default_image

4 years ago

March 26, 2020

इब्राहिमोभिचको भविष्य अन्यौलमा

एजेन्सी – स्विडिस फरवार्ड ज्लाटान इब्राहिमोभिच सन्यास लिने सोचमा रहेका छन् । ३८ वर्षे स्ट्राइकर जनवरीमा एलए ग्यालेक्सीबाट एसी मिलान पुगेका थिए । कोराना भाइरस कोभिड-१९ को असर विश्वव्यापी रुपमा बढेपछि अहिले उनी आफ्नो देश स्वीडेनमा छन् । स्वदेश फर्केसँगै आफ्नो भविष्यका विषयमा पनि उनले सोचिरहेका छन् । कोराना भाइरसको कारण पारिश्रमिक नदिने मिलानको योजनामा […]

29 views

0 Bookmark

एजेन्सी – स्विडिस फरवार्ड ज्लाटान इब्राहिमोभिच सन्यास लिने सोचमा रहेका छन् । ३८ वर्षे स्ट्राइकर जनवरीमा एलए ग्यालेक्सीबाट एसी मिलान पुगेका थिए । कोराना भाइरस कोभिड-१९ को असर विश्वव्यापी रुपमा बढेपछि अहिले उनी आफ्नो देश स्वीडेनमा छन् ।

स्वदेश फर्केसँगै आफ्नो भविष्यका विषयमा पनि उनले सोचिरहेका छन् । कोराना भाइरसको कारण पारिश्रमिक नदिने मिलानको योजनामा उनी सहमत नरहेको बताइएको छ । इटालियन सञ्चारमाध्यमका अनुसार इब्राहिमोभिच मिलानमा थप बस्ने योजनामा छैनन् । मिलानमा उनले सुखद सुरुवात गरेपनि क्लब व्यवस्थापनसँग लामो समयदेखि असमझदारी रहँदै आएको छ ।

करीअरको उत्तरार्द्धमा पुगेका ज्लाटनले सन्यास नलिएको खण्डमा सिरि सी क्लब मोन्जा जान सक्ने अनुमान समेत गरिएको छ । यदि मोन्जा बीमा बढुवा भएको खण्डमा क्लबका मालिकहरु सिल्भियो ब्रेलुसकोनी र एड्रियानो गालिनीले उनीसँग छलफल गर्ने सम्भावना छ । तर कोरोनाका कारण सिजन रद्द हुने सम्भावना बढेसँगै उनको भविष्यमा पनि शंका बढेको छ ।

मोन्जाका प्रशिक्षक क्रिस्टियन ब्रोचीले पनि इब्राहिमोभिच आउने सम्भावनाको संकेत दिएका छन् । उनले भनेका छन्, ‘इब्राहिमोभिचसँग सम्झौता हुन सक्दैनन् भन्ने लागेको छ भने हाम्रो क्लबका समर्थकहरुले गल्ति गरेको पनि हुन सक्दछ ।’

April 24, 2024

शीर्षस्थानको कोशीसँग गण्डकीको हार

सुर्खेत (हाम्रो खेलकुद) – समिक्षा मगरको गोलमा कोशी प्रदेशले महिला लिग छनोट गण्डकी प्रदेशलाई ३–० ले सहजै हराएको छ । लगातार तेस्रो जितपछि ९ कोशी शीर्षस्थानमा छ । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा बुधबार भएको खेलमा कोशीले एकपक्षीय दबाब बनायो। छैटौं मिनेटमा समिक्षाले गोल गर्दै टोलीलाई पहिलो हाफमा १–० को अग्रता दिलाइन् । गण्डकी दोस्रो हाफमा […]

April 24, 2024

युभेन्ट्स कोपा इटालियाको‌ फाइनलमा

एजेन्सी – युभेन्ट्स कोपा इटालियाको फाइनलमा प्रवेश गरेको छ। खेलको अन्त्यतिर गोल गरेपछि समग्रमा लाजियोलाई ३-२ ले पछि पार्दै युभेन्टस अन्तिम दुईमा पुगेको हो। बुधबार भएको दोस्रो लेगमा २-१ ले पराजित भएको युभेन्ट्सले पहिलो लेगमा २-० को‌ जित निकालेको थियो।८३ औं मिनेटमा परिवर्तित खेलाडीका रुपमा मैदान प्रवेश गरेको केही सेकेन्डमै आर्काडिउज मिलिकले गोल गरेपछि युभेन्ट्सको […]

April 24, 2024

चेल्सीमाथि आर्सनलको सानदार जित

एजेन्सी – आर्सनलले इंग्लिस प्रिमियर लिगमा ३ अंकको‌ स्पष्ट अग्रता लिएको छ। चेल्सीलाई मंगलबार ५-० ले हराउँदै आर्सनलले दोस्रो स्थानको लिभरपुललाई ३ अंकले पछि छाडेको छ । आर्सनलको ७७ अंक छ । लिभरपुलले एक खेल कम खेलेको छ भने २ खेल कम खेलेको तेस्रो स्थानको म्यानचेस्टर सिटी ७३ अंक छ।एफए कपको सेमिफाइनलमा सिटी सँग पराजित […]

Success

Thank you for your time.