default_image

4 years ago

March 4, 2020

रोनाल्डोबिना ‘गायब’ मेस्सी

28 views

0 Bookmark

एजेन्सी – स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले स्पेनिस क्लब रियल म्याड्रिड छाडेपछि बार्सिलोनाका कप्तान लिओनेल मेस्सीको एल क्लासिको प्रदर्शन नाटकीय ढंगले कमजोर भएको छ ।

रोनाल्डोले स्पेन छाडेयता रियल र बार्सिलोनाबीच ५ खेल भएको छ । मेस्सीले ति सबै खेलमा न त कुनै गोल गरेका छन् न कुनै असिस्ट नै दिएका छन् । आइतबार मात्र लिगको दोस्रो एल क्लासिकोमा रियल २-० ले विजयी रहँदा मेस्सीको प्रदर्शन अपेक्षित रहेन । उक्त हारले बार्सिलोना अंक तालिकाको शीर्षस्थान रियललाई सुम्पंदै एक अंक पछाडी दोस्रो स्थानमा पुग्यो ।

मेस्सीले रोनाल्डो म्याड्रिडबाट खेल्दा एल क्लासिकोका ३३ खेलमा २१ गोल गरेका थिए । तुलनात्मक रुपमा मेस्सीको प्रदर्शन रोनाल्डोको प्रस्थानसँगै घट्दै गएको छ । मेस्सीले अझ रोनाल्डो हुँदाका पछिल्लो केहि वर्ष उत्कृष्ट प्रदर्शन गर्दै आएका थिए । उनले सन् २०१६-१७ सिजनमा खेलको ९२ औं मिनेटमा गोल गर्दै रियलको मैदानमा नै ३-२ को जित दिलाएका थिए ।

सन् २०१७ को स्पेनिस सुपर कपमा मेस्सीले पहिलो लेगमा गोल गरेपनि रियल ३-१ ले विजयी रहयो । तर दोस्रो लेगमा रोनाल्डो निलम्बनमा पर्दा मेस्सीले गोल गर्न भने सकेनन् । त्यसपछि सन् २०१७-१८ सिजनमा मेस्सीले दुवै खेलमा गोल गरेका थिए । बर्नाबाउमा बार्सिलोना ३-० ले विजयी रहँदा क्याम्प नोउमा भने खेल २-२ को बराबरीमा सकियो ।

गत सिजन मेस्सीले लिगको पहिलो क्लासिको चोटका कारण खेल्न सकेनन् । त्यसपछि कोपा डेल रे सेमिफाइनलको दुवै लेगमा उनले गोल गर्न सकेनन् । ला लिगाको दोस्रो क्लासिकोमा पनि राकीटिचको गोल मात्र जितका लागि पर्याप्त रहयो ।

यस सिजन मेस्सीले लिगका दुवै क्लासिकोमा कोर्टुवालाई बिट गर्न सकेनन् । अझैपनि यस सिजन यी दुई टोलीको च्याम्पियन्स लिगमा भिडन्त हुने सम्भावना छ । त्यसबेला मेस्सीले रियलविरुद्ध गोल गर्ने अवसर भने प्राप्त गर्नेछन् ।

May 9, 2024

उत्कृष्ट पुनरामगन गर्दै रियल च्याम्पियन्स लिगको फाइनलमा

एजेन्सी – खेलको अन्तिम समयमा उत्कृष्ट पुनरागमन गर्दै रियल म्याड्रिड युरोपेली च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । बायर्न म्युनिखविरुद्ध घरेलु मैदानमा भएको सेमिफाइनलको दोस्रो लेगमा बुधबार २-१ र समग्रमा ४-३ को जित निकाल्दै रियल फाइनलमा पुगेको हो । एक गोलले पछि परेको अवस्थामा ८१औं मिनेटमा मैदान प्रवेश गरेका जोसेलुले केही मिनेटको अन्तरालमा २ गोल […]

May 8, 2024

आरसी ३२ शीर्ष स्थानमा

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजनको सातौं चरणको पहिलो खेलमा जित दर्ता गर्दै आरसी ३२ फुटबल एकेडेमी तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । बुधवार एन्फा कम्प्लेक्समा भएको खेलमा आरसी ३२ ले स्पोर्ट्स एकेडेमी साँगालाई २-० ले पराजित गरेको हो । आरसी ३२ को जितमा सुजन बलम्पाकी मगर र सञ्जय सुब्बाले समान १-१ गोल […]

May 8, 2024

रियल म्याड्रिड र बायर्न म्युनिख फाइनल प्रवेशका लागि भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको फाइनल प्रवेशका लागि स्पेनिश टोली रियल म्याड्रिड र जर्मन टोली बायर्न म्युनिख आज भिड्दै छन् । रियलको घरेलु मैदान सान्टियागो बर्नाबेउमा हुने दोस्रो लेग आज राती १२:४५ बजे सुरु हुनेछ । बायर्नको घरेलु मैदानमा भएको पहिलो लेग २-२ को बराबरीमा सकिएको थियो । बायर्नले खेलमा रहेको अग्रता अन्तिम तिर गुमाउन […]

Success

Thank you for your time.