default_image

4 years ago

March 13, 2020

वल्फवर्गमाथि साख्तरको साँघुरो जित

एजेन्सी – युक्रेनी क्लब साख्तर डोनेस्कले युइएफए युरोपा लिगको प्रि–क्वाटरफाइनलको पहिलो लेगमा जर्मन क्लब वल्फवर्गमाथि साँघुरो जित निकालेको छ । साख्तरले घरेलु टोलीलाई २–१ ले हराएको हो । वल्फमा साख्तरको जितमा जुनियर मोराइस र मार्काेस बाहियाले गोल गरे । घरेलु टोलीका जोन एन्थोनी ब्रुक्सले एक गोल फर्काए । प्रतिस्पर्धात्मक बनेको खेलको १७औं मिनेटमा जुनियर मोराइसले […]

26 views

0 Bookmark

एजेन्सी – युक्रेनी क्लब साख्तर डोनेस्कले युइएफए युरोपा लिगको प्रि–क्वाटरफाइनलको पहिलो लेगमा जर्मन क्लब वल्फवर्गमाथि साँघुरो जित निकालेको छ । साख्तरले घरेलु टोलीलाई २–१ ले हराएको हो ।

वल्फमा साख्तरको जितमा जुनियर मोराइस र मार्काेस बाहियाले गोल गरे । घरेलु टोलीका जोन एन्थोनी ब्रुक्सले एक गोल फर्काए ।
प्रतिस्पर्धात्मक बनेको खेलको १७औं मिनेटमा जुनियर मोराइसले गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाएका थिए ।

२२औं मिनेटमा साख्तर पेनाल्टीमा चुक्दा अग्रता दोब्बर बनाउनबाट चुक्यो । म्याक्सीमिलियन अर्नाेल्डले ह्यान्ड गरेपछि प्राप्त पेनाल्टीमा भिक्टोर कोभालेन्को चुके ।पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा घरेलु टोली वल्फवर्ग पनि पेनाल्टीमा चुक्दा बराबरीबाट चुक्यो । माइकोला माटभियान्कोले पेनाल्टी बक्समा ह्यान गरेपछि प्राप्त पेनाल्टीमा वउट वेगहस्ट चुके ।

दोस्रो हाफमा शुरुमै वल्फवर्गले खेललाई बराबरीमा ल्याउन सफल भयो । जोन एन्थोनीले जोसिप ब्रेकालोको पासमा गोल गर्न सफल भएका थिए । ७३औं मिनेटमा मार्काेसले गोल गरेपछि ािख्तरले खेलमा पुन २–१ को अग्रता बनायो । त्यसपछि थप गोल निस्कन नसक्दा साख्तर विजयी हुन सफल भयो ।

दुई खवे गोल रहेका कारण साख्तरको क्वाटरफाइन्ल पुग्ने सम्भवना बढी छ । दोस्रो लेग साख्तरको मैदानमा १९ मार्चमा हुनेछ । विश्वव्यापी रुपमा फैलिइएको कोरोना (कोभड–१९) का कारण दोस्रो लेग स्थगित हुन सक्नेछ ।

अन्य नतिजा

फ्रन्कफर्टविरुद्ध बसेल (०–)

इस्तानुबुलविरुद्ध एफसी कोपेनहेवन (–०)

ओलम्पियाकोसविरुद्ध वल्भ्स (१–१)

रेन्जर्सविरुद्ध लिभरकुसेन (१–)

सेभिया र रोमा तथा इन्टर मिलान र गेटाफेबीचको खेल भने । विश्वव्यापी रुपमा फैलिइएको कोरोना (कोभड–१९) का कारण स्थगित भएको छ ।

May 2, 2024

पाँचथर गोल्ड कपको हिसाब सार्वजनिक

दिपक बोहरा, पाँचथर दुई महिना अघि फिदिममा भएको चौथो पाँचथर गोल्ड कप प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । फिदिममा फागुन १२ गतेबाट १९ गते सम्म चलेको प्रतियोगितामा‌ ४६ लाख ६४ हजार ६ सय ६० रुपैयाँ आम्दानी भएको‌ थियो। त्यसमा ७ लाख […]

May 2, 2024

पिएसजी विरुद्ध डर्टमुण्डको अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता लिएको छ । घरेलु मैदानमा बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० हराएको छ । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरे । डिफेन्स लाइनबाट निको श्लोटरबेकले दिएको उत्कृष्ट पासमा अफसाइड ट्र्याप […]

May 1, 2024

च्याम्पियन्स लिग सेमिफाइनलमा डर्टमुण्ड र पिएसजी भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राती बोरुसिया डर्टमुण्ड र पेरिस सेन्ट जर्मान (पिएसजी) भिड्दै छन् । राती १२:४५ बजे सुरु हुने खेल डर्टमुण्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा सुरु हुनेछ । यी दुवै टोली यसै सिजन च्याम्पियन्स लिगको एकै समूहमा रहेका थिए । समूह चरणको दुई खेल मध्य एक […]

Success

Thank you for your time.