default_image

4 years ago

March 18, 2020

सहारा यसै सहारा होइन !

क्रियटिभ भ्वाइस टीएस ठकुरी ‘माछापुच्छ्रे फेवातालमा पौडी खेल्दो रैछ, पोखरा त साँच्चिकै पो पोखरा नै रैछ ।’ रुकुममा जन्मिएर नेपालगन्जलाई कर्मथलो बनाएका कवि गीतकार, संगीतकार तथा गायक प्रेमप्रकाश मल्लले धेरै अघि आफ्नो गायकीमार्फत पोखरालाई यसरी चित्रण गरेका थिए । पोखरा आफैंमा प्रिय छ । साँच्चिकै प्रिय । प्रियसीको सम्झनामा जसरी गीत कविता रचना हुन्छन्, पोखराका […]

88 views

0 Bookmark

क्रियटिभ भ्वाइस

टीएस ठकुरी

‘माछापुच्छ्रे फेवातालमा पौडी खेल्दो रैछ, पोखरा त साँच्चिकै पो पोखरा नै रैछ ।’ रुकुममा जन्मिएर नेपालगन्जलाई कर्मथलो बनाएका कवि गीतकार, संगीतकार तथा गायक प्रेमप्रकाश मल्लले धेरै अघि आफ्नो गायकीमार्फत पोखरालाई यसरी चित्रण गरेका थिए ।

पोखरा आफैंमा प्रिय छ । साँच्चिकै प्रिय । प्रियसीको सम्झनामा जसरी गीत कविता रचना हुन्छन्, पोखराका बारेमा पनि उत्तिकै शब्द सिर्जना हुने गरेका छन् । सरुभक्तले ‘हङकङ पोखरा, निर्मोही आफ्नो को छ र?’ सिर्जना गरे । प्रमोद खरेलले ‘म बिना कसैकसैलाई मुस्किल छ पोखरामा’ गाए ।

धेरै जसो कवि, गीतकार र गायक पोखराका बारेमा गीत रचना गर्न र गाउन साँच्चिकै लोभिन्छन् । यो सत्य हो । तर प्रेमप्रकाशले जसरी समग्र पोखराकै सुन्दरताको बयान गरेर गाए, सायद अरुले अलिक कन्जुस्याईं गरे कि? यो त सबै गीत सुनेपछि मात्र भन्न सकिने भयो ।

यद्यपी म यतिबेला गीत, संगीतको कुरा गर्दै छैन । खेलकुदको राजधानी बन्न तम्सिएको पोखराको चर्चा गर्दैछु । जहाँ भर्खरै आहा! रारा गोल्डकपको १८औं संस्करण भव्य र सभ्य ढंगबाट सम्पन्न भयो । नेपालगन्जमा खेलकुदका दुई प्रमुख खेलकुद इभेन्टको नेतृत्व गर्दा आयोजना र निरन्तरताका अप्ठ्यारा पक्ष मेरा स्मृतिमा पनि छन् । यसै वर्ष प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबल र नेपालगन्ज म्याराथनले क्रमशः छैटौं र पाँचौं संस्करण पुरा गरे । आहा! रारा गोल्डकपसँग तुलना गरिहाल्ने ल्याकत अहिले हामीसँग छैन । हामी भन्दा तीन गुणा बढ्ता समयको यात्रा पार गरिसकेको छ ।

यस हिसाबले आहा रारा गोल्डकप वयस्क अवस्थामा प्रवेश गरिसक्यो, प्रधानमन्त्री कप र नेपालगन्ज म्याराथन त भर्खर दौडन लायक भएका छन् । यसै परिवेशमा म नेपालगन्ज गोल्डकपलाई पनि सम्झन्छु । तीन संस्करण पुरा गरेर विगत दुई बर्षदेखि यात्रालाई अघि बढाउन नसकिरहेको यो प्रतियोगिता पनि यस क्षेत्रका फुटबलप्रेमीहरुको प्यास मेटाउन सफल भएकै हो । अब त स्तरीय मैदान र स्टेडियम हामीसँग तयारी अवस्थामा छ । यसले पनि निरन्तरताको आधार तयार गर्नुपर्नेछ ।

खेलकुद सम्बन्धि इभेन्ट त्यति सजिलो पक्कै छैन । यसको व्यथा बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीजीलाई राम्रोसँग थाहा छ । अथवा अन्य आयोजकलाई पनि यसको अनुभव पक्कै छ । धनगढीका सुभाष शाही र सुरेश हमाललाई पनि राम्रो अनुभव हुनुपर्छ ।

खेलकुद प्रतियोगिताको संख्या हेर्ने हो भने पूर्वको तुलनामा पश्चिम अलिक निरश छ, उजाड छ । उर्वर छैन । मुलधारका कर्पोरेट हाउसको प्राथमिकतामा पश्चिम छैन । तैपनि पश्चिम भर्जिन छ, त्यसैले आशा गर्ने ठाउँ पनि छ ।

तर पोखराको माटो जुनसुकै खेलका लागि उर्वर मानिन्छ । त्यसैले त सहारा क्लबले हाँसी खुशी गर्वका साथ १८औं संस्करणको यात्रा पूरा गर्दा निरन्तरता र स्तरोन्नतिका हिसाबले अलग इतिहास रचेको छ आहा! रारा गोल्डकप मार्फत । मन खोलेर खर्च गर्दापनि कुनै संस्करणमा ३५ लाख रूपैयाँ बचत गर्नु इभेन्ट निरन्तरताको सबल आधार हो । सहारा र आहा! राराले त्यो लय समातिसकेको छ । लामो यात्रामा अघि बढ्ने आधारशीला खडा गरिसकेको छ । संसारकै मान्यताप्राप्त लामो दौड म्याराथन कुद्न १८ बर्ष पुगेको हुनुपर्छ । यसअर्थमा आहा रारा गोल्डकप म्याराथनको लायक बनिसकेको छ । यो ठुलो सफलता हो ।

शब्द आहा!, अर्थ खुशी । आहा! शब्दको अर्थ हुन्छ हर्ष, खुशी । यसलाई आनन्द, प्रशंसा र प्रशन्नता आदिको सूचक पनि मानिन्छ । आहाले सबैलाई खुसी बाँडेको छ, जसरी पोखराले सबैलाई लोभ्याउँछ, लठ्ठ बनाइदिन्छ । फुटबलले पनि संसारलाई लठ्ठ पारिदिन्छ । सहारा र फुटबल आपसमा पर्याय झैं छन् । हुनत फुटबल त माध्यम मात्र हो । यसले सिंगो खेलकुद जगतलाई खुशी बनाइदिएको छ, बाटो देखाइदिएको छ । सहारा उत्कृष्ट मोडल हो । सहाराकर्मी रोल मोडल हुन् ।

पोखरा भन्नेबित्तिकै सुदर्शन रञ्जित सम्झिन्छु । जो फोटो पत्रकार हुन् । जसको फोटो अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल(आईसीसी)बाट पुुरस्कृत भयो । माछापुच्छ्रे पृष्ठभूमि पारेर क्रिकेट खेल्दै गरेको उक्त फोटोले विश्वव्यापी चर्चा बटुलेसँगै सुदर्शन दाइको पनि चर्चा चुलियो । मोफसलको फोटोपत्रकारले मुलधारमा मान्यता पाएको उदाहरण हो सुदर्शन दाइ । सुदर्शन दाइ र पोखरा एकअर्कामा पर्याय बनिसके । मलाई त्यस्तै लाग्छ । चाहे भलिबल, चाहे फुटबल वा अन्य खेलहरु । अनि क्रिकेटमा समेत सुदर्शन दाइको खोजी हुन्छ । सुदर्शन दाइको फोटोग्राफी र स्थानीय स्तरमा समन्वयकारी भुमिका लोभलाग्दो छ ।

पोखरामा क्रिकेटको त्यति क्रेज छैन । तर पीपीएलले सम्भावना खोजिरहेको छ । पीपीएलको निरन्तरताले अन्तर्राष्ट्रिय जगतमा पोखराको ब्रान्डिङ गज्जबले हुनेछ । छुम्बीजी एण्ड टिमले पक्कै यसको श्रेय कुनैदिन पाउनेछ ।

१३औं दक्षिण एशियाली खेलकुद(साग)को अध्ययन तथा रिपोर्टिङका सिलसिलामा पोखरा पुगेका बेला छुम्बी लामासहित लेकसाइडमा कफी पिएको स्मरण ताजै छ । पिपिएलको दोस्रो संस्करणका लागि छुम्बीजी सुदर्शन दाइ खोज्दै त्यहाँ आइपुगेका थिए । छुम्बी जीसँगै थिए विमान चालक प्रफुल्ल (वैद्य) दाई । क्रिकेट प्रतिको उनको लगाव बेजोडको छ । नेपाली क्रिकेटसँग सरोकार राख्ने सबैलाई उनको क्रिकेट नसा राम्ररी थाहा छ ।

कुनैबेला मञ्जु गुरुङ, सिपोरा गुरुङ पोखराका पर्याय थिए । उनीहरुलाई सेलिब्रिटी बनाउन पनि सुदर्शन दाइको योगदान कम आँक्न सकिन्न । पछि अनिल गुरुङ र परीक्षा गुरुङ त्यसैगरी उदाए । खेलाडीको स्टारडम लामो समय नटिक्ला, तैपनि मञ्जु, सिपोरा, परीक्षा, अनिल पोखराका परिचय हुन् । नेपाली खेलकुदकै बहुप्रतिष्ठित पल्सर स्पोर्ट्स अवार्डमा मञ्जु र सिपोराले पब्लिक च्वाइस अवार्ड विजेता बन्दा पोखराको आत्मियता देखिएकै हो । पोखरा खेलमैत्री सहर हो भन्ने यसले पनि पुष्टि गर्दछ ।

इभेन्टका हिसाबले आहा! रारा पोखराको ब्रान्ड बनिसकेको छ । आहा! रारा हिमश्री फुड्सको उत्पादन हो । सायद आहा! चाउचाउ बन्द भइसक्यो । एउटा सर्कलका लागि रारा नेपालको नम्बर एक चाउचाउका रुपमा स्थापित नै छ । हिमश्रीको ब्रान्ड अब आहा! रारा गोल्डकप मार्फत सहाराको ब्रान्ड जस्तै देखिएको छ । यो अब पोखराको ब्रान्ड बनिसक्यो । भन्न सकिन्छ नेपाली खेलकुदकै ब्रान्ड हो । यो सबको मेरुदण्ड सहारा क्लब नै हो । सहारा बिना आहा! रारा सम्भव थिएन ।

सहारा क्लबको सहारा एकेडेमी अझ साँच्चिकै उत्कृष्ट दृष्टान्त बनिसकेको छ । त्यहाँ पुग्दा पनि जोसुकैलाई आहा भन्न करै लाग्छ । विक्रम थकाली दाइ, सुदर्शन दाइसहित हामी दोबिल्लास्थित सहारा एकेडेमी पुगेका थियौं । केही समयपछि एन्फा उपाध्यक्ष पंकज नेम्वाङ र नवीन पाण्डे आइपुगे । नेम्वाङले जब ढोकेर एकेडेमी भवन छिरे, मलाई पनि लाग्यो सहारा वास्तवमै ढोग्न लायक हो । तीन तल्ले भवन, आँगन परिसर र मैदानको सरसफाइ जोकोहीलाई लोभ्याउने खालको संरचना र मनोरम दृष्य सहारा एकेडेमीको परिचय हो ।

अनाथ बालबालिकालाई फुटबलमार्फत राज्यको मुलधारमा ल्याउने सत्प्रयास साँच्चिकै पुजनीय छ । अनाथ बालकहरुका लागि सहारा साँच्चिकै सहारा बनेर आएको छ । अध्यक्ष केशव थापा पेशागत कर्ममा व्यस्त थिए सायद । पुर्व अध्यक्ष विक्रम दाइले नै सबै ब्रिफिङ गरे । क्लबका कोषाध्यक्ष राजु लालचन दाईले आफ्नो गाडीमा हामीलाई दोबिल्ला पुर्याए ।

पदीय जिम्मेवारी सहाराकर्मीका लागि औपचारिकता मात्र हो, सबै सेवाभावमा रमाउने खास विशेषता हो । देश विदेशमा रहेका सहाराकर्मीको खास परिचय यही रहेछ भन्ने बुझ्न मलाई समय लागेन । मैले त्यही अनुभुति गरें । दिउँसो पोखरा रंगशालामा साग फुटबल फाइनलपछि उनै कोषाध्यक्ष राजु दाईसँगै स्वतस्फुर्त सहाराकर्मीहरुले फोहोर टिप्दाको परिदृष्यले पनि मलाई तान्यो । अनि भन्न मन लाग्यो –‘आहा! सहारा, आहा! रारा ।’ पोखरा त साँच्चिकै पोखरा नै रहेछ ।

April 28, 2024

म्यानचेस्टर सिटी विजयी

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लगातार चौथो पटक उपाधि जित्ने लक्ष्यमा रहेको म्यानचेस्टर सिटीले आइतबार जित दर्ता गरेको छ । सिटी ग्राउण्डमा भएको खेलमा म्यानचेस्टर सिटीले नटिङ्घम फरेस्टलाई २–० ले पराजित गर्दै उपाधिको आशा कायमै राखेको हो । सिटीको जितमा डिफेन्डर जोस्को ग्भार्डियोल र दोस्रो हाफमा मैदान प्रवेश गरेका स्ट्राइकर एर्लिङ हालान्डले एक-एक गोल गरे […]

April 28, 2024

आशिषको ह्याट्रिकमा बिर्तामोड सेमिफाइनलमा

हिमाल खरेल, मेचीनगर झापाको बुद्धशान्तिमा जारी तेस्रो आदर्श च्यालेन्ज कपमा पाहुना टोली नर्थ बंगाल एफसी भारतलाई ३–१ ले हराउँदै बिर्तामोड युनाइटेड एफसी सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको जितमा आशिष चापागाईंले ह्याट्रिक पूरा गरे । पहिलो हाफको इन्ज्युरी समयमा गोल गर्दै बिर्तामोडले अग्रता लिएको थियो । मध्यभागबाट बिर्तामोडका डिफेन्डर देवेन्द्र तामाङले गरेको फ्रिकिकलाई हेडमार्फत अभिषेक […]

April 28, 2024

महावीर क्लब विजयी

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिगमा आईतवार महावीर क्लब विजयी भएको छ । सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको दिनको पहिलो खेलमा महावीर क्लबले स्पोर्ट्स एकेडेमी साँगा माथि १-० को जित दर्ता गरेको हो । महावीरका लागि सन्दिप श्रेष्ठले ६७औं मिनेटमा पेनाल्टी मार्फत गरेको गोल नै निर्णायक बन्यो । जित सँगै महावीर क्लब […]

Success

Thank you for your time.