default_image

4 years ago

March 28, 2020

‘बार्सिलोनाको प्राथमिकतामा नेयमार नै हुनुपर्दछ ’

42 views

0 Bookmark

एजेन्सी – बार्सिलोनाले समर ट्रान्फरका लागि इन्टर मिलानका लाउटारो मार्टिनेजलाई भित्राउने योजना बनाएको छ । तर, क्लबका पूर्व महान खेलाडी मध्येका एक रिभाल्डोले मार्टिनेजलाई भित्राउने प्रयास तत्कालका लागि गतल निर्णय हुने बताएका छन् । उनले क्लबले आफ्नो शक्ति पूर्व स्टार ब्राजिलियन नेयमारलाई नै पुनः क्लबमा लिन खर्च गर्नुपर्ने बताएका छन् ।

ब्राजिलियन रिभाल्डोको खेल जीवनका केहि महत्वपूर्ण खेल बार्सिलोनासँग छन् । पेरिस सेन्ट जर्मेन (पिएसजी) सँग यथार्थको धरातलमा प्रस्ताव गर्दा बार्सिलोनाले नेयमारलाई पुन भित्राउन सक्ने उनको अनुमान छ ।

‘लाउटारो अहिलेका लागि समस्या समाधान होइनन् । बार्सिलोनालाई बलियो बनाउनका लागि नेयमार नै प्राथमिकतामा हुनुपर्दछ,’ रिभाल्डोले भने, ‘मलाई लाग्छ उनीहरुले नेयमारलाई फर्काउन आफ्नो ध्यान केन्द्रित गर्नुपर्दछ । पहिलाको जस्तै फरवार्ड लाइनलाई बलियो बनाउन त्यो जरुरी छ ।’

उनले बार्सिलोनाले नेयमारका लागि लगानी गर्न सक्ने अवस्थामा रहेको पनि अनुमान गरे । पिएसजी पनि यथार्य प्रस्ताव गरेको खण्डमा स्वीकार गर्न सक्छ । रिभाल्डोले भने, ‘नेयमारलाई फर्काउने योजनामा कुनै खतरा छैन ।’

रिभाल्डोका अनुसार मार्टिनेज अहिले मिलानमा राम्रो गरिरहेका छन् र रोमेलु लुकाकुसँग राम्रो साझेदारी गरिहेका छन् । जसले गर्दा एटोनियो कान्टेको उपाधि चुनौतिलाई सहयोग पुगिरहेको छ । अहिले नै उलाई विश्वास गर्ने अवस्था नआइसकेको रिभाल्डो अनुमान छ ।

‘अहिले उनी मात्र २२ वर्षका भएका छन् । उनीले आफुलाई अझै प्रमाणित गर्न बाँकी छ । उत्कृष्ट खेलाडीका लागि उनले अझै अनुभव बटुल्नु छ,’ रिभाल्डोले भने, ‘भविष्यमा उनी उच्च स्तरीय खेलाडी बन्ने सम्भावना छ ।’ रोनाल्डिन्हो र रिभाल्डोको साझेदारी सन् २००० को समयमा उत्कृष्ट मानिन्थ्यो । उनीहरु दुवै ब्राजिलले विश्वकप जित्दा टोलीका महत्वपूर्ण सदस्य थिए ।

तर अहिले भने जाली पासपोर्ट बोकेको आरोपमा रोनाल्डिन्हो पाराग्वेको जेलमा छन् । ‘उनी पक्राउ परेपछि मेरो कुरा भएको छैन । अहिले म उनलाई हौसलाको सन्देश मात्र दिन सक्छु । मलाई आशा छ सबै विषय सकारात्मक रुपमा टुंगिनेछ,’ उनले भने, ‘आफ्नो जन्म दिनको दिन अरुको देशमा जेलमा रहन्दा कत्ति दिग्दार भयो होला । तर यो सबै घटनाबाट उनी अझै बलियो भएर फर्कनेछन् ।’

May 9, 2024

उत्कृष्ट पुनरामगन गर्दै रियल च्याम्पियन्स लिगको फाइनलमा

एजेन्सी – खेलको अन्तिम समयमा उत्कृष्ट पुनरागमन गर्दै रियल म्याड्रिड युरोपेली च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । घरेलु मैदानमा भएको सेमिफाइनलको दोस्रो लेगमा बुधबार २-१ र समग्रमा ४-३ को जित निकाल्दै रियल फाइनलमा पुगेको हो । एक गोलले पछि परेको अवस्थामा ८१औं मिनेटमा मैदान प्रवेश गरेका जोसेलुले केही मिनेटको अन्तरालमा २ गोल गरेपछि रियल […]

May 8, 2024

आरसी ३२ शीर्ष स्थानमा

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजनको सातौं चरणको पहिलो खेलमा जित दर्ता गर्दै आरसी ३२ फुटबल एकेडेमी तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । बुधवार एन्फा कम्प्लेक्समा भएको खेलमा आरसी ३२ ले स्पोर्ट्स एकेडेमी साँगालाई २-० ले पराजित गरेको हो । आरसी ३२ को जितमा सुजन बलम्पाकी मगर र सञ्जय सुब्बाले समान १-१ गोल […]

May 8, 2024

रियल म्याड्रिड र बायर्न म्युनिख फाइनल प्रवेशका लागि भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको फाइनल प्रवेशका लागि स्पेनिश टोली रियल म्याड्रिड र जर्मन टोली बायर्न म्युनिख आज भिड्दै छन् । रियलको घरेलु मैदान सान्टियागो बर्नाबेउमा हुने दोस्रो लेग आज राती १२:४५ बजे सुरु हुनेछ । बायर्नको घरेलु मैदानमा भएको पहिलो लेग २-२ को बराबरीमा सकिएको थियो । बायर्नले खेलमा रहेको अग्रता अन्तिम तिर गुमाउन […]

Success

Thank you for your time.