default_image

4 years ago

March 27, 2020

इलामको माईभ्यालीले स्वास्थकर्मीलाई पिपिई सहयोग गर्ने

27 views

0 Bookmark

दिपक बोहोरा, पाँचथर

यति बेला विश्व कोरोना भाइरस (कोभिड १९) को चपेटामा परेको छ । संक्रमण फैलन नपाओस् भन्नका लागि सरकारले चैत ११ देखि १८ गते सम्म लकडाउन गरेको छ । नेपालमा ३ जना कोरोना भाइरस पोजेटिभ पाएको थियो । जसमा १ जना निको भइसकेका छन् भने २ जना उपचार गराइरहेका छन् ।

संक्रमण बढ्न नदिनका लागि अस्पतालमा स्वास्थ्य सामाग्रीहरुको अभाव देखिएको छ । त्यसैलाई मध्ये नजर गर्दै इलामको माईभ्याली फुटबल क्लबले इलाम अस्पतालका स्वास्थ्यकर्मीलाई पर्सनल प्रोटेक्टिभ इक्युप्मेन्ट (पिपिई) उपलब्ध गराउने भएको छ ।

स्वास्थ्यकर्मी पिपिईको अभावमा सामान्य मास्कको भरमा काम गर्नु परेको भन्दै पिपिई उपलब्ध गराउने क्लबका अध्यक्ष धिरेन चेम्जोङले बताए । क्लबले ५० जना स्वास्थ्यकर्मीलाई ५५ हजार मुल्य बराबरको पिपिई उपलव्ध गराउने चेम्जोङ जनाएका छन् ।

५० शैयाको इलाम अस्पतालमा अहिले १५ बेडको क्वारेन्टाइन बनाइएको छ । क्लबले यसअघि जिल्लामा स्थापना हुने कोरोना प्रतिकार्य कोषमा ५० हजार रुपैयाँ सहयोग गरेको थियो ।

क्लबको आयोजनामा फागुनमा माइभ्यालि गोल्डकपको छैटौ संस्करण सम्पन्न भएको थियो । जसको उपाधि सहिद स्मारक ए डिभिजन लिगको विजेता सानमिगेल मछिन्द्र क्लबले जितेको थियो ।

May 8, 2024

आरसी ३२ शीर्ष स्थानमा

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजनको सातौं चरणको पहिलो खेलमा जित दर्ता गर्दै आरसी ३२ फुटबल एकेडेमी तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । बुधवार एन्फा कम्प्लेक्समा भएको खेलमा आरसी ३२ ले स्पोर्ट्स एकेडेमी साँगालाई २-० ले पराजित गरेको हो । आरसी ३२ को जितमा सुजन बलम्पाकी मगर र सञ्जय सुब्बाले समान १-१ गोल […]

May 8, 2024

रियल म्याड्रिड र बायर्न म्युनिख फाइनल प्रवेशका लागि भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको फाइनल प्रवेशका लागि स्पेनिश टोली रियल म्याड्रिड र जर्मन टोली बायर्न म्युनिख आज भिड्दै छन् । रियलको घरेलु मैदान सान्टियागो बर्नाबेउमा हुने दोस्रो लेग आज राती १२:४५ बजे सुरु हुनेछ । बायर्नको घरेलु मैदानमा भएको पहिलो लेग २-२ को बराबरीमा सकिएको थियो । बायर्नले खेलमा रहेको अग्रता अन्तिम तिर गुमाउन […]

May 8, 2024

पिएसजीलाई हराउँदै बोरुसिया डर्टमुण्ड च्याम्पियन्स लिग फाइनलमा

एजेन्सी – फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई पराजित गर्दै जर्मन क्लब बोरुसिया डर्टमुण्ड युरोपेली च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । पिएसजी माथि दोस्रो लेगमा १-० सहित समग्रमा २-० को जित हासिल गर्दै डर्टमुण्ड ११ वर्ष पछि च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ। पिएसजीको घरेलु मैदान पार्क डेस प्रिन्सेसमा भएको दोस्रो लेगमा डर्टमुण्डका लागि […]

Success

Thank you for your time.