default_image

4 years ago

March 7, 2020

पीएसजी र स्ट्रार्सवर्गको खेल स्थगित

एजेन्सी – विश्वव्यापी रुपमा फैलिएको (कोभिड–१९) कोरोना भाइरसको सन्त्रासका कारण फ्रान्समा पहिलोपटक फुटबलका खेल स्थगित भएको छ ।  शनिबार रातिको लागि तय भएको लिग लिडर पेरिस सेन्ट जर्मेन (पीएसजी) र स्ट्रार्सवर्गबीचको खेल स्थगित भएको फ्रेन्च लिग प्रोफेसनल (एलएफपी) ले जनाएको छ । विश्वमा पछिल्लोपटक कोरोना त्रासकै कारण खेलहरु धमाधम स्थगति गरिन थालेको छ । खेल […]

21 views

0 Bookmark

एजेन्सी – विश्वव्यापी रुपमा फैलिएको (कोभिड–१९) कोरोना भाइरसको सन्त्रासका कारण फ्रान्समा पहिलोपटक फुटबलका खेल स्थगित भएको छ । 

शनिबार रातिको लागि तय भएको लिग लिडर पेरिस सेन्ट जर्मेन (पीएसजी) र स्ट्रार्सवर्गबीचको खेल स्थगित भएको फ्रेन्च लिग प्रोफेसनल (एलएफपी) ले जनाएको छ । विश्वमा पछिल्लोपटक कोरोना त्रासकै कारण खेलहरु धमाधम स्थगति गरिन थालेको छ ।

खेल स्टार्सवर्गको मैदानमा हुने तालिका थियो ।‘ हामीलाई खेल स्थगित गर्न भनिएको छ । किनकि २५ प्रतिशत प्रशंसहरु हौत रिनबाट आएका छन् । जहाँ क्लस्टर छ ।’ एलएफपीका महानिर्देशकक डिडियर क्विल्टले भने, ‘सम्भवत फ्रान्समा फुटबलको खेल स्थगित भएको हो यो पहिलो पटक हो । अवस्था सामान्य भएपछि नयाँ मिति तोकिनेछ ।’

फ्रान्समा अप्रिल ५ मा पेरिस म्याराथन, अक्टोवर १८ मा आयोजना हुने भनिएको साइक्लिङका खेलहरुपनि अनिश्चित कालका लागि स्थगित भइसकेका छन् । फ्रान्समा कोरोना भाइरसबाट स्ट्रासवर्गको अल्सेस क्षेत्र सबैभन्दा बढी प्रभावित क्षेत्र हो । जहाँ ६१३ मा संक्रमण भेटिदा ९ जनाको मृत्यु भइसकेको छ ।

लिग वानमा पीएसजी ६८ अंक जोडेर शीर्षस्थानमा रहेको छ । स्टार्सवर्ग ३८ अंक जोडेर १०औ स्थानमा छ ।

May 2, 2024

पाँचथर गोल्ड कपको हिसाब सार्वजनिक

दिपक बोहरा, पाँचथर दुई महिना अघि फिदिममा भएको चौथो पाँचथर गोल्ड कप प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । फिदिममा फागुन १२ गतेबाट १९ गते सम्म चलेको प्रतियोगितामा‌ ४६ लाख ६४ हजार ६ सय ६० रुपैयाँ आम्दानी भएको‌ थियो। त्यसमा ७ लाख […]

May 2, 2024

पिएसजी विरुद्ध डर्टमुण्डको अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता लिएको छ । घरेलु मैदानमा बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० हराएको छ । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरे । डिफेन्स लाइनबाट निको श्लोटरबेकले दिएको उत्कृष्ट पासमा अफसाइड ट्र्याप […]

May 1, 2024

च्याम्पियन्स लिग सेमिफाइनलमा डर्टमुण्ड र पिएसजी भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राती बोरुसिया डर्टमुण्ड र पेरिस सेन्ट जर्मान (पिएसजी) भिड्दै छन् । राती १२:४५ बजे सुरु हुने खेल डर्टमुण्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा सुरु हुनेछ । यी दुवै टोली यसै सिजन च्याम्पियन्स लिगको एकै समूहमा रहेका थिए । समूह चरणको दुई खेल मध्य एक […]

Success

Thank you for your time.