default_image

4 years ago

March 4, 2020

लिभरपुललाई हराउदै चेल्सी एफए कपको क्वाटरफाइनलमा

42 views

0 Bookmark

एजेन्सी – प्रिमियर लिग प्रतिद्धन्द्धी लिभरपुललाई पराजित गर्दै लन्डन क्लब चेल्सी एफए कपको क्वाटरफाइन्लमा प्रवेश गरेको छ । चेल्सीले घरेलु मैदानमा मंगलबार राति भएको खेलमा लिभरपुलाई २–० ले पराजित गर्दै अन्तिम आठको यात्रा तय गरेको हो । 

चेल्सीको जितमा विलियन र रोज बार्कलीले गोल गरे । लिभरपुलको यो लगातार दोस्रो हार हो । यसअघि लिभरपुल प्रिमियर लिगमा वाटफोर्डसँग ३–० ले पराजित भएको थियो ।

स्टामफोर्ड ब्रिजमा खेलको १३औं मिनेटमा विलियनले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । विलियनले पेनाल्टी बक्स बाहिरबाट गरेको सशक्त प्रहार सिधै गोलमा परिणत भएके थियो । त्यसअघि १२औं मिनेटमा विलियनको प्रहारलाई लिभरपुलका गोलरक्षक एड्रियनलले उत्कृष्ट बचाउ गरेका थिए । १०औं मिनेटमा लिभरपुललले पेनाल्टी अपिल गरेपनि रेफ्रीले खेललाई निरन्तरता दिए ।

२२औं मिनेटमा चेल्सीका गोलरक्षक किपा एरिजाबालागाले तेहोरो बचाउ गर्दै सम्भावित बराबरी टारे । साडियो मानेको पहिलो प्रहार बचाएका किपाले त्यसपछि रिवाउन्डमा डिभोक ओरिगी र कर्टिस जोनको प्रहारलाई बचाए । ३२औं मिनेटमा चेल्सीका गोलरक्षक किपाले मानेको अर्काे प्रहारलाई उत्कृष्ट बचाउ गरे । ३९औं मिनेटमा ओगिरी चुक्दा लिभरपुल बराबरीबाट चुक्यो ।

६३औं मिनेटमा मासन माउन्टको फ्रिकिक क्रसबारमा लागेर बाहिरिदा चेल्सीले अग्रता दोब्बर पार्ने अवसर खेर फाल्यो । लगत्तै चेल्सीले अग्रता दोब्बर पार्न सफल भयो । रोज बार्कलीले एक प्रयासमा गोल गर्दै चेल्सीलाई खेलमा २–० ले अघि बढाए ।

६७औं मिनेटमा पेड्रोले वान भर्सेस वानमा गोल गर्न सकेन । उनको प्रहारलाई लिभरपुलका गोलरक्षक एड्रियनले बचाए । ७५औं मिनेटमा ओलिभर जिरुरुडको प्रहार क्रस बारमा लागेर बाहिरिदा चेल्सीले खेलमा अग्रता बढाउनेअवसर गुमायो । त्यसपछि थप गोल निस्कन नसक्दा चेल्सी २–० ले विजयी हुदै क्वाटरफाइनलमा पुग्न सफल भयो ।

अर्काे खेलमा सेफिल्ड युनाइटेडले रिडिङलाई अतिरिक्त समयमा २–१ ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाएको छ । सेफिल्डका डेभिड म्याकगोल्डरिक र बिल्ली सार्पले गोल गरे । रिडिङका जर्ज पुस्कासले गोल गरे । निर्धारित समयको १–१ गोलको बराबरीमा सकिएको थियो । अतिरिक्त समयमा सार्पले गोल गर्दै सेफिल्डलाई जित दिलाए ।

अर्काे खेलमा न्यु क्यासलले वेस्ट ब्रोमलाई ३–२ ले पराजित गर्दै क्वाटरफाइन्लमा स्थान बनाएको छ । न्यु क्यासलको जितमा मिगुल अल्मिरोनले दुई तथा भ्यालेन्टिनो लजारोले गोल गरे । वेस्टब्रोमका म्याथ्यु फिलिप्स र केन्नेथ जोहोरीले गोल गरेपनि हार टार्न सकेन ।

May 9, 2024

उत्कृष्ट पुनरामगन गर्दै रियल च्याम्पियन्स लिगको फाइनलमा

एजेन्सी – खेलको अन्तिम समयमा उत्कृष्ट पुनरागमन गर्दै रियल म्याड्रिड युरोपेली च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । बायर्न म्युनिखविरुद्ध घरेलु मैदानमा भएको सेमिफाइनलको दोस्रो लेगमा बुधबार २-१ र समग्रमा ४-३ को जित निकाल्दै रियल फाइनलमा पुगेको हो । एक गोलले पछि परेको अवस्थामा ८१औं मिनेटमा मैदान प्रवेश गरेका जोसेलुले केही मिनेटको अन्तरालमा २ गोल […]

May 8, 2024

आरसी ३२ शीर्ष स्थानमा

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजनको सातौं चरणको पहिलो खेलमा जित दर्ता गर्दै आरसी ३२ फुटबल एकेडेमी तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । बुधवार एन्फा कम्प्लेक्समा भएको खेलमा आरसी ३२ ले स्पोर्ट्स एकेडेमी साँगालाई २-० ले पराजित गरेको हो । आरसी ३२ को जितमा सुजन बलम्पाकी मगर र सञ्जय सुब्बाले समान १-१ गोल […]

May 8, 2024

रियल म्याड्रिड र बायर्न म्युनिख फाइनल प्रवेशका लागि भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको फाइनल प्रवेशका लागि स्पेनिश टोली रियल म्याड्रिड र जर्मन टोली बायर्न म्युनिख आज भिड्दै छन् । रियलको घरेलु मैदान सान्टियागो बर्नाबेउमा हुने दोस्रो लेग आज राती १२:४५ बजे सुरु हुनेछ । बायर्नको घरेलु मैदानमा भएको पहिलो लेग २-२ को बराबरीमा सकिएको थियो । बायर्नले खेलमा रहेको अग्रता अन्तिम तिर गुमाउन […]

Success

Thank you for your time.