default_image

4 years ago

March 10, 2020

सातदोबाटो शीर्षस्थानमा, बाँसबारीसँग आरसिटीको हार

काठमाडौं (हाम्रो खेलकुद) – सातदोबाटो युथ क्लब सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलको शीर्षस्थानमा उक्लिएको छ ।सातदोबाटोले मंगलबार पुल्चोक स्पोर्ट्स क्लबलाई १–० ले पराजित गर्दै लिगको शीर्षस्थानमा उक्लिएको हो ।  बराबरीतर्फ धकेलिएको खेलको इन्ज्युरी समयमा भुवन बस्नेतले गोल गर्दै सातबाटोलाई महत्वुपर्ण जित दिलाए ।  जितसँगै अपराजित रहेको सातदोबाटोले ४ खेलमा १२ अंक जोडेको छ । […]

62 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – सातदोबाटो युथ क्लब सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलको शीर्षस्थानमा उक्लिएको छ ।सातदोबाटोले मंगलबार पुल्चोक स्पोर्ट्स क्लबलाई १–० ले पराजित गर्दै लिगको शीर्षस्थानमा उक्लिएको हो । 

बराबरीतर्फ धकेलिएको खेलको इन्ज्युरी समयमा भुवन बस्नेतले गोल गर्दै सातबाटोलाई महत्वुपर्ण जित दिलाए ।  जितसँगै अपराजित रहेको सातदोबाटोले ४ खेलमा १२ अंक जोडेको छ । पुल्चोकले भने अंक जोड्न सकेको छैन ।

यता, यसपटक शीर्ष डिभिजनमा बढुवा हुने अपेक्षा गरिएको रानी पोखरी कर्नर टिम (आरसिटी) ले कमजोर प्रदर्शनलाई निरन्तरता दिदा मंगलबार बाँसबारी क्लबसँग हार बेहोरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको लिगको चौथो चरणको खेलमा आरसिटीले बाँसबारीसँग २–१ को हार बेहोरेको हो ।

लगातारको हारसँगै आरसिटी शीर्ष डिभिजनमा उक्लने सम्भावना न्युन बन्दा रेलिगेसनको खतरा बढेको छ । अघिल्लो वर्ष रेलिगेसनविनाको लिगमा च्याम्पियन बनेको आरसिटीले यो सिजन चार खेल खेल्दा २ अंक मात्रै जोडेको छ । अघिल्लो वर्ष पुछारमा रहेका कारण १ अंक घटाइएको बाँसबारी ११ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ ।

बाँसबारीको जितमा अमृत गुरुङ र सजिन थापामगरले गोल गरे । आरसिटीका लागि शिसस थापाले गरेको गोल सान्त्वना बन्यो । आरसिटीले खेलमा लिएको शुरुवाती अग्रता जोगाउन नसक्दा पराजित हुन पुगेको हो । खेलको २४औं मिनेटमा शिससको गोलबाट आरसिटीले खेलमा अग्रता बनाएको थियो । ५१औं मिनेटमा अमृत गुरुङले बराबरी गोल फर्काए ।

७६औं मिनेटमा सजिन थापामगरले गोल गर्दै बाँसबरीको जित पक्का गरे । खेलको इन्ज्युरी समयमा सुरेश कुमालले दुई पहेलो कार्डसहित रातो कार्ड पाएपछि बाँसबारी १० खेलाडीमा समेटिएको थियो ।

April 20, 2024

माने चम्कँदा अल नासरको पूनरागमन जित

एजेन्सी – सेनेगली फरवार्ड साडियो मानेको उच्च प्रदर्शनमा अल नासरले साउदी प्रो लिगमा सानदार पूनरागमन जित निकालेको छ । घरेलु मैदानमा १–० ले पछि परेको स्थिति उल्ट्याएर अल फयामाथि ३–१ को सानदार पूनरागमन जित दर्ता गरेको हो । अल नासरको जितमा साडियो मानेले दुई तथा अब्दुलेह अल एम्रीले एक गोल गरे । अल फयाका फेसन […]

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

April 19, 2024

लिभरपुल युरोपा लिगबाट बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ। इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १-० ले हराएपनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो। घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ। मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी […]

Success

Thank you for your time.