default_image

4 years ago

March 19, 2020

पीएसजीका डिफेन्डर डर्टमन्डमा

एजेन्सी – फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का बेल्जियन डिफेन्डर थोमस म्युनियर जर्मन क्लब बोरुसिया डर्टमन्डमा जाने पक्का भएको छ । डर्टमन्डले थोमस म्युनियरलाई ४५ मिलियन पाउन्डमा क्लबमा अनुबन्ध सफल भएको हो । यससँगै उनी आउदो समर सिजनमा डर्टमन्ड पुग्नेछन् । पछिल्लो समय पार्क डि प्रिन्सेस मैदानमा म्युनियरले कमै मात्रामा मौका पाएका थिए । […]

33 views

0 Bookmark

एजेन्सी – फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का बेल्जियन डिफेन्डर थोमस म्युनियर जर्मन क्लब बोरुसिया डर्टमन्डमा जाने पक्का भएको छ । डर्टमन्डले थोमस म्युनियरलाई ४५ मिलियन पाउन्डमा क्लबमा अनुबन्ध सफल भएको हो ।

यससँगै उनी आउदो समर सिजनमा डर्टमन्ड पुग्नेछन् । पछिल्लो समय पार्क डि प्रिन्सेस मैदानमा म्युनियरले कमै मात्रामा मौका पाएका थिए । सोही कारण पनि २८ वर्षीय म्युनियरले क्लब छाड्ने निर्णय गरेको हो । म्युनियर यो सिजन क्लब छाड्ने चौथो खेलाडी बनेका छन् ।

यससँगै म्युनियर आफ्ना बेल्जियन अन्तर्राष्ट्रिय सहयात्री एक्सेल विस्टेल र थोर्गन हजार्डसँग क्लब फुटबलमा पनि सँगै हुने भएको छ । डर्टमन्डले चार वर्षअघि पनि म्युनियरलाई अनुबन्ध गर्न चाहेको थियो । तर, उनले त्यतिबेला पीएसजी रोजेका थिए ।

कोरोना भाइरस (कोभिड–१९) को संक्रमण अघि डर्टमन्डलाई च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलबाट नकआउट गर्न म्युनियरको भुमिका महत्वपुर्ण रहेको थियो ।

लेभिन कुर्जावा, एडिन्सन काभनी र थियागो सिल्भाको पनि यसै सिजनको अन्त्यसँगै पीएसजीमा सम्झौता सकिदैछ ।

May 2, 2024

पाँचथर गोल्ड कपको हिसाब सार्वजनिक

दिपक बोहरा, पाँचथर दुई महिना अघि फिदिममा भएको चौथो पाँचथर गोल्ड कप प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । फिदिममा फागुन १२ गतेबाट १९ गते सम्म चलेको प्रतियोगितामा‌ ४६ लाख ६४ हजार ६ सय ६० रुपैयाँ आम्दानी भएको‌ थियो। त्यसमा ७ लाख […]

May 2, 2024

पिएसजी विरुद्ध डर्टमुण्डको अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता लिएको छ । घरेलु मैदानमा बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० हराएको छ । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरे । डिफेन्स लाइनबाट निको श्लोटरबेकले दिएको उत्कृष्ट पासमा अफसाइड ट्र्याप […]

May 1, 2024

च्याम्पियन्स लिग सेमिफाइनलमा डर्टमुण्ड र पिएसजी भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राती बोरुसिया डर्टमुण्ड र पेरिस सेन्ट जर्मान (पिएसजी) भिड्दै छन् । राती १२:४५ बजे सुरु हुने खेल डर्टमुण्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा सुरु हुनेछ । यी दुवै टोली यसै सिजन च्याम्पियन्स लिगको एकै समूहमा रहेका थिए । समूह चरणको दुई खेल मध्य एक […]

Success

Thank you for your time.