर्दै अन्तिम १६ को यात्रा तय गरेको छ । दोस्र लेगको खेल ३–३ गोलको बराबरीमा टुंगिएपनि साख्तरले पहिलो लेगमा लिएको २–१ को अग्रता अघिल्लो चरणमा पुग्न पर्याप्त बन्यो ।

बेन्फिकाको मैदानमा दोस्रो लेगमा घरेलु टोलीका पिजी, रुवेन डियस र राफा सिल्भाले गोल गरे । साख्तरका टारस स्टेपानेन्को र एलन प्याट्रिकले गोल गर्दा एक गोल उपहार पाएको थियो ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.