default_image

4 years ago

March 9, 2020

इन्टरलाई हराउदै युभेन्टस शीर्षस्थानमा

50 views

0 Bookmark

एजेन्सी – इटालियन जाइन्ट युभेन्टसले इटालियन सिरी ‘ए’ मा शीर्षस्थानमा पूनरागमन गरेको छ । निकै नै महत्वपुर्ण मानिएको खेलमा इन्टर मिलानलाई २–० ले पराजित गर्दै युभेन्टसले पूनरागमन गरेको हो ।

(कोभिड–१९) कोरोना भाइरसको विश्वव्यापी सन्त्रासका कारण बन्द रंगशालामा खेलाइएको थियो । समर्थक विना नै युभेन्टसले जित निकाल्न सफल भयो । जितसँगै युभेन्टसको २६ खेलबाट ६३ अंक छ । समान २६ खेलबाटै लाजियोको ६२ अंक छ । पराजित इन्टर मिलान २५ खेलबाट ५४ अंक जोडेर तेस्रो स्थानमा यथावत छ ।

घरेलु मैदानमा आइतबार राति भएको खेलमा युभेन्टसको जितमा आरोन राम्सी र पाउलो डिबालाले गोल गरे । दुवै गोल दोस्रो हाप mमा सम्भव भएको थियो । प्रतिस्पर्धात्मक बनेको खेलमा दुवै टोलीले पहिलो हाफमा केही अवसर सिर्जना गरेपनि गोल गर्न नसक्दा पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो ।

५५औं मिनेटमा स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोको पासमा आरोन राम्सीले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए । ६७औं मिनेटमा आरोन राम्सीकै पासमा पाउलो डिबालाले गोल गर्दै युभेन्टसको जित पक्का गरे । ८०औं मिनेटमा रेफ्रीसँग अनावश्यक विावद गरेपछि इन्टर मिलानका वैकल्पिक गोलरक्षक ड्यानिले पाडेली सिधै रातो कार्ड खादै टच लाइनबाट मैदानबाट बाहिरिएको थियो ।

May 20, 2024

सोर्लाेथको चार गोलमा रियल म्याड्रिड रोकियो

एजेन्सी – नर्वेली फरवार्ड अलेक्जेन्डर सोर्लाेथले ह्याट्रिकसहित चार गोल गरेपछि भिल्लारियलले यो सिजनको ला लिगाको च्याम्पियन बनिसकेको रियल म्याड्रिड बराबरीमा रोक्न सफल भएको छ । खेलमा आरामदायी अग्रता लिएपनि त्यसलाई जोगाउन नसक्दा र सोर्लाेथ एक्लैले चार गोल गरेपछि रियल म्याड्रिड घरेलु टोली भिल्लारियलसँग ४–४ गोलको बराबरीमा रोकिएको हो । गोलको वर्षा भएको खेलमा रियलका अर्दा […]

May 19, 2024

म्यानचेस्टर युनाइटेडलाई प्रिमियर लिगमा आठौं स्थान

एजेन्सी – म्यानचेस्टर युनाइटेडले २०२३/२४ इंग्लिश प्रिमियर लिग सिजनको अन्त्य आठौं स्थानमा रहँदै गरेको छ । सिजनभर राम्रो लय समात्न नसकेको युनाइटेडले लज्जास्पद सिजनको अन्त्य आठौं स्थानमा गरेको हो । लिग सिजनको अन्तिम खेलमा युनाइटेडले ब्राईटन विरुद्ध २-० को जित हासिल गर्यो । युनाइटेडको जितमा डियोगो डालोट र रास्मस होईल्याण्डले एक-एक गोल गरे । युनाइटेडले […]

May 19, 2024

क्लोपको लिभरपुल कार्यकालको सुखद अन्त्य

एजेन्सी – प्रशिक्षक जोर्गेन क्लोपको अन्तिम खेलमा लिभरपुलले सुखद नतिजा प्राप्त गरेको छ । ९ वर्ष पछि लिभरपुलबाट विदा हुन लागेका क्लोपको अन्तिम खेलमा लिभरपुलले वल्भस विरुद्ध २-० को जित दर्ता गरेको हो । लिभरपुलको जितमा एलेक्सिस मक यालिस्टर र ज्यारेल क्वान्साहले १-१ गोल गरे । लिभरपुलले तेस्रो स्थानमा रहँदै लिग सिजनको अन्त्य गरेको छ […]

Success

Thank you for your time.