default_image

4 years ago

March 6, 2020

खुमलटार ‘बी’ डिभिजन लिगको शीर्षस्थानमा

काठमाडौं (हाम्रो खेलकुद) – खुमलटार युथ क्लब सहिद स्मारक ‘बी’ डिभिजन  लिगको शीर्षस्थानमा उक्लिएको छ । लिगको तेस्रो चरणको खेल सकिदा अपराजित रहेको खुमलटारले शतप्रतिशत जित निकाल्दै शीर्षस्थानमा उक्लन सफल भएको हो । समान खेलबाटै सातदोबाटो युथ क्लबको ९ अंक नै रहेपनि खुमलटार गोल अन्तरमा अघि बढेको हो । खुमलटारले लिगमा ६ गोल गर्दा १ […]

67 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – खुमलटार युथ क्लब सहिद स्मारक ‘बी’ डिभिजन  लिगको शीर्षस्थानमा उक्लिएको छ । लिगको तेस्रो चरणको खेल सकिदा अपराजित रहेको खुमलटारले शतप्रतिशत जित निकाल्दै शीर्षस्थानमा उक्लन सफल भएको हो ।

समान खेलबाटै सातदोबाटो युथ क्लबको ९ अंक नै रहेपनि खुमलटार गोल अन्तरमा अघि बढेको हो । खुमलटारले लिगमा ६ गोल गर्दा १ गोल मात्रै खाएको छ । सातदोबाटोले ४ गोल गर्दै कुनै गोल खाएको छैन । अपराजित नै रहेको बाँसबारीको ३ खेलबाट ८ अंक रहेको छ । अघिल्लो वर्ष रेलिगेसन जोनमा रहेका कारण बाँसबारीको १ अंक घटाइएको हो ।

तेस्रो चरणको खेल सकिदा पुल्चोक स्पोर्टस् क्लब र मध्यपुर युथ एसोसिएसनले अंक जोड्न सकेका छैनन् । लिगमा बढी अंक जोड्ने एक टोली शीर्ष डिभिजनमा बढुवा हुनेछ । एक टोली घटुवा हुनेछ ।

शुक्रबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा भएको खेलमा खुमलटारले नयाँ बस्ती युवा क्लबमाथि २–१ को जित निकाल्न सफल भएको छ । खुमलटारको जितमा आदिल हामिद र सविन केसीले गोल गरे । नयाँ बस्तीका गणेश हमालले सान्त्वना गोल फर्काए ।

खेलको ३१औं मिनेटमा आदिल हामिदले गोल गर्दै खुमलटारलाई अग्रता दिलाए । ५०औं मिनेटमा खुमलटारका सविन केसीले विवादास्पद पेनाल्टीमा गोल गर्दै अग्रता दोब्बर पारे । पेनाल्टी बक्समा लडाएको भन्दै रेफ्रीले खुमलटारलाई पेनाल्टीको मौका दिएको थियो । त्यसमा सविनले गोल गर्न सफल भएका थिए ।

त्यसपछि नयाँ बस्तीले पेनाल्टी नरहेको भन्दै अवरोध गर्दा खेल झन्डै ५ मिनेट अवरुद्ध भएको थियो । ७५औं मिनेटमा खुमलटार १० खेलाडीमा समेटिएको थियो । इन्ज्युरी समयमा नयाँ बस्तीका गणेश हमालले गोल गरेपनि नयाँ बस्तीले हार टार्न सकेन ।

May 2, 2024

पाँचथर गोल्ड कपको हिसाब सार्वजनिक

दिपक बोहरा, पाँचथर दुई महिना अघि फिदिममा भएको चौथो पाँचथर गोल्ड कप प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । फिदिममा फागुन १२ गतेबाट १९ गते सम्म चलेको प्रतियोगितामा‌ ४६ लाख ६४ हजार ६ सय ६० रुपैयाँ आम्दानी भएको‌ थियो। त्यसमा ७ लाख […]

May 2, 2024

पिएसजी विरुद्ध डर्टमुण्डको अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता लिएको छ । घरेलु मैदानमा बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० हराएको छ । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरे । डिफेन्स लाइनबाट निको श्लोटरबेकले दिएको उत्कृष्ट पासमा अफसाइड ट्र्याप […]

May 1, 2024

च्याम्पियन्स लिग सेमिफाइनलमा डर्टमुण्ड र पिएसजी भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राती बोरुसिया डर्टमुण्ड र पेरिस सेन्ट जर्मान (पिएसजी) भिड्दै छन् । राती १२:४५ बजे सुरु हुने खेल डर्टमुण्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा सुरु हुनेछ । यी दुवै टोली यसै सिजन च्याम्पियन्स लिगको एकै समूहमा रहेका थिए । समूह चरणको दुई खेल मध्य एक […]

Success

Thank you for your time.