default_image

4 years ago

March 1, 2020

म्यानचेस्टर रोकियो, टोटेनहमको हार

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड हारबाट जोगिदा टोटेनहम हस्टपरले पराजय भोगेको छ । म्यानचेस्टर युनाइटेड एभर्टनसँग १–१ गोलको बराबरीमा रोकिदा टोटेनहमले वल्भ्ससँग ३–२ को हार बेहोरेको हो ।  गुडिसन पार्क लिभरपुलमा आइतबार राति भएको खेलमा एभर्टनका डोमिनिक कलभर्ट लेविनले गोल गर्दा युनाइटेडका ब्रुनो फर्नान्डेजले बराबरी गोल फर्काए । खेलको तेस्रो मिनेटमा नै युनाइटेडका […]

25 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड हारबाट जोगिदा टोटेनहम हस्टपरले पराजय भोगेको छ । म्यानचेस्टर युनाइटेड एभर्टनसँग १–१ गोलको बराबरीमा रोकिदा टोटेनहमले वल्भ्ससँग ३–२ को हार बेहोरेको हो । 

गुडिसन पार्क लिभरपुलमा आइतबार राति भएको खेलमा एभर्टनका डोमिनिक कलभर्ट लेविनले गोल गर्दा युनाइटेडका ब्रुनो फर्नान्डेजले बराबरी गोल फर्काए ।

खेलको तेस्रो मिनेटमा नै युनाइटेडका गोलरक्षक डेभिड हे गेयाको गम्भीर गल्तीमा घरेलु टोलीले खेलमा अग्रता बनाएको थियो । ह्यारी मिगुएरको ब्याक पासलाई गोलरक्षक गेयाले लामो प्रहार गर्न ढिला गर्दा कलभर्टले ब्लक गर्दै नियन्त्रणमा लिदै खाली पोस्टमा गोल गरेका थिए ।

३१औं मिनेटमा ब्रुनो फर्नान्डेजले बराबरी गोल फर्काए । नेमान्जा माटिकको क्रस पासमा गोल गर्न सफल भएका थिए । घरेलु टोलीविरुद्ध बल पोजेसन राखेपनि युनाइटेडले गोल गर्न अवसर बनाउन सकेको थिएन ।

९०औं मिनेटमा ब्रुनो फर्नान्डेजको प्रहारलाई एभर्टन तथा इंग्ल्यान्डका पहिलो रोजाईका गोलरक्षक जोर्डन पिकफोर्डले बचाउदै सम्भावित हार टारेका थिए । इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा कलभर्टले गोल गरेपनि भिएआरबाट मान्यता नपाउदा जितबाट वञ्चित बन्यो । उनी अफसाइड ठहरिए ।

बराबरीसँगै म्यानचेस्टर युनाइटेड २८ खेलबाट ४२ अंक जोडेर पाँचौ स्थानमा यथावत छ । एभर्टन ३७ अंक जोडेर ११औं स्थानमा रहेको छ ।

प्रिमियर लिगकै अर्काे खेलमा घरेलु मैदानमै टोटेनहम वल्भ्ससँग ३–२ ले पराजित भएको छ । टोटेनहमले खेलमा दुईपटक अग्रता लिएर पनि पराजित हुन पुगेको हो । टोटेनहमका स्टेभेन वर्गविजिन र सर्जी औरिएरले गोल गरे । वल्भ्सका माट दोहर्थी, डिएगो जोटा र राहुल जिमिनेजले गोल गरे ।

१३औं मिनेटमा स्टेभेनको गोलबाट टोटेनहमले खेलमा अग्रता बनाएको थियो । २७औं मिनेटमा माट दोहर्थीले बराबरी गोल फर्काए । पहिलो हाफको इन्ज्युरी समयमा सर्जी औरिएरले गोल गरेपछि टोटेनहमले खेलमा २–१ को अग्रता बनायो ।

५७औं मिनेटमा डिएगो जोटाले बराबरी गोल फर्काए । ७३औं मिनेटमा राहुल जिमिनेजले गोल गर्दै टोटेनहमलाई उसकै मैदानमा ३–२ को हार चखाए ।  जितसँगै वल्भ्स २८ खेलबाट ४२ अंक जोडेर छैटौ स्थानमा उक्लादा ४० अंक जोडेको टोटेनहम सातौ स्थानमा झरेको छ ।

April 28, 2024

महिला लिग छनोटमा कर्णालीको तेस्रो जित

काठमाडौं (हाम्रो खेलकुद)– कर्णाली प्रदेशले महिला लिग छनोटमा तेस्रो जित हासिल गरेको छ । घरेलु मैदानमा कर्णालीले लुम्बिनी प्रदेशलाई ४–१ ले हराएको हो । सुर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलमा घरेलु टोलीलाई जित दिलाउन सुनकला राईले २, वर्षा ओली र सन्जिता बम्जोङले समान १ गोल गरे । लुम्बिनकी कप्तान ममता पुनले गोल फर्काइन् । १८ […]

April 28, 2024

आयोजक आदर्श च्यालेन्ज कपको सेमिफाइनलमा

हिमाल खरेल, झापाझापाको बुद्वशान्तिमा सुरु भएको तेस्रो आदर्श च्यालेन्ज कप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा विजयी हुँदै आयोजक आदर्श युवा क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । ध्रुवतारा स्पोर्टिङ क्लबलाई २-१ले हराउँदै आयोजक अन्तिम चारमा पुगेको हो । आयोजकका लागि खेलको १७ औं मिनेटमा कप्तान पुजन थापाले पहिलो गोल गरे । रोमन भुजेलले दिएको क्रसमा पेनाल्टी बक्समा […]

April 28, 2024

अल नासरको जित

एजेन्सी – साउदी प्रो लिग अन्तर्गत गएराती सम्पन्न खेलमा अल नासर विजयी भएको छ । अल नासरले अल खालिज माथि १-० को जित निकालेको हो । अल नासरको जितमा डिफेन्डर आईमेरीक लापोर्टले खेलको एकमात्र गोल गरे । ६८औं मिनेटमा मार्सेलो ब्रोजोभिचको क्रसमा उनले हेडर मार्फत गोल गर्दै खेलमा आफ्नो टोलीलाई जित दिलाए । जित पछि […]

Success

Thank you for your time.