default_image

4 years ago

March 27, 2020

नेपाल वरीयतामा खस्कियो

48 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय फुटबल टिम फिफा वरीयतामा २ स्थान तल झरेको छ । विश्व फुटबलको सर्वाेच्च निकाय (फिफा)ले शुक्रबार सार्वजसनक गरेको वरीयतामा नेपाल दुई स्थान तल झर्दै ९९औं स्थानमा पुगेको छ ।

यसअघि नेपाल ९७औं स्थानमा रहेको थियो । नेपालको कुल १२ सय अंक छ । नेपाली महिला फुटबल टिमले पछिल्लो पटक कुनैपनि अन्तराष्ट्रिे खेल खेलेको छैन । विश्व वरीयतामा २००९ मा नेपाली महिला टिमले ९२औं स्थानमा रहेको जुन हालसम्मकै उच्च वरीयता हो ।

दक्षिण एसियामा भने नेपाल दोस्रो स्थानमा रहेको छ । भारत ५५औं स्थानसहित दक्षिण एसियामा शीर्ष स्थानमा रहँदा  एसियाको ११औं स्थानमा छ । बंगलादेश १ सय ३४औं स्थानसहित दक्षिण एसियामा तेस्रो, श्रीलंका १ सय ४०, माल्दिभ्स १ सय ४२ र भुटान १सय ५४औं स्थानसहित छैटौ स्थानमा छ ।

विश्वमा सातौ वरीयतामा रहेको अष्ट्रेलिया एसियामा शीर्षस्थानमा छ । उत्तर कोरिया, जापान, चीन र दक्षिण अमेरिका एसियाको शीर्ष चारमा छन् । विश्वमा अमेरिका शीर्षस्थानमा यथावत रहँदा जर्मनी पनि दोस्रो स्थानमा यथावत छ ।

फ्रान्स, नेदरल्यान्ड, स्वीडेन, इंग्ल्यान्ड अष्ट्रेलिया, ब्राजिल, क्यानडा र उत्तर कोरिया शीर्ष १० मा रहँदा जापान ११औं स्थानमा छ । फिफाले अब अर्काे वरीयता जुनमा सार्वजनिक गर्नेछ ।

May 8, 2024

रियल म्याड्रिड र बायर्न म्युनिख फाइनल प्रवेशका लागि भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको फाइनल प्रवेशका लागि स्पेनिश टोली रियल म्याड्रिड र जर्मन टोली बायर्न म्युनिख आज भिड्दै छन् । रियलको घरेलु मैदान सान्टियागो बर्नाबेउमा हुने दोस्रो लेग आज राती १२:४५ बजे सुरु हुनेछ । बायर्नको घरेलु मैदानमा भएको पहिलो लेग २-२ को बराबरीमा सकिएको थियो । बायर्नले खेलमा रहेको अग्रता अन्तिम तिर गुमाउन […]

May 8, 2024

पिएसजीलाई हराउँदै बोरुसिया डर्टमुण्ड च्याम्पियन्स लिग फाइनलमा

एजेन्सी – फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई पराजित गर्दै जर्मन क्लब बोरुसिया डर्टमुण्ड युरोपेली च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । पिएसजी माथि दोस्रो लेगमा १-० सहित समग्रमा २-० को जित हासिल गर्दै डर्टमुण्ड ११ वर्ष पछि च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ। पिएसजीको घरेलु मैदान पार्क डेस प्रिन्सेसमा भएको दोस्रो लेगमा डर्टमुण्डका लागि […]

May 7, 2024

दशरथ रंगशालाको अवस्था बारे खेलकुद मन्त्री श्रेष्ठको चासो

काठमाडौं (हाम्रो खेलकुद) – नेपालको एकमात्र अन्तर्राष्ट्रिय मान्यता प्राप्त दशरथ रंगशालाको फुटबल मैदानले अब अन्तर्राष्ट्रिय फुटबल गर्ने मान्यता गुमाउने खतरा बढेपछि युवा तथा खेलकुद मन्त्री बिराजभक्त श्रेष्ठले त्यसमा चासो देखाएका छन् । एसियाली फुटबल महासंघ (एएफसी) ले गत साता गरेको निरीक्षणपछि दशरथ रंगशालाको विभिन्न पक्षमा प्रश्न उठाएको छ । त्यसकारण जेठ २४ गते नेपाल र […]

Success

Thank you for your time.