default_image

4 years ago

March 1, 2020

आर्मी म्याइभ्याली गोल्डकपको सेमिफाइनलमा

दिपक बोहोरा,इलाम राइनोज गोल्डकपको उपाधि जितेको ए डिभिजन क्लब त्रिभुवन आर्मीले छैटौं माइभ्याली गोल्डकपको सेमिफाइनलमा पुगेको छ ।  अर्को ए डिभिजन क्लब संकटा आइतबार २– १ ले हराउँदै आर्मीले अन्तिम चारको यात्रा तय गरेको थियो । आर्मी जितमा दुवै गोल सुदिल राईले गरे । आर्मीले सेमिफाइनलमा माइभ्याली र मोहम्मडन कोलकोक्ताबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । संकटा […]

44 views

0 Bookmark

दिपक बोहोरा,इलाम

राइनोज गोल्डकपको उपाधि जितेको ए डिभिजन क्लब त्रिभुवन आर्मीले छैटौं माइभ्याली गोल्डकपको सेमिफाइनलमा पुगेको छ । 

अर्को ए डिभिजन क्लब संकटा आइतबार २– १ ले हराउँदै आर्मीले अन्तिम चारको यात्रा तय गरेको थियो । आर्मी जितमा दुवै गोल सुदिल राईले गरे । आर्मीले सेमिफाइनलमा माइभ्याली र मोहम्मडन कोलकोक्ताबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

संकटा र आर्मीले यस अघि ए डिभिजन लिगको छैटौं राउन्डमा १–१ गोलको बराबरी खेलेका थिए । इलामको ठूलो टुँडिखेलमा सोमबार आर्मी र संकटाबीचको खेल प्रतिस्पर्धात्मक बनेको थियो । सातौं मिनेटमा सुदिलको गोलबाट आर्मीले अग्रता लिएको थियो ।

४० औं मिनेटमा ड्याडी बेम्बेले बराबरी गोल गरेका थिए । ७२ औं मिनेटमा सुदिलले गोल गर्दै टोलीलाई जित दिलाएका थिए । संकटाका गोल रक्षक विनय श्रेष्ठ पोष्ट भन्दा केहि अगाडि बढेको मौका उनले गोल गरेका थिए ।

खेल अवधि भर निकै दबाब सृजना गरे पनि संकटाले हार टार्न सकेन । म्यान अफ दी म्याच बनेका सुदिलले १० हजार रुपैयाँ प्राप्त गरे । अवसर गुमाउँदा हुनु परेको संकटाका प्रशिक्षक राजुमान तुलाधरले बताए ।

योजना अनुसारको प्रदर्शनले सफलता मिलेको आर्मीका प्रशिक्षक नवीन न्यौपानेले बताए । लिग च्याम्पियन मछिन्द्रसहित ए डिभिजनका ३ क्लब त्रिभुवन आर्मी क्लब, संकटाको सहभागिता रहेको प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ ।

फागुन २४ गते सम्म चल्ने गोल्डकपको विजेताले ८ लाख र दोस्रो हुने टोलीले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ ।

माइभ्यालि गोल्डकपमा सोमबार हुने खेल
मछिन्द्र र गोर्खा ब्वाईज रुपन्देही

April 28, 2024

आयोजक आदर्श च्यालेन्ज कपको सेमिफाइनलमा

हिमाल खरेल, झापाझापाको बुद्वशान्तिमा सुरु भएको तेस्रो आदर्श च्यालेन्ज कप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा विजयी हुँदै आयोजक आदर्श युवा क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । ध्रुवतारा स्पोर्टिङ क्लबलाई २-१ले हराउँदै आयोजक अन्तिम चारमा पुगेको हो । आयोजकका लागि खेलको १७ औं मिनेटमा कप्तान पुजन थापाले पहिलो गोल गरे । रोमन भुजेलले दिएको क्रसमा पेनाल्टी बक्समा […]

April 28, 2024

अल नासरको जित

एजेन्सी – साउदी प्रो लिग अन्तर्गत गएराती सम्पन्न खेलमा अल नासर विजयी भएको छ । अल नासरले अल खालिज माथि १-० को जित निकालेको हो । अल नासरको जितमा डिफेन्डर आईमेरीक लापोर्टले खेलको एकमात्र गोल गरे । ६८औं मिनेटमा मार्सेलो ब्रोजोभिचको क्रसमा उनले हेडर मार्फत गोल गर्दै खेलमा आफ्नो टोलीलाई जित दिलाए । जित पछि […]

April 28, 2024

मियामीको जितमा मेस्सीको २ गोल

एजेन्सी – कप्तान लियोनल मेस्सीको प्रभावशाली प्रदर्शनमा इन्टर मियामीले अमेरिकन मेजर लिग सकर एमएलएस) आइतबार सहज जित निकालेको छ। मेस्सीले २ गोल गरेपछि मियामीले घरेलु टोली न्यु इङ्ल्यान्ड रिभोलुसनलाई ४-१ ले हराएको हो। पहिलो मिनेटमै कार्लोस गिलको पासमा थोमस चान्कालेले गोल गर्दे न्यु इङ्ल्यान्डलाई सुरुआती अग्रता दिलाए। ३२औं मिनेटमा मेस्सीले गोल गरेपछि पहिलो हाफमा १-१ […]

Success

Thank you for your time.