default_image

4 years ago

March 7, 2020

लिभरपुलले बर्नमाउथलाई हरायो

44 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा रहेको लिभरपुलले शनिबार घरेलु मैदान एनफिल्डमा बर्नमाउथलाई २-१ ले पराजित गरेको छ ।

लिगको पछिल्लो खेलमा रेलिगेसन क्षेत्रमा रहेको वाटफर्डसँग पराजित हुँदै अपराजित यात्रामा पूर्णविराम लागेको लिभरपुलले एफए कपमा चेल्सीसँग पनि हार भोगेको थियो । शनिबार पाहुना टोली बर्नमाउथले नै सुरुवाती अग्रता लिँदा लिभरपुललाई अर्को चिन्ता थपिएको थियो । क्यालम विल्सनले जेफरसन लर्माको क्रसमा गोल गरेपछि लिभरपुल पछाडी परेको थियो ।

तर पहिलो हाफमा नै लिभरपुल अग्रता लिन सफल भयो । ८ मिनेटको अन्तरमा मोहमद सलाह र साडियो मानेले गोल गरेपछि लिभरपुल अगाडि बढेको थियो । खेलको २५ औं मिनेटमा मानेले डिफेन्डर ज्याक सिम्प्सनबाट बल खोस्दै सलाहलाई पास दिएपछि पेनाल्टी क्षेत्रभित्रबाट सलाहले खेल बराबरीमा ल्याए ।

मानेले ३३ औं मिनेटमा लिभरपुललाई अग्रता दिलाए । भर्जिल भान डाइकको पासलाई मानेले उत्कृष्ट फिनिस गरेका थिए । दोस्रो हाफमा रायन फ्रेजरको चिप सटमा गोलरक्षक एड्रीयन बिट भैसकेको अवस्थामा जेम्स मिल्नरले गोललाइनबाट उत्कृष्ट बचाउ गर्दै अग्रता जोगाएका थिए ।

यस जितसँगै लिभरपुलले अंक तालिकाको शीर्षस्थानमा २५ अंकको फराकिलो अग्रता कायम गरेको छ । लिभरपुलको २९ खेलमा ८२ अंक छ । दोस्रो स्थानको म्यानचेस्टर सिटीले २७ खेलमा ५७ अंक जोडेको छ ।

May 18, 2024

एडर्सनले दुई महत्वपूर्ण खेल गुमाउने

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर सिटीका पहिलाे राेजाईका ब्राजिली गोलरक्षक एडर्सन मोराएसले दुई महत्वपूर्ण खेल गुमाउने भएका छन् । आँखाको चोटका कारण मोराएसले प्रिमियर लिगको उपाधि निर्णायक र एफए कपको फाइनल खेल गुमाउने भएका हुन् । मंगलबार टोटेनहमलाई २–० ले पराजित गरेको खेलमा ३० वर्षीय मोराएसले चोट बोक्न पुगेका थिए । स्पर्शका क्रिस्टियन रोमेरोसँग जुध्न […]

May 17, 2024

बागमती सि डिभिजनको शीर्ष स्थानमा

एजेन्सी – बागमती युवा क्लब जारी सहिद स्मारक सि डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शुक्रबार भएको खेलमा खालीवारी युवा क्लब विरुद्ध गोलरहित बराबरी खेलेसँगै बागमती शीर्ष स्थानमा उक्लिएको हो । बागमतीको ८ खेलमा १७ अंक पुगेको छ । १०औं स्थानमा रहेको खालीबारीको भने ९ खेलमा ९ अंक मात्र रहेको छ […]

May 17, 2024

रोनाल्डो बने सर्वाधिक कमाउने खेलाडी

एजेन्सी – पोर्चुगिज भेट्रान फुटबल स्टार क्रिस्टियानो रोनाल्डो बेलायती म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा रहेका छन् । उनी आफ्नो करिअरमा चौथोपटक म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा पुगेका हुन् ।गत वर्ष साउदी अरेबियाको अल नासर गएपछि रोनाल्डो यो सुचीको शीर्षस्थानमा थिए । यसवर्ष पनि उनी शीर्षस्थानमा रहेका हुन् […]

Success

Thank you for your time.