5 years ago
March 19, 2020
एजेन्सी – इंग्लिस क्लब चेल्सीले ब्राजिल तथा जर्मन क्लब बायर्न म्युनिखका प्लेमेकर फिलिपे कौटिन्होलाई अनुबन्ध गर्ने प्रयास थालेको छ । क्लबले लोनमा बायर्नमा रहेका कौटिन्हो अनुबन्ध गर्न स्पेनिस क्लब बार्सिलोनासँग छलफल प्रक्रिया अघि बढाएको छ ।
कौटिन्हो २०१८ मा ठुलो धनराशिमा इंग्लिस क्लब लिभरपुलबाट बार्सिलोना पुगेका थिए । तर, कौटिन्होले त्यहाँ पहिलो रोजाईमा पर्न निकै संघर्ष गर्नुपरेको थियो । त्यसपछि उनलाई बार्सिलोनाले लोनमा बायर्न पठाएको थियो ।
२०१३ देखि २०१८ सम्म लिभरपुलमा सनसनीपुर्ण प्रदर्शन गरेका कौटिन्होले बार्सिलोनामा भने अपेक्षाकृत प्रदर्शन गर्न नसक्दा त्यतिबेलाका बार्सिलोनाका प्रशिक्षक इर्निस्टो भालभेर्डेले उनलाई एक सिजनका लागि लोनमा बायर्न पठाएका थिए ।
स्पेनिस एएस पत्रिकाका अनुसार चेल्सीले कौटिन्होको लागि क्लबसँग छलफल गरिसकेको बुझिएको छ । कौटिन्होको यसै समरमा लोन समयावधि सकिदैछ । त्यसपछि उनी पुनः बार्सिलोनामा फर्कने सम्भावना छ । तर, प्रशिक्षक क्विके सेटिनको पहिलो रोजाईमा पर्न कौटिन्होलाई गाह्रो छ ।
२७ वर्षे कौटिन्होले बायर्नमा उच्च प्रदर्शन गरिरहेका छन् । उनले यो सिजन बायर्नबाट ३२ खेल खेल्दै ९ गोल र ८ असिस्ट दिएका छन् । उनेल बुन्डेस लिगाको २२ मध्ये १५ खेलमा पहिलो रोनजाईमा मौका पाएका छन् । जसमा उनले ८ गोल गर्दै आफ्नो क्षमता प्रमाणित गरेका छन् ।
बायर्नले जर्मन बुन्डेस लिगामा दोस्रो स्थानको बोरुसिया डर्टमन्डसँग ४ अंकको अग्रता लिएको छ । विश्वव्यापी बनेको कोरोना भाइरसका कारण अहिले विश्व खेलकुद गतिविधि नै ठप्प छ । ठुला लिगका खेलहरु कम्तिमा अप्रिल ३ सम्मको लागि स्थगित भएका छन् ।
December 12, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल फुटबल खेलाडी संघको संयोजकमा नेपाली राष्ट्रिय महिला टोलीका स्ट्राइकर अमिशा कार्की र डिफेन्डर गीता राणालाई नगद सहित सम्मानित भएका छन्। सेजल आईटी क्यालिफोर्निया युएसएले अमिशा र गीतालाई समान ७५ हजार रुपैयाँ प्रदान गरि सम्मान गरेको हो। सेजल आइटी क्यालिफोर्निया युएसएका अध्यक्ष शंकर केसीले नगद सहित सम्मान गरे। सो अवसरमा प्रशिक्षकद्वय किशोर […]
December 12, 2024
एजेन्सी – बार्सिलोना च्याम्पियन्स लिग अंक तालिकाको दोस्रो स्थानमा उक्लेको छ। बार्सिलोनाले बुधवार बोरुसिया डर्टमन्डलाई ३-२ ले पराजित गर्दै दोस्रो स्थानमा स्थानमा उक्लेको हो। दोस्रो हाफमा मैदानमा प्रवेश गरेका फेरान टोरेसको निर्णायकसहित २ गोल गरेपछि बार्सिलोना विजयी भएको हो। पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो। ५२औं मिनेटमा बार्सिलोनाले कप्तान राफिन्हाको गोलमा अग्रता लियो । डर्टमन्ड […]
December 12, 2024
एजेन्सी – म्यानचेस्टर सिटीको खराब प्रदर्शन च्याम्पियन लिगमा पनि रोकिएको छैन। पेप ग्वार्डिओलाको सिटी बुधवार युभेन्टस सँग २-० ले पराजित भएको छ। टुरिनको स्टाडियो डेल्ले अल्पिनमा भएको पहिलो हाफ गोलरहित बराबरी टुंगिएको थियो। ५३ औं मिनेटमा डुसान भ्लाहोभिकको गोलमा युभेन्ट्सले अग्रता लियो। वेस्टन म्याकिनीले ७५ औं मिनेटमा अर्को गोल गरेपछि युभेन्ट्सको जित निश्चित बन्यो । […]