काठमाडौं (हाम्रो खेलकुद) – सच्चु गुरुङको ह्याट्रिक मद्दतमा नयाँ बस्ती युथ क्लबले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा फराकिलो जित निकाल्दा रानीपोखरी कर्नर टिम (आरसिटी) ले लज्जास्पद हार बेहोरेको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा शुक्रबार भएको खेलमा नयाँ बस्तीले झम्सीखेल युथ क्लबमाथि ५–१ को सानदार जित निकालेको छ । नयाँ बस्तीको फराकिलो जितमा सच्चु गुरुङले ह्याट्रिक पुरा गर्दा सागर राई र सुमन योङ्गाले समान १ गोल थपे । झम्सिखेलको मदन स्याङ्तानले एक गोल फर्काए ।
एकपक्षीय खेलमा नयाँबस्तीले पहिलो हाफमा नै ३–१ को अग्रता सलन सफल भएको थियो । खेलको १५औं मिनेटमा सागर राई गोलबाट नयाँ बस्तीले खेलमा अग्रता बनाएको थियो । २१औं मिनेटमा सच्चु गुरुङले गोल गरेपछि नयाँ बस्तीको अग्रता दोब्बर बनायो । ३९औं मिनेटमा सच्चु गुरुङले व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गर्दा नयाँ बस्तीले खेलमा ३–० को अग्रता लिन सफल भयो ।
४२औं मिनेटमा मदन स्याङ्तानले गोल गरेपछि पहिलो हाफमा ३–१ को अवस्थामा टुगिंएको थियो । ७८औं मिनेटमा सच्चु गुरुङले ह्याट्रिक पुरा गरे । ८१औं मिनेटमा सुमन योङ्गाले गोल गर्दै नयाँ बस्तीलाई ५–१ को सानदार जित दिलाए ।
यता, १० खेलाडीमा समेटिएको आरसिटी खुमलटार युथ क्लबसँग ३–० ले स्तब्ध बनेको छ । खुमलटारको जितमा सबिन केसीले दुई तथा महेश राईले एक गोल गरे ।
खेलको २८औं मिनेटमा महेशको गोलबाट खुमलटारले अग्रता बनाएको थियो । ३८औं मिनेटमा सबिनले गोल गर्दै खुमलटारको अग्रता दोब्बर पा¥यो । ३९औं मिनेटमा कप्तान अमर डंगोलले रातो कार्ड पाएपछि आरसिटी १० खेलाडीमा समेटिएपछि आरसिटीको खेलमा फर्कने सम्भावना सकिएको थियो ।
६२औं मिनेटमा सबिनले व्यक्तिगत दोस्रो गोल गर्दै खुमलटारलाई ३–० को सहज जित दिलाए । खुमलटार यो लगातार दोस्रो जित हो ।
यसअघि खुमलटारले मध्यपुर युथ एसोसियसनलाई १–० ले पराजित गरेको थियो ।
लगातार दोस्रो जितसँगै खुमलटारले २ खेलमा ६ अंक जोडेको छ । को छ । पहिलो खेलमा झम्सिखेलसँग १–१ गोलको बराबरीमा रोकिएको आरसिटीको २ खेलमा १ अंक जोडेको छ ।