default_image

4 years ago

March 30, 2020

‘रियल म्याड्रिडले पठाएको पत्र नखोली च्यातिदिएँ’

एजेन्सी – सन् २०१४ को विश्वकप फाइनलअघि अर्जेन्टिनी राष्ट्रिय टोलीका मिडफिल्डर एन्जल डी मारियाले आफ्नो क्लब रियल म्याड्रिडले पठाएको पत्र नखोली च्यातिदिएको खुलासा गरेका छन् । ब्राजिलमा भएको सन् २०१४ को विश्वकप फाइनलमा अर्जेन्टिना र जर्मनी फाइनल खेल्ने तय थियो । बेल्जियमविरुद्ध खेलमा चोट बोकेका कारण डी मारिया खेल्ने नखेल्ने शंका नै थियो । त्यसबेला […]

58 views

0 Bookmark

एजेन्सी – सन् २०१४ को विश्वकप फाइनलअघि अर्जेन्टिनी राष्ट्रिय टोलीका मिडफिल्डर एन्जल डी मारियाले आफ्नो क्लब रियल म्याड्रिडले पठाएको पत्र नखोली च्यातिदिएको खुलासा गरेका छन् ।

ब्राजिलमा भएको सन् २०१४ को विश्वकप फाइनलमा अर्जेन्टिना र जर्मनी फाइनल खेल्ने तय थियो । बेल्जियमविरुद्ध खेलमा चोट बोकेका कारण डी मारिया खेल्ने नखेल्ने शंका नै थियो । त्यसबेला उनको क्लब रियल म्याड्रिडले पत्र पठाएपनि डी मारियाले उक्त चिठी नखोली च्यातिदिएको  खुलासा गरेका छन् । पोडेमोस हब्लारसँग अन्तर्वार्ताका क्रममा डी मारियाले त्यसबेलाको स्थितिबारे खुलासा गरेका हुन् ।

‘म बेल्जियमविरुद्ध खेलमा घाइते भएको थिएँ । मेरो खुट्टा पूरै ठिक अवस्थामा थिएन तर म फाइनल खेल्न चाहन्थें,’ उनले भने, ‘मलाई मतलब थिएन कि उक्त चोटले म फेरी फुटबल खेल्न नसक्ने अवस्था नै किन नआओस, म फाइनल खेल्न चाहन्थें । त्यो मेरो देशको फाइनल थियो ।’

‘ मलाई थाहा थियो रियलले मलाई बेच्न चाहेको छ । लामो समयदेखि नै हामेस रोड्रीग्वेज रियल जाने चर्चा थियो । उनले मेरो स्थान लिन्छन् भन्नेमा ढुक्क थिएँ । जब फाइनलअघि रियलको पत्र पाएँ, मैले बुझिसकेको थिएँ त्यहाँ के थियो,’ उनले भने, ‘ मैले त्यसलाई नखोली च्यातिदिएँ । मलाई पढ्न त के हेर्न पनि मन थिएन । मैले खेल्ने वा नखेल्ने निर्णय गर्ने म स्वयं थिएँ ।’

फाइनलअघि डी मारियाले प्रशिक्षक आलेहान्द्रो साबेलासँग आफ्नो निर्णय सुनाउँदा भावुक भएको स्वीकारे । ‘ जब मैले आफू शत प्रतिशत फिट छैन भन्ने जानकारी दिएँ, म रोइरहेको थिएँ । उनले मलाई माया गर्थे र खेल्न सुझाएका थिए । तर मैले उत्कृष्ट खेलाडी छनोट गर्न भने । मैले आफ्नो भन्दा टोलीको लागि सोच्नुपर्थ्यो ।’

‘ खेलका लागि म तयार हुन सक्छु वा सक्दिन भन्ने प्रयास गर्न ठिक थिएन । तैपनि मैले प्रशिक्षकले अवसर दिए खेल्ने बताएको थिएँ । प्रशिक्षणमा एन्जो पेरेजले मेरो स्थानमा खेले र उनले नै फाइनल खेले । बाँकी पछि के भयो, त्यो त इतिहास साक्षी छ,’ डी मारियाले टुंग्याए ।

उक्त फाइनलमा जर्मनीका मारियो गोट्जेले अतिरिक्त समयमा गोल गरेपछि अर्जेन्टिना पराजित भएको थियो । डी मारियाले उक्त खेलमा मैदान प्रवेश गरेनन् । पछि स्पेन फर्केपछि रियलले उनलाई मोटो रकममा म्यानचेस्टर युनाइटेडमा बेचेको थियो ।

April 24, 2024

रानीवन र गोलबजारको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)– सहिद स्मारक सी डिभिजन लिगमा पुछारमा रहेको गोलबजार स्पोर्ट्स क्लबसँग रानीवन स्पोर्ट्स क्लब १–१ को बराबरीमा रोकिएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा योञ्जन हमालको गोलमा खेलको १६औं मिनेटमा गोलबजारले अग्रता बनायो। तर यो अग्रतालाई जोगाउन भने सकेन। ४४औं मिनेटमा हिमाञ्चल सिंहले बराबरी गोल फर्काए । दोस्रो हाफमा दुवै टिमबाट […]

April 24, 2024

शीर्षस्थानको कोशीसँग गण्डकीको हार

सुर्खेत (हाम्रो खेलकुद) – समिक्षा मगरको गोलमा कोशी प्रदेशले महिला लिग छनोट गण्डकी प्रदेशलाई ३–० ले सहजै हराएको छ । लगातार तेस्रो जितपछि ९ कोशी शीर्षस्थानमा छ । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा बुधबार भएको खेलमा कोशीले एकपक्षीय दबाब बनायो। छैटौं मिनेटमा समिक्षाले गोल गर्दै टोलीलाई पहिलो हाफमा १–० को अग्रता दिलाइन् । गण्डकी दोस्रो हाफमा […]

April 24, 2024

युभेन्ट्स कोपा इटालियाको‌ फाइनलमा

एजेन्सी – युभेन्ट्स कोपा इटालियाको फाइनलमा प्रवेश गरेको छ। खेलको अन्त्यतिर गोल गरेपछि समग्रमा लाजियोलाई ३-२ ले पछि पार्दै युभेन्टस अन्तिम दुईमा पुगेको हो। बुधबार भएको दोस्रो लेगमा २-१ ले पराजित भएको युभेन्ट्सले पहिलो लेगमा २-० को‌ जित निकालेको थियो।८३ औं मिनेटमा परिवर्तित खेलाडीका रुपमा मैदान प्रवेश गरेको केही सेकेन्डमै आर्काडिउज मिलिकले गोल गरेपछि युभेन्ट्सको […]

Success

Thank you for your time.