default_image

4 years ago

March 6, 2020

फुटबलका सबै गतिविधि रोक्ने एन्फाको निर्णय !

काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) ले उप मेयर राष्ट्रिय महिला लिगको खेल तालिका सार्वजनिक गरेको भोली पल्ट शुक्रबार फुटबलका सबै गतिविधि रोक्ने सुचना जारी गरेको छ । कोरोना भाइरस संक्रमण असर विश्व व्यापी रुपमा फैलदै गएपछि नेपालमा पनि सावधानीका लागि विभिन्न कार्यक्रम स्थगित हुन थालेका छन् । एन्फाले शुक्रबार विज्ञप्ती जारी गर्दै […]

32 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) ले उप मेयर राष्ट्रिय महिला लिगको खेल तालिका सार्वजनिक गरेको भोली पल्ट शुक्रबार फुटबलका सबै गतिविधि रोक्ने सुचना जारी गरेको छ ।

कोरोना भाइरस संक्रमण असर विश्व व्यापी रुपमा फैलदै गएपछि नेपालमा पनि सावधानीका लागि विभिन्न कार्यक्रम स्थगित हुन थालेका छन् । एन्फाले शुक्रबार विज्ञप्ती जारी गर्दै चैत ३ गते धरानमा सुरु हुने भनिएको महिला लिग, राष्ट्रिय टोलीको तयारी र सबै कार्यक्रम रोक्ने निर्णय गरेको छ ।

विभिन्न जिल्ला संघले आयोजना गर्ने गोल्डकप लगायतका प्रतियोगिता पनि अनिश्चित कालका लागि स्थगित भएका छन् ।
अर्को महिना स्वदेशमा हुने विश्व कप छनोटअन्तर्गत चाइनिज ताइपे र अष्ट्रेलियासँगको खेलका लागि सुरु भएको राष्ट्रिय फुटबल टोली तयारी पनि स्थगित भएको छ ।

चाइनिज ताइपेविरुद्ध चैत १३ गते र अष्ट्रेलियाविरुद्ध चैत १८ गते दशरथ रंगशालामा खेल हुने तय थियो । यसबीचमा अष्ट्रेलिया कोरोनाको कारण देखाउँदै छनोट खेल स्थगित गर्नका लागि एसियाली फुटबल महासंघ (एएफसी) लाई पत्रचार समेत गेको थियो ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले बिहीबार मात्रै सुचना जारी गर्दै सुरु भइसकेका प्रतियोगियताबाहेक सबै प्रतियोगिता र गतिविधि रोक्न भनेको थियो । एन्फाले हरेक साता शनिबार सञ्चालन गर्दै आएको फुटबल प्रशिक्षण कार्यक्रममा पनि अनिश्चित कालका लागि स्थगित गरेको छ ।

April 23, 2024

बेलिङहमले जिते ब्रेकथ्रु अवार्ड

एजेन्सी – इङ्ल्यान्ड तथा स्पेनिस क्लब रियल म्याड्रिडका युवा मिडफिल्डर जुड बेलिङहमले अवार्ड जितेका छन् । बेलिङहमले सन् २०२४ को लौरेस वल्ड स्पोर्ट्स ब्रेकथ्रु अफ द इयर अवार्ड जितेका हुन् । गत समरमा जर्मन क्लब बोरुसिया डर्टमुन्डबाट ८९ मिलियन पाउण्डमा रियल आएका २० वर्षीय बेलिङहम क्लबका लागि महत्वपूर्ण खेलाडी बनेका छन् । उनले आइतबार एल […]

April 23, 2024

इन्टर मिलान सिरी ‘ए’ च्याम्पियन

एजेन्सी – मिलान डर्वीमा शहरी प्रतिद्धन्द्धी एसी मिलानलाई पराजित गर्दै इन्टर मिलान यस सिजन २०२३–२४ को इटालियन सिरी ‘ए’ को च्याम्पियन बनेको छ । मिलानोमा सोमबार राति भएको खेलमा इन्टरले एसी मिलानलाई २–१ ले पराजित गर्दै २०औं पटक सिरी ‘ए’ को च्याम्पियन बन्न सफल भएको हो । इन्टर यो सिजन पाँच खेल अगावै च्याम्पियन बनेको […]

April 22, 2024

कोशी प्रहरी मिल्स गोल्डकपको सेमिफाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगर चौंथो मिल्स गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । विराटनगरको जुटमिलको खेलमैदानमा सोमबार भएको अन्तिम क्वाटरफाइनल खेलमा साविक विजेता गोलबजार स्पोर्टिङ क्लब सिराहलाई पेनाल्टी सुटआउट ४–३ ले हराउँदै प्रहरी सेमिफाइनलमा पुगेको हो । प्रहरीले अब फाइनल प्रवेशको लागि बिहीबार घरेलु टोली पेमा युवा क्लब […]

Success

Thank you for your time.